ऐतिहासिक औजार परिचय "" चन्द्रहास ख्ड्ग "

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  ऐतिहासिक औजार परिचय "" चन्द्रहास ख्ड्ग नेपाल निर्माणमा प्रयोग भएको मूल औजार "" चन्द्रहास ख्ड्ग ऐतिहासिक औजार परिचय  प्रकाशमान शिल्पकार आदिकालमा प्राचीन नेपाल उत्पती अथवा नेपाल निर्माण हुनू पूर्व प्राचीनकालमा उपत्यका एउटा ठूलो दहको रूपमा रहेका बेला विपस्वी नामका बुद्ध आई कमलको फूल रोेपेर गएका रहेछन् । त्यही कमलको फूल फुलेपछि त्यही फुलमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भू उत्पत्ति भएको हो । कालीदहमा रहेको पानीको बिच भागमा उत्पन्न भैरहेको त्यो अलौकिक ज्योतिरुप श्री स्वयम्भू धर्मधातु दर्शन गर्ने अभिलासा लिएर पञ्चशील पर्वत ( चिन)बाट आफ्ना दुईवटी शक्तिस्वरुपी बरदा र मोक्षदा सहित कान्तिपुरको दक्षिण ( अहिलेको भक्तपुर जिल्लाको (महामञ्जुश्री-) नगरकोट नगपालिकाको सुडाल स्थितको भूगर्भ: मार्ग (सो भूगर्भ: मार्गको द्वारलाई हाल ल्हासापा सरस्वती भन्नी पुज्दै आएकाछन ) हुंदै महामञ्जुश्री नेपाल आई महामञ्जुश्रीले दुवै हात जोडी नमस्कार गर्दै “ॐ मणि पद्मे हुँ” भनी मन्त्र उचारणगरी श्रीस्वयम्भू ज्योती दर्शण गरीसके पछि स्वयम्भूको टाकुरामा बसी कालीदह अवलोकन गर्दा यदी यो दहको सबै पानी हताउन सकेको खण्डमा यो उपत्यका एउटा मानव वस्ती निर्माण गर्न अनुकुल र उपयुक्त हुन सक्छन भन्ने गहण मनन गरेर उपत्यकाको चारैतर्फ घेराहाली बसेको डाँडाहरुमा गएर अती गहण दृश्यावलोकन गरि सकेपछी क्रमश:क्वदुवा: न्हसिकाप(गल्छी)(...............................), गोकर्ण न्हसिकाप गोकर्ण, आर्यघाट न्हसिकाप पशुपती र अन्तमा विशेष गरी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँ बायाँ रहेको पहाडमा बरदा र मोक्षदा लाई राखी चोभार गल्छीलाई मामञ्जुश्रीले आफ्नो अस्त्र " चन्द्रहास खड्ग "ले प्रहारगरि पानी बाहिर जाने मार्गा खोली दिई प्राचीन नेपाल निर्माणमा श्रीगणेश गरी महामञ्जुश्रीले प्रयोग गरेको ऐतिहासिक औजार हो " चन्द्रहास खड्ग " । पछि वरदालाई राखेको पहाड फुच्वः र मोक्षदालाई राखेको पहाड धिलाच्वःका साथै अन्य दुई पहाडहरु जामाचो र सिधिफुचोका नामले प्रख्यात भएको हो भनिन्छ यी डाँडाहरुलाई क्रमश: नागार्जुन(जामाचो),फुलचोकी(फुचो), चम्पादेवी-चन्द्रगिरी( घ्यानचो) र शिवपुरी( सिधिफुचो) पनि भनिन्छन । यो कुरा श्रीस्वयम्भू पूराणमा वर्णन गरेको पाइन्छ । नेपालको सृष्टि गर्ने क्रममा याने नेपाल निर्माण गर्ने क्रममा योजनाकारका रुपमा महामञ्जुश्री बोधिसत्वलाई महान शिल्पिकार विश्वकर्मा रुपमा पनि मानि आएका छन यहाँ । आजको आधुनिक भाषामा भन्ने हो भन्ने नेपाल निर्माणका महान इन्जिनियर नै हो । प्राचिनकालकमा ओभरसियर, इन्जिनियरलाई चाहिने जति पनि चाहिने आवश्यक औजारहरु अविस्कार भए वा बनाए ती सवै औजारहरुको प्रतिनिधिकारुपमा प्राचिन नेपाल सृष्टिका समयमा चाहिएको स्थानमा आवश्यक्ता अनुसारको विभिन्न किसिमले विश्वकर्मारुपी महामञ्जुश्रीको मूल औजार स्वरुप भै प्रयोग भएको औजारहरुको मूलरुप हो " चन्द्रहास खड्ग " । यही औजारले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरुलाई फोर्दै यहाँको कालीदहको पानी सवै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे । वर्तमान काठमाडौंको महानगरको २१ वडा अन्तर्गतमा पद्म सुगन्ध मार्गमा पर्ने मञ्जुश्री टोलको मजिपात मञ्जुपत्तनको अपभ्रंश रहेको । मञ्जुश्री टोलमारहेको मञ्जुश्रीको मन्दिरलाई सो प्रथम सभ्यताको केन्द्रको रुपमा सांस्कृतिक रुपमा लिइने गरिन्छ।  संस्कृत र नेपालभाषामा लिखित नेपालको राजवंशावली 'गोपाल राजवंशावली'अनुसार तत्कालिन नेपालमण्डलमा अर्थात उपत्यका लगायत उपत्यका वरिपरिका क्षेत्रमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंशहरुले शासन गरेका तथ्य देखिन्छ । मञ्जुपतन शहर निर्माण गरी मानवनस्ति बसालेर धर्माकरलाई राजा बनाई लोकजनहरुलाई शिल्पकला र शात्रबिद्या लगायत मनुश्यलाई चाहिने आवश्यक विद्या प्रदान गरेर जानू हुने विश्वकर्मारुपी महामञ्जुश्री हो । तथापी नेवार समाजभित्रपरेको आदिवासी शिल्पी जाती शिल्पकार जातिले भने महामञ्जुश्रीलाई बिद्याकी देवी(ससुमाजु) र बिश्वकर्मालाई भैरब शक्तिका रुपमा आफ्नो कुलगुरुका रुपमा मानी आएका छन । चन्द्रहास खड्गको धारको दुबै तर्फ अग्निज्वालाधार, टुप्पोमामा अर्धबज्र चिन्ह, खड्गको बिचमा कहीं कहीं चट्याङ( मल:)ले घेरीएको देखिन्छन । यस खड्गलाई महामञ्जुश्रीले आफ्नो दाईने हातले मजबुतका साथ समाति ताकेर प्रहार गर्न तमतयार अवस्थामा आफ्नो शिरको अलि।माथीनीर बाट उठाईरहेका अवस्थाको देखाईरहेको महामञ्जुश्रीको तस्वीरमा हामी देख्न सक्छौ । यही खड्गले नेपालको स्वरुप निर्माण गरेको हो भन्ने नेपालको प्राचीन इतिहासमा लेखेको पाईन्छ । तथापी भौतिकवादी तथा संस्थापक नेपाल कम्यूनिस्त नेता क.पुष्पलाजीले महामञ्जुश्रीले आफ्नो खड्ग प्रहारबाट चोभार(क्वयना)को डाँडा कातेर यहाँको पानी बाहिर पठायको भन्ने कुरा र महामञ्जुश्रीलाई पारलौकिक (दैविक) शक्ति प्राप्त असाधारण व्यक्तिका रुपमा नलिएर मञ्जुश्री ततकालीन नेपाल निर्माण अवस्थामा एक साधारण हामी सरहका तर निपूर्ण इन्जिनियरका रुपमा मात्र स्वीकार गरेको देखिन्छ्न । यसरी नेपाल निर्माणमा प्रयोग भै गएको ऐतिहासिक औजार " चन्द्रहास खड्ग " आज पनि काठमाण्डौ महानगर २३ वडा अन्तर्गतरहेको ॐबहाल जोरगणेश स्थित मञ्जुश्रीनक(विश्वकर्मा-विकमा बा:हा:) बिहारमा ससमानका साथ राखिएका छन भन्ने यहाँ कथन रहेकोपाईन्छन । www.shilpakarpm.blogspot.com

Prakashman Shilpakar · Feb 9, 2017 10:28 PM · 10,840 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all