फागुन २९ । तपाईंले लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली भन्ने कम्पनीको नाम सुन्नु भएको छ ? छैन भने पक्कै पनि हुन्डाई कार भन्ने थाहा होला । हुन्डाई मोटर कम्पनीले विभिन्न ब्रान्डका कारहरु उत्पादन गर्छ । मोटरकारको विश्वव्यापी व्यापार गर्ने हुन्डाई कम्पनीले उत्पादन गरेका कारहरु बिक्री गर्ने नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको लुट हामीले यसअघि पनि प्रस्तुत गरिसकेका छौं । काठमाडौंको नक्सालमा कार्यालय खोलेर व्यापार गरिरहेको यो संस्थाले ग्रान्ड माज्ना ब्रान्डको एउटा कार बेच्दा १० लाख रुपैया उपभोक्ताबाट नाफाका रुपमा लिन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले १६ लाख ६९ हजारमा करसहित आयात गरेर २६ लाख ५६ हजारमा बिक्री गर्छ । अब आफै बिचार गर्नुहोस् एउटा कारमा तपाईले बिक्रेतालाई कति लाख नाफा बुझाइरहनु भएको रहेछ ? हो, लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कारमै १० लाख रुपैयाँ नाफा राखेर बेच्छ । ग्रान्ड माज्ना धेरै चलेको ब्रान्ड पनि हो । यही ब्रान्डमा लक्ष्मी इन्टरकन्टिनेन्टलले धेरै लुट मच्चाएको छ । यदि यसलाई प्रतिशतमा हिसाब गर्ने हो भने एक कारबाट लक्ष्मीले ५९ दशमलव ०७ प्रतिशत नाफा लिन्छ । ग्रान्ड माज्दामा मात्रै होइन, लक्ष्मीले बिक्री गर्ने हरेक मोटर कारमा मुलुकमा विद्यमान ऐन कानुनले तोकेभन्दा बढी फाइदा लिइरहेको छ । आखिर यस्तो किन ? लक्ष्मीका सिनियर मार्केटिङ मेनेजर (ब्रान्ड) अवाशिष ओझालाई हामीले प्रश्न गरेका थियौं । तर मार्केटिङ मेनेजरको पदमा रहेका भए पनि उनको जवाफमा निरिहता मात्रै प्रकट भयो । उनले एउटै कारबाट १०–१० लाख नाफा राख्नु पछाडिको कारणमा ढुवानी, भन्सार, गोदाम आदि खर्च हो भनिदिए । जबकी हामीले प्रस्तुत गरेको कारको मूल्य भन्सारको २४० प्रतिशत कर जोडिसकेपछिको हो । मेनेजर ओझाले नाफाबारे कुनै टिप्पणी नगरेर आफ्नो निरिहता प्रकट गरे । किन र कसरी नियमविपरीत नाफा राखिएको छैन भन्ने विषयमा लक्ष्मी इन्टरकन्टिनेटल जवाफ दिइरहन आवश्यक ठान्दैन । लक्ष्मीका मालिक निराकर श्रेष्ठ त टेलिफोन सम्पर्कमा पनि आउन चाहँदैनन् । किनभने यो प्रश्नको जवाफ दिनु भनेको उपभोक्ता हित प्रति जिम्मेवार हुनु हो । यो कम्पनीले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न खोज्यो भने उसकै कट्टु फुस्किने डर छ । यसकारण पनि लक्ष्मीले यो लुटको सत्यता बाहिर ल्याउने मुख्र्यार्इं गर्दैन । अझ रोचक त के छ भने हिजोआज लक्ष्मीका जिम्मेवार पदाधिकारीहरुले पत्रकारलाई खुलेरै भन्न थालेका छन्–तपाईंहरुले लेखेर के हुन्छ ? हाम्रो सेल्स घटेको छैन । तपाईंहरु लेख्दै गर्नूस्, हामी ठग्दै गछौं । यस्तो आशयमा खुलेआम च्यालेन्ज गर्नुको अर्थ राज्यलाई नै चुनौती दिनु हो । नेपालमा पैशामा बिक्री हुने प्रशासक, लम्पसारवादी सरकार भएको मौकामा यस्ता नाफाखोरहरुको मनोबल बढेको अनुमान लगाउन सकिन्छ । र याे पनि हुन्डाइको एउटै कार बेच्दा बिक्रेताले १० लाख कुम्ल्याउँछन्, पढ्नुहोस् कुन कारमा कति छ लुटको रेट ! http://nepalaaja.com/2017/03/6...
ktmpost · Mar 15, 2017 7:22 AM · 17,305 views
khai tyo business lai pani patrakaar haru lai dida dida hairan bhayo hola ni ta. Natra ta uhelye nai yo kura patrika ma aaune theyo ni ta.
jerryswari · Mar 15, 2017 8:03 AM
The article is written as if the dealers are breaking a law or deceiving consumers. They have a prerogative to charge whatever price they want to. It's upto the consumers and other business to counter the price mark. Unless there is a collusion of sorts between dealers, this is not an issue. Besides, a car is not a necessity - it still is a luxury item.
BadhiJanne · Mar 15, 2017 10:45 AM
Yes: they do . And one I'd of my neighbor worked for Nissan. He made good income and able to built a house in Kathmandu as well drives Hyundai. You and me struggling managing and balancing our finances. Last edited: 15-Mar-17 05:54 PM
magorkhe1 · Mar 15, 2017 10:51 AM
why most of Nepalese journalist are [Disallowed String for - banned word]ked up stupid? Can't they understand selling car is not like selling a plate of momo where you can't sell a car every hour. It sometime takes days to sell even single car. On the top of that there is price of marketing, salary for employees, cost of inventory storage, cost of inflation etc. I wish our journalist take a basic economic class before writing anything about business. Moreover those businessman are not doing any illegal work. There is demand for those car and they are supplying it, that's all. Even if they are making 1000% profit and customers are willing to buy it then so be it. There shouldn't be any problem. Take an example of apple. Do you think an iphone cost $800. No wayyyyy.
sajhamitra · Mar 15, 2017 11:07 AM
People who can afford 76 lakhs can easily pay 35% more to have a car. This is not necessity but a luxury. Money was stolen and got stole. No surprising here. I didn't know that there are that many roads to drive so many brands.
dindukhi · Mar 15, 2017 5:27 PM
My understanding is, the sole (exclusive) authorized dealer of Hyundai motors in the whole of Nepal is Laxmi Intercontinental PL, according to the article. मोटरकारको विश्वव्यापी व्यापार गर्ने हुन्डाई कम्पनीले उत्पादन गरेका कारहरु बिक्री गर्ने नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको लुट हामीले यसअघि पनि प्रस्तुत गरिसकेका छौं । May be it might be time for the Nepal government to provide dealership license to multiple companies for any given brand. Then those competitive dealers can charge whatever they want to the customers.
GeetMaiJawaafDiu? · Mar 15, 2017 6:48 PM
Market ma monopoly vayo vane price ta manpari huncha nai. Need more dealers to compete, otherwise I dont think Nepal is a socialist country where govmnt can intervene in a business.
kiran007 · Mar 18, 2017 11:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion