अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चैत ३ । मुनलाइट सर्भिसेस कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको ‘द बोइङ कम्पनी’ मा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ । छ वर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आउको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो । मुनलाइट सर्भिसेस कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले मलेसियामा कार्यरत नेपालीबाट अहिले लाखौं रुपैयाँ असुलेर ठगी गरेका हुन् । पीडितसँग रहेको मुनलाइट सर्भिसेसको लेटरप्याडमा राणाले आफूलाई उक्त संस्थाको प्रवन्ध निर्देशकका रुपमा प्रस्तुत गरेका छन् । राणाले अमेरिकाको इलिनोइस राज्यको सिकागो सहरस्थित द बोइङ कम्पनीमा ‘एयरक्राफ्ट फ्याक्ट्री हेल्पर्स’ पदमा जागिर लगाइदिने भन्दै तीन वर्षदेखि मलेसियामा कार्यरत नेपालीसँग पैसा उठाउँदै आएको पीडितले बताएका छन् ।राणाले भिसा प्रक्रियाका लागि भन्दै ५५ जनासँग दुई किस्तामा प्रतिव्यक्ति ३ सय ३५ अमेरिकी डलर उठाएर सम्पर्कविहीन भउको गुनासो पीडितको छ । नागरिक दैनिकबाट

ktmpost · Mar 16, 2017 11:17 AM · 1,317 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all