TRUMP हस्तान्तरण गर्दै नेपाली महा ठग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगीका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका कम्पनीका तत्कालीन महाप्रबन्धक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको छ। नेपाल प्रहरीको ‘रेड कर्नर नोटिस’ मा रहेका कार्कीलाई संघीय प्रहरी औपचारिक नभई अनौपचारिक रूपमा फिर्ता पठाउन सहमत भएको हो । राष्ट्रबैंकले कार्कीले करिब चार अर्ब रुपैयाँ रकम कम्पनी मातहत हिनामिना गरेको तथ्यसहित प्रतिवेदन तयार पारेर अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ । प्रहरी उच्च स्रोतका अनुसार अमेरिकाको खोजीमा रहेका केही व्यक्ति नेपालले दिने र नेपालले कार्कीलाई फिर्ता ल्याउने पहल अन्तिम चरणमा पुगेको छ । प्रहरीले यसअघि पनि अमेरिकाको संघीय प्रहरीसँग यस्तो ‘कारोबार’ गरिसकेकाले कार्की चाँडै नेपाल प्रहरीको हिरासतमा आउने स्रोतको दाबी छ । केही समयअघि काठमाडौंमा भएको इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनमा वित्तीय अपराधका विषयमा नेपालले कार्कीको विषय उठान गरेपछि नेपाल प्रहरी र अमेरिकी अधिकारीबीच अनौपचारिक रूपमा अपराधी साटासाटको ‘कारोबार’ ब्युँताउन सहमति भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको कम्पनीको ठगी प्रकरणमा संलग्न अधिकारी पक्राउ परे पनि घटनालगत्तै फरार रहेका कार्की अमेरिका पुगेका थिए । अनुसन्धानमा कार्की अमेरिकाको टेक्सासमा व्यवसाय सञ्चालन गरेर बसेको र उतैको नागरिकता लिएको खुलेको थियो । स्रोतका अनुसार प्रहरी र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीबीच यस विषयमा धेरैपटक छलफल र पत्राचार भएको छ । कार्कीको अपराध गम्भीर भएको निचोडसहित कसुरको विवरण दूतावासमा पुगिसकेको छ । ‘पहिलोपटक होइन, केही समय रोकिएको अनौपचारिक सहयोग कार्कीलाई फिर्ता ल्याएसँगै सुचारु हुनेछ,’ स्रोतले भन्यो । नेपाल प्रहरीले अमेरिकालाई दिने व्यक्तिका विषयमा भने विवरण खुलेको छैन । ब्युरोको अनुसन्धानमा कार्कीले सीता खाँडसरी चिनी मिल, गौरीशंकर इन्भेस्टमेन्ट कम्पनी, विजेश्वरी आवास विकास कम्पनी, सुशोभन डेभलपर्स, उद्यम मल्टी इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी, बूढा महांकाल खाद्य प्रोडक्ट, संयोग हाउजिङ एन्ड डेभलपर्स र मदनबहादुर खड्का, बलदेव खड्का र श्रीराम खत्रीलगायतलाई मिलेमतोमा ऋण प्रवाह गरेको खुलेको थियो । ब्युरोले सीता खाँडसरी चिनी मिलको परियोजनाका लागि कमसल जग्गा धितो राखी रकम निकाल्ने किरणकेशर नेपाललाई सोमबार पक्रेको छ । नेपालले परियोजनाका लागि काठमाडौं मन्डिखाटारस्थित आठ रोपनी जग्गाको अत्यधिक धितो मूल्यांकन गराई कागजी परियोजनाका लागि नौ करोड ऋण लिएका थिए। ब्युरोका अनुसार पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ मा तीन वर्ष कैद र करिब साढे नौ करोड रुपैयाँ जरिबाना फैसला गरेयता नेपाल फरार थिए । काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन आदेशले नेपाललाई कैद भुक्तानका लागि केन्द्रीय कारागार चलान गरिएको छ । फाइनान्स प्रकरणमा प्रतिवादी बनाइएका सात सय ४४ मध्ये नेपाल एक हुन् । ब्युरोे टोलीले कम्पनीलाई ठगी गर्ने अरुणकुमार मराठा (६ वर्ष कैद र १३ करोड ३० लाख जरिबाना) लाई २०७२ जेठ १४ मा पक्रेको थियो । यस्तै नवराज खत्री (तीन वर्ष कैद, ६ करोड ५० लाख जरिबाना) लाई सोही वर्ष जेठ १८ मा, तुलसाकुमारी धमला (तीन वर्र्ष कैद र दुई करोड २० लाख जरिबाना) लाई सोही वर्ष साउन १७ मा र भाइकृष्ण खड्का (तीन वर्ष कैद र तीन करोड ५० लाख जरिबाना) लाई सोही वर्ष भदौ २ मा पक्राउ गरी अदालतमा पेस गरेको थियो । TRUMP हस्तान्तरण गर्दै नेपाली महा ठग

Samrat Singh Karki · Feb 8, 2017 9:45 AM · 2,256 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all