नेवार महिला सदैब सौभाग्यवती रहनछन् , कहिल्यै विधवा हुन्नन् ~~~~~ प्रकाशमान शिल्पकार वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरुले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवन भन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू महिलाहरुका लागि एउटा कष्टकर चुनौती हो । तर पनि हिन्दू नै भएतापनी नेवार समुदायका महिलाहरु कल्यै विधवा हुन्नन् । आफ्नो पतिको देहान्त पश्च्यात पनि सदैव सौभाग्यवती नै रहिरहने नेवार रितिथिती र शास्त्रीय मान्यता एवं सामाजिक मान्यता कायम रहि आएका छन् । नेवार समाजमा बालबिवाह र सति प्रथा जस्तो अमानविय कू प्रथा भित्रन नदिन एउटा प्रगतिशिल र क्रान्तिकारी रितिथिति बिधिब्यवहारको संस्कार चलनमा ल्याई थालियको " इही " संस्कार नै यसको मूल आधार हो । विवाहित लोग्ने मरे पछि पत्निहरुले सह-गमन गर्नु पर्ने अथवा सतिब्रत( पतिब्रतामा)रहनु पर्ने वैदिक धर्म शास्त्रका ग्रन्थहरुमा उल्लेखित गरियकाले वैदिक प्राचिनकालदेखी नै आफ्ना लोग्ने मरे पछि पत्निहरु कोहि सति गै सह- गमन गर्थिय भने कोहि सती धर्ममा रहन्थे । यसै कारणले नेपाल र भारतीय हिन्दू समाजमा महिला हिंसाका सब भन्दा चरमरुपमा रहेको बालबिवाह र सती प्रथा तथा बिधवा प्रथाले जडा गाडियकाले यस समाजमा बिधवा जीवन एउटा अभिसापका रुपमा कायम भै आएको देखिन्छ । महिलाले विवाहित लोग्ने मरे पछि जिउँदै लोग्नेको लास सँगै जिउँदै जलेर सती गएर सह-गमन गर्नु पर्ने अथवा सतीब्रत याने पतिब्रतामा रहि नरकिय जीवन यापन गर्नु पर्ने शास्त्रीय मान्यता रहेका कारण विधवा विवाह गर्नु हुन्न अर्थात विधवाले विवाह गर्न हुन्न भन्ने प्राचीनकाल देखि नै समाजिक मान्यता रही आएको देखिन्छन् । नेपालमा राजा त्रीभूवनको शासनकालमा २५ आषाढ १९७७( ८ जुलाई १९२०)मा तातकालिन राणा प्रधानमन्ती चन्द्र शमशेरले कडा कानून नै बनाई सती प्रथाको अन्त्य गरेतापनी विधवा महीलाहरुले नरकीय जीवन यापन गरि नै आएका थिए भने केही वर्ष अघि देखि अग्रगामी प्रगतिशिल विचार र समाज सुधारको गतिको क्रममा विधवा महीलाहरु विवाह गर्न र गराउन राज्यले प्रोत्साहान दिने कार्य थालिन्दै आएका छन् । तर महीला सदैव सौभाग्यवती रहि कहिल्यै विधवा नहुने शास्त्रीय र परम्परागत सामाजिक मूल्य मान्यता रहेको बिधिव्यबहारको संस्कार नेवार समाजमा गैर नेवार समाजको भन्दा पृथक र भिन्न विधि व्यबहारको " इही " संस्कार नेवार समाजको सभ्यताको सुरुवाट देखि नै चलन कायम भै आएको देखिन्छन् । त्यसै कारण इही संस्कारका विषयमा बिद्वान स्वयम्भूलाल श्रेष्ठजी यसलाई प्रगतिशिल र क्रान्तिकारी कदम हो भन्ने आफ्नो विचार राखेको देखिन्छ। देशमा अन्य विषयहरुमा ऐन कानून निर्माण भएतापनी विधवा प्रथा र विधवाको मान्यतालाई अन्त्य गर्ने ऐन कानून बनाएन तर पनि नेवार समाजमा भने यस्तो यस्तो मान्यता नै छैन । नेवार समाजले यसलाई जातिय गौरबता मान्नु पर्ने कुरा श्रेष्ठजीको भनाईरहेका देखिन्छन् । " इही " भन्नाले हाम्रो मनमस्तितमा सानू बच्चामा नेवार कण्याहरुलाई गर्नु पर्ने एउटा सामान्य संस्कार मात्र हो भन्ने लाग्छ । तर नेवार भाषामा " इही " को शाब्दिक अर्थ इहीपा याने विवाह हो । आजभोलि सभ्य समाज बिकाशका नाममा नेवारहरुले वास्तविक जिवनमा गरिने विवाहलाई इहीपा भन्ने परम्परा त्याग्दै नेवार मौलिकता आफैले मास्दै आएको यहाँ देख्न सकिन्छ । विवाहको निमन्त्रणा पत्रमा समेत इहीपा " नलेखी " शुभ-विवाह " लेख्ने परम्परा थालिन्दै आएका छन् । जुन नेवार परम्परा र मौलिकतालाई मास्ने काम नेवार आफैले गर्दै आएको यहाँ प्रस्त नै देख्न थालेका छन् । सनातन हिन्दू संस्कारमा सोह्र संस्कार हुन्छन् तर पनि नेवार समुदाय भित्र हिन्दू नै भएतापनी दशकर्म संस्कार मात्र हुने गर्दछन् । दशकर्म संस्कार मध्य छोरीलाई गरिने संस्कारहरु मध्यका एक संस्कार " इही" संस्कार हो । सामान्यतया नेवार समुदायमा छोरी पाँचदेखी सात,वर्ष भित्र इहि संस्कार गर्दा उत्तम मानिन्छन । यो संस्कार सनातन धर्मले निर्देशित विधि हो भन्ने प्रमान आदित्य पुराणमा उल्लेखित पंक्ती " पिपलाम्बु सुवर्ण वा श्रीफलै:सार्धमुव्दहत । एभि: समुध्द हे बृषलीत्वात प्रमुच्यते ।। अर्थात - पिपल, जल, सुन वा बेल यी मध्य कुनै एकसंग कन्याको बिवाह गरिंदा ती कन्या बृषली( चणडालिनी) हुनबाट जोगिन्छे । सनातन हिन्दू धर्म अनुसार कन्यालाई बार्ह वर्षभित्र कन्यादान गरिएन भने ती कन्या रजपूर्ण हुन्छे । आफ्ना कन्याहरु विवाह पूर्व रजपूर्ण याने रजस्वला भयो भने तिनका बुवाआमा र दाजुभाई नरक जाने छन भन्ने कथन रहेका छन । आफ्ना छोरी चेलीको रज-दोषबाट मुक्तरही नरक जानबाट वच्न नै गैर नेवार हिन्दूहरु आफ्ना छोरीचेलीलाई सानैमा कन्यादान गरि बालविवाह गराई कन्यादानको पून्य लिने चेष्टा गरेको देखिन्छ्न । यसै कारणले गैर नेवारहरुमा बालविवाह जस्तो कुप्रथाले जडा गाडेको हुनसक्दछ्न । धर्म शास्त्रले निर्देशित गरीए अनुसार आफ्ना छोरीचेलिको रज-दोशकारण नरक जानू पर्ने सन्त्रासले पनि आफ्नु समुदायमा बालविवाह जस्तो कुप्रथाले प्रवेश पाउन सक्ने संभावनालाई निषेधित गर्न नेवार समुदायका पूरर्खौली बिद्वानहरुले चलाखीपूर्ण तरीकाले सनातन धर्मशास्त्रले निर्देशित गरीएअनुसार नै नितिगतरुपमा नै यो संस्कार र प्रथा प्रतिपादनगरि एउटा प्रगतीशील तथा कार्न्तिकारी संस्कृतिको बिकाश गरि दिए । नेवार समुदायमा इहि गर्ने यो संस्कार कहिले देखि सुरुभयो भन्ने लिखित आधार कहिँ कतै देखिन्दैनन । तथापि यो संस्कार सनात देखि नै चलीआएको मानिन्छन । यो इहि संस्कार नेवार समुदायको छुट्टै पहीचान भएतापनी नेवार समुदाय भित्रकै शाही(खड्गी),द्य:ला(पोडे च्यामे),कपाली(जोगी, दर्सनधारी) र धोवी(कनौजी, मघैया) लगायत केही नेवार जाती उपजातीले यो संस्कार लाई अंगाली आएको देखिन्दैनन । किन यो संकारलाई अंगालेन भन्ने विषयमा एउटा खोजको विषय हो । तर आजभोली केहीले यस संस्कारलाई देखासिखी रुपमा अंगालेको पनि देखिन्छ । तर पनि शाही( खड्गीक, नाय:,सिंह) समुदायले आज सम्म पनि यस संस्कारलाई अंगालेको छैनन । कीन अंगालेन त भन्ने विषयमा शाही जातिको पहिचानको सवालमा चिन्तशिलरहनु हुने बामान शाही र बिनोद शाहीको भनाईमा " हामी शाही( खड्गी,नाय: सिंह) नेवार सूचिकरण भित्र परेतापनी वास्तवमा हामी नेवार हैनन , राजपुत सिंह हो । शाही जाती भित्र पनि विभिन्न उप-जातीहरु भएको "भनाई रहेकाछन । पौराणीक स्वस्थानी कथामा उल्लेखित भएअनुसार - पार्वतीले श्री स्वस्थानीको व्रत प्रभाववाट महादेव पति पाए पछी पार्वतीले आफ्नो माईती घरको चेलीले आफुसरह अखण्ड शौभाग्यती हुन पाउन वर माग्दा - "सुवर्णकुमार(हिरण्य गर्भ:) संग कन्याको विवाह भयो भने सदा सर्वदा हिमालय पर्वतका महीलाहरु शौभागवती हुनेछन" भन्ने महादेवले पार्वतीलाई दिनुभएको वरदान अनुसार नेवार महीलाहरु कहिले पनि विधवा नहुन र सदा सर्वदा शौभाग्यती नै हुने छन भन्ने धार्मिक नितिनियम बमोजिम पूर्वजले पछिका आफ्ना सन्तानहरुको कल्याणका लागि देवादीदेव महादेवको प्रतिकका रुपमा बेल फललाई उपस्थितिमा राखी याने साक्षी राखी बिष्णु भगवानको प्रतिकका रुपमा सुवर्ण कुमार(हिरण्य गर्भ:)संग वैदिक तन्त्रनिर्देशन अनुसार इहि याने इहिपा गराई यो इहि संस्कार थिति चलाई गएको रितिथिती संस्कार त्यसैबेला देखि हिमाली पर्वत क्षत्र नेपालमण्डलका नेवारहरुमा चलेको हुनु पर्दछ । यही सनातान धार्मिक मान्यता अनुसार नेवारहरुको शुध्द नेवार रितिथिती अनुसार याने मौलिक रितिथिती अनुसार विवाह गर्ने अवसरमा ज्वाइँ हुने व्यक्ती याने दुलाहा हुने व्यक्ती जन्तिसंग जाने चलन छैनन । यसै कारणले पनि नेवारहरुको विवाह कार्यमा बाबुले कन्यादान गर्नु पर्ने चलन छैइन । इही संस्कार बारे केही मान्यजनहरु बाट आफ्नो आलेखहरुमा लेखिएका केही भनाईहरु यहाँ स्मरण गर्न सान्दर्भिक देखिन्छन् - (१) सरदार इकवाल अलि शाहले नेपालका विषयमा लेखिएको पुस्तकमा - नेवार महीला लोग्नेको मृत्यु भै बिधवा भयो भने प्राथमिक विवाह बेलसंग गरेको विवाहको महत्व देखिन्छ । यसमा फेरि विवाह गर्न हुने सुत्र देखाउंछ , (२) इतिहासकार डिल्लीरमण रेग्मी आफ्नो प्राचीन नेपाल भन्ने पुस्तकमा " इही " बारे लेखेको छ - नेवारहरुको बालविवाह प्रथा छैन तर उनिहरुले आफ्नो छोरिचेलीलाई दैविक तथा स्थाई पत्नित्वको सिध्दान्तमा जीवनभर विधवा हुन सदाका लागि बचाई राखेको छ , (३) त्यस्तै अर्का एक बिद्वानले आफ्नो एक आलेखमा इही बारे भनेका छन् - नेवार महीलाहरु सानैमा बेलसंग विवाह गरेको कारण र बेलको सदा सर्वदा जीवन रहने भएकाले महीला कहील्यै विधवा हुँदैनन् । वहाँ बिद्वानहरुको भनाई अनुसार " इही " विधवा नहुनका लागि गर्ने गरेको शास्त्रगत मान्यता प्राप्त संस्कार हो। पौरानिक कथामा जे जस्तो लेखिराखेको भएतापनी अथवा धार्मिक बिचारका मानिसलाई बोध गराउनका लागि धार्मिक रंग वा उपमा दिइराखेको हुनसक्ने भएतापनी यो " इहि " संस्कार गर्ने चलन एक चतुर बिद्वानको देन मान्नु पर्दछ । बिधवा भै प्रकृतिले उपहार दिएको जीवन काम कृडा, आदि लाई तिताँजली दिई मन बाँधी बस्नु कम गार्होकाम हैनन । अन्य देश र अन्य जातजातियामा भरखरै मात्रै बिधवा विवाह गर्न र गर्ने चलन चलाई प्रत्सोहान दिन थाकेका छन भने नेवारहरुको पुर्खाले अघिनै यसलाई सामाजिक रुपमा नै मान्यता दिएर बिधवा भन्ने नै समाजमा नहुने गरि सदा सर्वदा सौभाग्यवती भैरहने धार्मिक र सामाजिक बिधिबिधान प्रतिपादन र व्यवस्थागरी उध्दारणीय काम गरि गए । आफू खुसी वा देखासिखी म बिधवा भनेर बस्ने नेवारहरुको कुरो अर्कै नै हो तर सनातन नेवार परम्परामा चाहिँ छैनन । नेवार समाजमा कन्याको वास्तविक दाम्पत्य जिवनका लागि गरीने विवाह ( इहिपा) आफनै मूल्य मान्यता रहेको भएतापनी सम्बन्ध बिच्छेदन गर्ने अर्थात पारपाचुकेको सरल प्रकृया, सामाजिक र सांस्कृतिक मान्यताका रुपमा नै छन र यस्को अधिकार महिलामा नै निहित छ । यस बाट महिलाहरुले आफ्नो पतिलाई सुपारी(ग्वय) फिर्ता दिएको कारणले सम्बन्ध(पारपाचुके) गर्ने कार्य पति जिवित अवस्थामा मात्र होइन जीवनको अन्तिम क्षणको अवस्थामा वा ब्रन्हनालमा पुगिसक्दाको अथवा मृत्यु भै सवयात्रा कै अवस्थामा वा चितामा आगो दन्कीरहन्दाका अवस्था समयमा समेत पनि सम्भव छ । हुनत यस विषयमा नेवार समाजभित्रमा नै अली फरक फरक मत रहेको पाइन्छन । कसैको यो सुविधा चितामा दागवती दिन्दा सम्म मात्र हुने छ भने कसैको दागवती दिई सकेपछी पनि सम्भव छ भन्ने गरीन्छन । र यति गरि सकेपछी महिलाले आसोच वार्नु पर्दैनन । त्यस पछि महिलाले एकल जीवन यापन गर्ने वा अन्य कुनै पूरुष संग विवाहगरी जाने वा नजाने भन्ने विषयमा निर्णय गर्न महिला आफै स्वतन्त्र हुनेछन भन्ने सामाजिक र सांस्कृतिक मान्यता रहेको छ । यो नेपालमा अघि मात्री सत्तात्मक राज्य प्रणालीको रहेको थियो भन्ने प्रमाणको अवशेष हो भन्ने सकिन्छ । नेवार समाजभित्र आज कालन्तरमा आएर आफ्नो जातिय मूल्य मान्यातालाई जोगाई राख्ने अथवा मासी पथाउने क्रममा बिधवाको को मान्यता लिने पनि सूरु हुन्दै आयो । पति मरेको महिला बिधवा हो भन्दै खस ब्राम्हनको जस्तै सेतो कपडा लगाएर वर्खी बस्ने गर्दछन र गैर नेवार सरह एकल र अपहेलित जीवनयापन गर्ने सिको गर्दै आएका छन । तर पनि यस सिकोलाई नेवार समाजमा बाहीरीय गैर नेवार समाजको संगतको परीणामका रुपमा लिने गर्दछन । परम्परा र संस्कारका नाउँमा " इहि " संस्कार आज पनि अनिवार्य रुपमा गर्ने गर्दै आएकै छन । तर पनि अन्य समाजको नक्कल गर्ने कार्य पनि भएका छन । यस बाट नयाँ पुस्तालाई इहि संस्कार भित्रको गुह्य अर्थ(कुरा) आज पनि आश्चर्यको विषय रहीरहे कै छ । नेवार समाजभित्र हिन्दू र बुध्दिस्त धर्ममा प्रभाव पर्ने क्रममा आफ्नो आफ्नो जातिय मौलिक्ता र जातिय पहीचान बिरसने सुरु भयो वा अर्थ नबुझेपनि यस्को निरन्तरन्तारही नै रहेका छन । सहज र आदिवासी जीवन शैलीमा नेवार समाजभित्र बाह्य प्रभावलाई रोकलगाई(निषेधित्त गराई) बालविवाह र बिधवाको मान्यता नदिन " इहि " संस्कार चलाई आएको हो । नेवार समाजमा लैगिकभेदलाई बदवाको तेवा दिन कुनै पनि आधार धार्मिक ग्रन्थमा देखिन्दैन । यहि कुराको आधारमा नेवार समाजमा महीलाको स्थान पूरुष सरह समान रहेको प्रस्त रहेको देखिन्छ । तैपनी विभिन्न समय र परिस्थितिमा देखिने असमानताको प्रस्नमा त्यस्ता भेदभाब देखिन थालिएको सहि नै हो । तथापी त्यसलाई परम्पराका रुपमा लिनु र मान्नु चाहिँ सहि छैन । त्यो त अन्य समाजको प्रभाब र बिजृती अनि बिसंगती हो । मौलिक मान्यता , संस्कृती र बिधिब्यवहार माथी परेको बाहिरी प्रभाब हट्ने हो भने लैंगिक समानताको जीवनशैली स्वत: पुन:स्थापित हुन्छ र यो हुन अनिवार्य पनि छ । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~±±~ कृपया मेरो मेरो www.shilpakarpmblogspot.com ब्लकमा रहेको मेरो " इही नेवाः थिती " सन्धया टाइमस न्हिपौ ने. सं. ११३२ सिल्लाथ्व १३ (२०६८ माघ २२) र " नेवार जातिको मौलिक पहिचानको संस्कार " लेख पनि हेर्नुस । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~ नेवार महिला सदैब सौभाग्यवती रहनछन् , कहिल्यै विधवा हुन्नन् http://shilpakarpm.blogspot.co... ~~~~~ ब्लकमा रहेको मेरो " इही नेवाः थिती " सन्धया टाइमस न्हिपौ ने. सं. ११३२ सिल्लाथ्व १३ (२०६८ माघ २२) http://shilpakarpm.blogspot.co... ~~~~~~~~~~~ " नेवार जातिको मौलिक पहिचानको संस्कार " लेख पनि हेर्नुस । http://shilpakarpm.blogspot.co... ~~~~~ प्रकाशमान शिल्पकार Last edited: 17-Feb-17 02:46 AM Last edited: 17-Feb-17 02:55 AM
Prakashman Shilpakar · Feb 17, 2017 2:43 AM · 17,119 views
नेपाली शब्दकोश अनुसार: विधवा सङ्. ना. अर्थ १. श्रीमान् वा पति मरेकी स्त्री वा महिला बाजे को कुरा अनुसार त नेवार महिलाको पति कहिलै मर्दैनन | लेख्न जान्या छु भन्दैमा जे नि लेख्दिने? लेख्न सिक्दै गर्या भए शुरुमै नोट लेख्नु |
kalikopoi · Feb 17, 2017 8:59 AM
के के पी, बाजे को अनुसार नेवार स्वास्नी मानिस लाइ पति को कमि हुँदैन भन्या हो, एउटा गुल्टे अर्को आइहाल्छ. संस्कार संरक्षण गर्नु बेग्लै कुरा हो तर आज को युगमा जहाँ भाइचारा लाइ प्रोत्साहन दिइन्छ र जात पात लाइ विश्वास गरिंदैन त्यहाँ सार्वजनिक मंच मा आएर एउटा जात को बखान गर्न अलि मिल्दैन कि? बरु काठमाडौं मा पानी कसरी ल्याउने, धुलो कसरी काम पार्ने लेख लेख्या भए मान्छे ले पढ्थे कि?
underwear · Feb 17, 2017 10:12 AM
because they are mostly cowards. they will rather run away than fight, accept humilation than risk life. because of the history of ktm valley, being ruled by different people from outside the valley all throughout their history, they have slave mentality and survival means everything to them.
NepaliSaila · Feb 17, 2017 10:27 AM
And extreme जात-भात and caste levels within Newars.
NepaliBudho · Feb 17, 2017 11:45 AM
can't believe our neighboring countries, India and China, are busy in setting world records in space and we are stuck in this pathetic जात-भात debate. what the f**king waste of human life.
sajhamitra · Feb 17, 2017 8:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion