‘२० वर्ष पुराना गाडी हटे, बुढा नेता कहिले हट्छन् ?’ काठमाडौंबाट ३१ सय पुराना गाडी विस्थापित भएको दाबी रबिन्द्र घिमिरे फागुन, काठमाडौं । सरकारले बुधबारदेखि २० वर्ष पुराना सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ । यसलाई उल्लंघन गर्दै सडकमा गुडेको भेटिए ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्नेछ । बुधबार अनुगमनमा निस्किएको यातायात ब्यवस्था विभाग र ट्राफिक प्रहरीको टोलीले सडकमा भेटिएका केही थोत्रा सवारीलाई नियन्त्रणमा लिएर जरिवाना गरेको छ । तर, सरकारी निर्णयबाट प्रभावित चालक तथा ब्यवसायीले यो कामलाई अबैज्ञानिक र अब्यवहारिक भनेका छन् । साथै सरकारी टोलीमा सहभागी कर्मचारी र ट्राफिक प्रहरीले थोत्रा गाडी धनीबाट विभिन्न प्रश्नको सामना गर्नुपर्यो । रत्नपार्कमा भेटिएका २० वर्ष पुराना ट्याक्सीका चालकले सरकारी निर्णयबारे थाहै नभएको बताए । आफ्नो ट्याक्सी कन्डिसनमै रहेको भन्दै उनले सरकारको निर्णयले आफू मर्कामा पर्ने बताए । तर, सरकारी निर्णय मान्नैपर्ने भएकाले ट्याक्सी अब नचलाउने उनको भनाइ थियो । तर, ललितपुरको लगनखेल बसपार्क क्षेत्रमा सरकारी टोली पुग्दा त्यहाँ जम्मा भएका चालक र ब्यवसायीले निर्णयप्रति तीव्र असन्तोष ब्यक्त गरे । काठमाडौंबाट झण्डै ३१ सय पुराना गाडी हटे लगनखेल बसपार्कबाट छुट्ने अधिकांश गाडी थोत्रा छन् । लगनखेलबाट चापागाउँ, इमाडोल, लुभु लगायतका क्षेत्रमा जाने थुप्रै सवारीहरु २० वर्ष नाघिसकेका छन् । बुधबार अनुगमनका क्रममा २० वर्ष पुराना गाडी लगनखेल बसपार्कमा भेटिएनन् । सरकारले २० वर्ष पुरानो गाडी हटाउने भनेपछि ब्लु-बुकसहित कुनै कागजपत्र नै नबोकी थोत्रा गाडी चलाउने चलाखी ब्यवसायीहरुले गरेको भेटिएको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको टोलीले एउटा पुरानो गाडी नियन्त्रणमा लियो । तर, बसका चालकले गाडीको कुनै कागजपत्र नै नभएको भन्दै टार्न खोजे । सरकारी अनुगमन टोलीले जरिवाना गरेर कागजपत्रसहित उपस्थित हुने गरी गाडी छाड्यो । लगनखेल बसपार्कबाट लुभुका लागि छुट्ने १७ वटा २० वर्षे पुराना बस अहिले हटेका छन् । चापागाउँका लागि छुट्ने ४० वटा बस पनि २० वर्ष पुराना भएकाले नै हटाइएको छ । सवारी धनी असन्तुष्ट यातायात व्यवस्था विभागका अनुसार बुधबारदेखि काठमाडौंमा झण्डै ३१ सय पुराना सार्वजनिक सवारी सवारी हटेका छन् । ब्यवसायी भने असन्तुष्ट छन् । सरकारी अनुगमन टोलीलाई लगनखेल बसपार्कमा केही ब्यवसायीले २० वर्ष पुराना सवारी हटाउँदा यात्रुले समस्या भोग्ने तर्क राखे । उनीहरुले गाडीलाई जाँच नै नगरी थोत्रो भनेर घोषणा गरेकोप्रति पनि आपत्ति जनाएका छन् । ‘हाम्रो त चलिरहेको गाडी हो, यात्रु बोकिरहेकै थियो, काम दिइरहेकै थियो,’ एक ब्यवसायीले भने, ‘पुरानाजति सबै हटाउनै लागेको भए सिंहदरबारभित्रै कामै नगरी बस्ने ६० वर्ष नाघेका बुढा नेता कहिले हट्छन् ।’ देश चलाउने नेताको उमेरमा हदबन्दी नलाग्ने अवस्थामा गाडीमा २० वर्षे आयु तोकिनु आश्चर्यजनक भएको उनले बताए । लगनखेलकै भेटिएका अर्का ब्यवसायीले अनलाइनखबरसँग भने, ‘२० वर्ष सेवा गरेका कर्मचारीले रिटायर्ड हुँदा पेन्सन पाउने, तर २० वर्ष गाडी आफैं चलेर जनताकै सेवा गरेको सवारीलाई हटाउन भनेर टेन्सन मात्रै दिने, कस्तो विभेद हो यो ?’ ब्यवसायीले गाडी हटाउँदा निश्चित क्षतिपूर्ति र राहत दिनुपर्ने माग गरेका छन् । यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे भने सरकारी निर्णय वैज्ञानिक भएकाले ब्यवसायीको दबावमा फिर्ता नहुने बताउँछन् । उनले सार्वजनिक सवारीलाई सुरक्षित, विश्वसनीय र यात्रुमैत्री बनाउन २० वर्ष पुराना गाडी हटाउने निर्णयले निकै मद्दत पुग्ने बताउँछन् । २० वर्षसम्म गाडीबाट ब्यवसायीले पर्याप्त नाफा गरिसक्ने भएकाले थोत्रो हुँदा पनि चलाइरहन पाऊँ भन्नु ब्यक्तिगत स्वार्थमात्रै भएको उनको भनाइ छ । ‘प्रदुषण बढ्नुको एउटा प्रमुख कारक नै यस्ता पुराना सवारी साधन हुन् । त्यसैले यात्रुलाई सुरक्षित यात्रा गराउन नसक्ने पुराना सवारी हटाउने काम अब अघि बढिसक्यो । यो रोकिँदैन,’ उनले भने । तस्वीरः कमल प्रसाई/अनलाइनखबर २०७३ फागुन १८ गते १६:३७ मा प्रकाशितhttp://www.onlinekhabar.com/20...
ktmpost · Mar 2, 2017 9:02 AM · 2,176 views
बुढा नेता हरु भनेको खसीभएका गोरु सरह हुन : आफु प्रोडक्टिभ हुने कुरै भएन अरुलाई गाइको छेउमा पुग्न पनि दिदैनन | सर्ब प्रथम Catalytic Converter नभएका गाडि हरु सबै नै हटाउनु पर्छ र यस्को लागु र निरिक्षण कडाइ साथ हुनु पर्छ | उपत्यकामा चलाऊने गाडी हरु बर्सेनी Sticker लगाउनु पर्ने नियम बनाउने | धुवाको मुस्लो आउने गाडी हरु चलाऊन नपाउने अनी ५ मिनेट भन्दा बदी Idle राखन नमिल्ने, बिदेश बाट आयातित गाडी हरुमा Catalytic Converter हुनै पर्ने | Last edited: 02-Mar-17 01:21 PM
MaGorkhe1 · Mar 2, 2017 9:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion