कुबेतमा ५ नेपालीलाई मृत्‍युदन्डको सजाय

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुबेतमा ५ नेपालीलाई मृत्‍युदन्डको सजाय कुबेतमा ५ नेपालीलाई मृत्‍युदन्डको सजाय , १ शेहर गरी नेपाल सरकारलाई दबाब दिऔ । तपाईंको १ शेहर ले उनिहरुको जिबन बाँच्न सक्छ ।  कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो। उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ। आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो। रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो।  यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ। कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो। तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन्। ‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं।’ मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ। प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो। कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ। लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो। हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन्। यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन्। उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ। पक्राउ परेकामा प्रायस् गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन्। पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन्। आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए। लागूऔषध सेवनकर्ताले निर्दोष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए। http://newskantipur242.blogspo...

ktmpost · Feb 22, 2017 9:33 AM · 1,975 views

2 Replies

kina? nepali le drugs beche pani sajaya napaunu? aparaadh anusaar sajaya huncha nationality anusaar hoina. kuwati haru lai pani jhundyako hola ni tei aparaadh ma....gotta obey rule of law

khaikhok · Feb 22, 2017 9:37 AM

Too sad.

MAGorkhe1 · Feb 22, 2017 12:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all