अब चुनाब हुने हल्ला सगै भोट माग्नको लागि नेता तथा कार्यकर्ता गाउं घर तिर घरघरै मोटर बाटो लाग्ने भन्दै अरुको जग्गा बाट बिना अनुमति डोजर लगाएर बाटो खन्दै छन् . यसरि अर्काको जग्गामा बिना मन्जुरी बिकाश गर्छु भन्दै कच्ची बाटो खन्दै हिड्ने गाउ विकास समितिका कार्य कर्तालाई कस्तो कारबाही हुन्छा? सबै बिदेस भाको मौकामा गाउ घर का टाठा बाठाले मन परि गरेका छन् यसको सजिलो कानूनी व्यवस्था जसबाट यिनलाई कारबाहीको दायरामा ल्य्यौना सकिन्छा त्यो के होला?
gaulejetho · Feb 21, 2017 4:10 PM · 3,001 views
सम्पत्ति सुरक्षा गर्न आफ्नै मानिस हुनु पर्छ| एकचोटी बनाइदिए पछि सिध्दियो | खालि तपाइको तिर चै बढी च्यापेर बनाइ दिन्छन | बढी भन्दा पनि सबै नै तपाइको बाट बनाइ दिए होला ? तर धन्दा नमान्नुस बाटो बने पछि जग्गाको भाउ पनि बड्छ नि ?
MaGorkhe1 · Feb 21, 2017 5:02 PM
समितिको सभापतिको घर एउटा टापुमा छ उसको मा लादा सबै को जग्गा मा डोजर लगाएर पहिरो र हिलो मात्रै घर घरै बाटो लाने कस्तो नियम हो ? के को जग्गाको भाउ बढ्नु बरु बढी पहिरोले झन् नोक्सान गर्ला भन्ने डर !
gaulejetho · Feb 21, 2017 5:29 PM
गा बि स होइन मेरो त नगरपालिकाको जग्गामा समेत त्यसै गरे। पटक पटक सी डी ओ, नगरपालिका समेत ले योजनामा नभएको र इन्जिनियरइंग अध्ययन नगरी भिरालो जग्गामा जोखिम हुने भएकोले बाटो तत्काल नखोल्नु भने पनि जबरजस्ती डोजर चल्यो। बिना योजना पहुच वालाका करेसा आँगनमा कार्यकर्ताको भीड र एउटा डोजर ले एकै दिनमा मलिलो पाखो जोतिदियो। इन्जिनियरइंग अध्ययन नगरी भिरालो जग्गामा ३०-४०% gradient को retaining wall र gravel पनि नभएको बाटोले जग्गाको भाउ बढ्ने होइन बर्खाको भलमा पुरै जग्गा पहिरोमा जान सक्छ. कानून स्थानीय ठाउँमा बसेर दादागीरी गर्न सक्नेको हो, परदेश गएकाको होइन :(
_ · Feb 23, 2017 12:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion