मिस नेपाल अश्मी श्रेष्ठसँग प्रेम गर्ने भए आवेदन खुल्ला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘प्रेममा परेकी नै छैन, मन पराउनेका लागि आवेदन खुल्ला छ’: मिस नेपाल(भिडियो कुराकानी) अनलाइनखबर२०७३ माघ २१ गते १९:२४ मा प्रकाशित ‘मिस नेपाल’ अश्मी श्रेष्ठ यतिबेला दौडधुपमा छिन् । ‘मिस वल्र्ड’मा सहभागी भएर नेपाल फर्किएपछि उनको व्यस्तता समाजसेवा र विभिन्न काममा अगाडि बढिरहेको छ । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा अश्मीले व्यक्तिगत र ‘मिस वल्र्ड’मा भाग लिदाको अनुभव सुनाइन् । सुरुवातमा त आफूलाई विभिन्न कुराले अप्ठ्यारो लागेपनि ११७ देशका प्रतिस्पर्धी साथीहरुबाट पाएको सहयोगले अगाडि बढ्न मद्दत पुगेको उनको भनाई छ । अश्मी श्रेष्ठसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः https://www.youtube.com/watch?...  उनले विश्व सुन्दरी प्रतियोगीतामा भाग लिदा आफूलाई श्रीलंकाकी साथीसँग सबैभन्दा सजिलो महुशश भएको बताइन् । व्यक्तिगत कुरा गर्ने क्रममा अश्मी खुबै खुलिन् । उनले अहिलेसम्म आफू प्रेममा नै नपरेको सुनाइन् । आफूलाई अनुहारका अंगमध्ये सबैभन्दा बढी आँखा मनपर्ने उनको भनाई थियो । यो आँखामा डुब्ने कति छन् भन्ने प्रश्नमा उनले भनिन्-‘खै त्यो त मलाई कसरि थाहा भयो र ?’ तर, उनले आजसम्म आफू प्रेम सम्बन्धमा नरहेको खुलाइन् । तर, ह्यान्डसम, राम्रो बोली बोल्ने, हाइट भएको यूवकले आफूलाई आकषिर्त गर्ने उनको भनाई छ । उनले भनिन्-‘अहिले नै डबल हुने सोच छैन । करिअरलाई अगाडि बढाउन धेरै काम गर्न बाँकी नै छ ।’ अश्मीले चलचित्रमा अभिनय भने नगर्ने बताइन् । मोडलिङ, फेसन शोमा नै काम गर्ने इच्छा राखेकी अश्मीले चलचित्रमा काम नगर्नुको कारणबारे खुलाउँदै भनिन्-‘मैले २ वटा म्यूजिक भिडियोमा काम गरे । तर, मलाई अभिनय गर्न सक्छु भन्ने लागेन ।’ http://www.onlinekhabar.com/20... Last edited: 03-Feb-17 08:40 AM

ktmpost · Feb 3, 2017 8:40 AM · 2,171 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all