साथीहरुले -नेपाल सक्कियो- भन्छन, म नेपालमा सुनौला सपना मात्र देख्छु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक दशक पछिको नेपाल यात्राको क्रममा मैले छोडेको नेपालको तुलनामा धेरै ठुलो परिवर्तन देखिन (मुख्यत समाज र तेसको वरिपरी घुम्ने विकास र सुधारको कुराको जनमतको बारेमा। १० वर्ष पहिला पनि मैले चिनेको धेरै जना नेताहरु र फोहोरी राजनीतिुलाई नेपालको दुर्गतिको लागि जिम्मेबार मान्थे र त्यो मानसिकता मैले अझै कायमनै रहेको पाए। हामी नेपालीमा एउटा कमजोरी छ, नराम्रो कुरामा जोड दिने, र तेसको वरिपरीको सकारात्मक कुराहरु नदेख्ने। मैले चिनेको धेरैले 'नेपाल सक्कियो' भनेर बिलौना गर्दा म नेपालको बारेमा सुनौला सपना देख्छु। विकास  देख्छु, सद्भाद देख्छु, मेरो पुस्ताले सुरु गरेको सानो तर गहकिलोहरु  पाइलाहरु  देख्छु। सबै नभए पनि थोरै मैले चिनेको साथीसंगीमा नेपालमा राम्रो परिवर्तन गरी छाड्ने प्रण देख्छु, सोच साथै मेहनत सबै देख्छु। म जनकपुरमा हुर्कादा मैले धेरै ठुलो र भब्य बिहे ब्रतबन्दहरु देखे। बिहेको भोज भतेर अनि टोलनै झिलिमिली हुने गरी  बत्ति र पाल पंडलमा लाखौ रुपिया फालेको देखे। त्यतिवेला मेरो किशोरमन सोच्ने  गर्थ्यो, के यी ठुलो खर्चलाइ किफायती बनाउन सकिन्न वा यो ठुलो खर्चको सानो अंश सामाजिक कार्यमा लगाउन चलन बनाउन मिल्दैनरु देशलाइ छिट्टै, १(२ वर्ष मै, बिकसित राष्ट्र बनाउने सपना देखाउने योजना भन्दा, आफ्नै समाज र बस्ति बाट सानो तर दिर्घकालिन प्रगतिको काम कसरी सुरु गर्न सकिन्छ, साथै यो परिवर्तनको विचार हाम्रो देश अनुकुल छ कि छैन भनेर परीक्षण गर्न मन लाग्थ्यो, बहस गर्न मन लाग्थ्यो मलाई। त्यो बेला उब्जेको यी प्रश्नहरुको बारेमा म अझै पनि सोची रहन्छु। मौका मिल्दा विचार मिल्ने साथीहरुसंग यो कुरामा सृजनात्मक बहस नगरेको पनि होइन, तर यो प्रश्नको चित्त बुझ्दो जबाफ मैले पाएको छैन। मैले नपाएको जवाफको उत्तर तर्क र बहस भन्दा काम नै गरेर भने दिन भने थालेका छन्, मेरो दुइ मिल्ने साथी रबि र मियाले। बिहेको  खर्चलाइ किफायती बनाउन साथै यो अवसरलाइ समाजको लागि राम्रो काम गर्ने  अवसरमा बदल्नको लागि, उनिहरु दुवैले आफ्नो बिहेमा आएको सबै उपहारको पैसा जनकपुरमा आयोजना हुने  डिजिटल सम्मेलनमा खर्चिने छन्। जनकपुर क्षेत्रमा नै सायद पहिलो पल्ट हुन थालेको यो सम्मेलनमा १सय २५ जना भन्दा बढी युवा सहभागी हुनेछन। नेपाल र नेपाल बाहिरका बक्ताहरुले विभिन्न डिजिटल प्रबिधि सम्बन्दि शीर्षकहरुमा कुरा राख्नेछन्। यसका साथै कन्फरेन्समा कोडिंग लगायत अन्य कम्प्युटर सम्बन्धित कोर्स सिक्नको लागि २५ जना महिलालाइ छात्रवृत्ति पनि प्रदान गरिनेछ। ठुलो काम गर्न बाकी नै छ, तर साना सामाजिक प्रयासले सम्बृद नागरिक समाजको जग बलियो बनाउछ साथै धेरै युवालाइ आफ्नो ठाउँ, समाजको लागि केहि नया गर्न प्रेरणा दिन्छ र आउने दिनहरु प्रति आशाबादी बनाउछ। अमेरिकाको राम्रो बिश्वबिद्यालयको डिग्रीपछि सजिलो ुअमेरिकन सपनाु र  ुसुरक्षितु भविष्यको माया मारेर मेरो दुइ साथीहरु, मन्दिरा र रिचा, नेपालको बिकट गाउमा ुटिच फर नेपालुको फेलोको रुपमा कार्यरत छन्।  अहिले फेलोको रुपमा रहेपनि भविष्यमा यिनीहरु भन्दा राम्ररी नेपालको सरकारी शिक्षाको स्थिति कुरा बुझ्ने अरु को होला। कुनै दिन मेरो साथीहरुको अनुभवले नेपाल को शिक्षा नीति परिवर्तन होला, उम्दा होला भनेर म किन आशा न लिउरु धुर्मुस सुन्तलीले भुकम्प पिडितको पुर्नर्बासको लागि जम्मा गर्न सकेको पैसा, महाबिर पुनको नेपाल आविस्कार केन्द्र प्रति मान्छेको उत्सुकता। बोजु  र बजै जस्तो पडकास्ट बाट सुरु भएको महिला अधिकार र समानताको चर्चा। मधेसी युथको वेबसाइटबाट सुरु  भएको मदेश सम्बन्दि सामाजिक सम्बाद। ग्लोबल शेपर्समा आबद्द साथीहरुको आर्थिक विकासको योजनाहरु। फोटो सर्कलले सुरुगरेको फोटोग्राफीक  सक्रियता(यी केहि नया साथै महत्वपूर्ण आर्थिक, सामाजिक, संस्कृतिक, राजनीतिक प्रयोगहरुले मलाई नेपाल प्रति एउटा उत्साह दिन्छ। मेरो वरिपरी भएको आश साना होलान। यी मध्ये केहि  ठुलो प्रोजेक्टमा परिवर्तन होलान, कोहि बन्द होलान भविस्यमा। मैले ठुलो उत्साहले यो लेखिरहदा म नेपालको अहिलेको यथार्थ, बिजुली पानीको अभाव, राजनीतिक आस्थिरता र विभेदको बारेमा अभिगत छु। तर त्यसका बाबजुद पनी म नेपाल प्रति आशाबादी छु। मेरो पुस्ता तयार हुदैछ, नया सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरको लागि, जुन शान्तिपूर्ण हुनेछ, अग्रगामी हुनेछ, महत्वपूर्ण  हुनेछ। आउनुस हातेमालो गरौ। दिनको १ घण्टा नेपालको लागि दिउ। सानो प्रयोगलाइ प्रोत्साहित गरौ। घिमिरे 'कोड फर नेपाल'संग आबद्द छन। http://global.setopati.com/opi...

ktmpost · Feb 20, 2017 12:29 PM · 3,072 views

1 Reply

I love you my brother

sidaNepali · Feb 20, 2017 6:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all