'सेक्स अखडा' चलाउन २१ युवतीको नाम र नम्बर फेसबुकमा पोस्ट गर्ने पक्राउ काठमाडौं मैतिदेवीकी २१ वर्षे युवतीलाई परिचित युवकले बारम्बार फोन गरेर सेक्स प्रस्ताव गरे। युवती नकार्दासमेत उनले फोन गर्न छाडेनन्। उनलाई ती ब्यक्तिले मात्र होइन देश विदेशबाट दर्जनौ व्यक्तिले फोन गरेर अश्लिल कुरा गर्दथे। हैरान भएपछि ३ दिनअघि उनी महानगरीय अपराध महाशाखामा गएर उजुरी दिइन। उजुरी दिएको भोलिपल्ट प्रहरीले ललितपुरको ग्वार्कोबाट २१ वर्षका सागर धिताललाई पक्राउ गर्यो। उनले अश्लिल नामबाट खुलेको फेसबुक एकाउन्ट ती युवतीको नाम र नम्बर फेला पारेको प्रहरीसमक्ष जानकारी दिए। त्यसपछि धितालले दिएको फेसबुक एकाउन्टलाई प्रहरीले निगरानी बढायो। युवतीले उजुरी दिएको दिन मुख्य व्यक्ति पक्राउ गर्न सफल भयो। 'ललितपुर बागडोल बस्ने ३६ वर्षका सुरज बस्नेतले ३ वटा अश्लिल नाम गरेको फेसबुक बनाएका रहेछन्' महाशाखाका एसएसपी दिनेश अमात्यले भने, 'फेसबुक एकाउन्ट र उनले गरेको कार्य निकै जटिल भएपछि हामीले उनलाई पक्राउ गरेका हौं ।' बस्नेत २ वर्ष अमेरिका बसेर फर्किएका युवा हुन्। उनले साथीभाइबाट युवतीको नम्बर लिने, कतिपयसँग फेसबुक म्यासेन्जरबाट नै माग्ने, नचिनेका युवतीसँग म्यासेन्जरमा कुरा र नम्बर साटासाट गर्ने गरेको प्रहरीले जनाएको छ। युवतीसँग सेक्सको प्रस्ताव गर्ने, मान्नेहरुलाई होटलमा लैजाने, नमाने धम्की दिएर अश्लिल गाली उनले गर्ने गरेका थिए। युवती नमानेपछि फेक फेसबुक एकाउन्ट बनाएर नाम र नम्बरसमेत पोस्ट गरी सेक्सका लागि अफर गर्न सकिने सूचना उनले जारी गर्ने गर्दथे। उनले फेसबुकमा २३ जना युवतीको नाम र नम्बर हाल्दै उनीहरुलाई सेक्सका लागि अफर गर्न सकिने कुरा लेखेका छन्। प्रहरीसँग उनले आफू अमेरिकामा बसेर आएको र अमेरिकामा यस्तो कामलाई मान्यता दिने हुदाँ नेपालमा पनि गर्न मिल्छ भन्ने ठानेर त्यसो गरेको वयान दिएका छन्। 'युवतीको अश्लिल फोटो राख्ने उजुरीहरु त आएका थिए,' महाशाखाका डिएसपी पशुपति रायले सेतोपाटीसँग भने, 'नाम र नम्बर हालेर ब्यावसायिक रुपमा सेक्स अखडा चलाउने जस्तै गरी सूचना निकाल्नु नेपालकै पहिलो घटना हो।' प्रहरीले भने बस्नेतले व्यावसायिक रुपमा यौन अखडा चलाउन त्यस्तो विधि अपनाएको हुनसक्ने आंशका गरेको छ। तर बस्नेतले भने ब्यावसायिक प्रयोजनका लागि आफूले त्यसो नगरेको बताएका छन्। श्रीमतीसँग खटपट परेपछि उनले त्यस्तो कार्यमा आफू लागेको पनि प्रहरीसमक्ष बताएका छन्। प्रहरीले उनीमाथी साइबर क्राइमसम्बन्धि मुद्दा दायर गरेको छ। अदालतबाट प्रमाणित भए उनलाई ५ वर्ष कैद अथवा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाँय हुन सक्छ। - See more at: http://setopati.com/samaj/6297...
paladin · Feb 14, 2017 7:09 AM · 15,586 views
😂😂😂 Last edited: 08-Mar-17 09:08 AM
instagram · Feb 14, 2017 10:15 AM
Haha Instagram bro, testo arka lai garnu hudaina. US ma pani ta testo garnu hudaina. It's a kind of sexual harassment.
jerryswari · Feb 14, 2017 11:00 AM
I used to buy plane tickets from him but this is not that guy.
MaGorkhe1 · Feb 14, 2017 11:48 AM
What the fuck ?
MaGorkhe1 · Feb 14, 2017 11:48 AM
This is not the same guy with Travel agency.
MaGorkhe1 · Feb 15, 2017 12:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion