राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा सकिएको छ। फागुन छ गते भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन चार दिनपछि सकिएपनि महाधिवेशनस्थलमा भने फोहोर थुप्रिएको छ। भिजिटिङ कार्ड, पर्चा पम्पलेट, पोस्टरले भृकुटीमण्डप भित्र मात्र होइन आसपासमा पनि फोहोर थुप्रिएको छ।महाधिवेशनपछि फोहोरले भृकुटीमण्डप ढाकेर राप्रपाका नेता कार्यकर्ता घर फर्किएपछि बिहिबार बिहान विवेकशील दल आवद्ध केही युवा भृकुटीमण्डप सफा गर्न पुगेका थिए। ‘हामी ८÷१० जनाले बिहान ७ देखि ९ बजेसम्म ५/७ बोरा फोहोर उठायौं’, विवेकशील दलकी केन्द्रीय रञ्जु दर्शनाले भनिन्, ‘तर फोहोर यति धेरै छ कि हामीले मात्र उठाउन सक्ने अवस्था छैन।’उनले भृकुटीमण्डपको फोहोर उठाउन दलका अन्य संघसंस्थासँग कुरा गरेर फेरि जाने योजनामा रहेको बताइन्। ‘हामी त आफूले आयोजना गरेका हरेक कार्यक्रमपछि कार्यक्रमस्थलमा पहिला भएको फोहोर पनि उठाउँछौ’, दर्शनाले भनिन्, ‘राप्रपाको महाधिवेशन पछि फोहोर उठेन भन्ने समाचार पढेर आजै बिहान सफा गरौं भनेर गएका थियौं।’आफूले गरेको फोहोर राप्रपाले किन सफा नगरेको त? सेतोपाटीसँग कुरा गर्दै राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले आफूले बुधबारै भृकुटीमण्डप सफा गरिसकेको बताए। ‘हामीले हिजै सफा गरेका थियौं,’ श्रेष्ठले भने, ‘अघिल्लो दिन रातभरि अनिदो भएकाले राम्ररी सफा भएन होला, उहाँहरुले आज मसिनो गरी सफा गरिदिनु भयो भने उहाँहरुलाई धन्यावाद।’उनले भोट हाल्ने बेला नै बुधबार सबैलाई फोहोर सफा गरेर मात्र फर्कन भनेको र सरसफाईको कार्यक्रम नै राखेको जिकिर गरे। समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप कार्यालयका सहायक निर्देशक लेखराज शाहले कसैले कार्यक्रम आयोजना गरेपछि हुने फोहोर उठाउने काम बिगु पोडेले गर्ने बताए। ‘अघिपछि हामी नै सफा गर्छौं, यस्ता कार्यक्रम हुँदा बिगुले आयोजकसँग सम्झौता गरेर फोहोर उठाउने जिम्मा लिन्छ’, शाहले भने, ‘राप्रपाले गरेको फोहोर पनि उसलै उठाउने हो।’ बिगु फोहोर उठाउने ठेकेदार हुन्। भृकुटीमण्डपको फोहोर नउठेको बारे कुरा गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन। - See more at: http://setopati.com/samaj/6354...
ktmpost · Feb 23, 2017 11:31 AM · 898 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion