Downtime मा गरिएको प्रयास | नेपालमा हुँदा कोही रुघा लाग्यो कोही मर्की लाग्यो भन्थे | यो एलर्जी वा भाईरल एक वा दुबै को कारणले हुन सक्छ रे ?बिरामी बिदा नलिए खेर जाने हुनाले घरै बसियो | जती स्याख सुख्ख गरेर नाक सफा गर्न खोजे पनि केही अड्की रहेको महसुस हुन्छ | एस्तो बेला स्नान कक्षमा रहेको शावर हेडमा अर्को नली जोड्न मिल्थ्यो र एउटा नाकको प्वाल बाट पानी बगाएर अर्को प्वाल बाट निकालेर सफा गरिन्थ्यो| गएको ग्रिस्म ऋतुमा सावर हेड फेरे देखी नाक सफा गर्ने काम बन्द भएको छ | हिजो घर बस्न नस्केर बाहिर निस्केको Planet Fitness हुँदै जादै थिए सम्झिए तेही गएर नाक सफा गर्छु | त्यहाको स्नान कक्षमा झुन्डिएको नलीको प्रयोग गरी नाक सफा गर्न मिल्छ भने पहिले पनि २-४ पल्ट् नाक सफा गरेको थिए| मैले पनि गाडीलाई तेतै तिर मोडे | मैले लगाएको टीसर्टमा धागोले कुदिएको थियो " Kingdom of Himalaya" अनी अर्को लाइनमा Kathmandu | भित्र छिरे पछी कमसे काम अलिकती Stretch त गरी हालौ भनी सिधै stretching pad भएको तिर लाग्दै थिए | नेपथ्यमा कसैले भनेको सुने गोर्खाली आए जस्तो छ | यो मुजी ठाममा कहिलै नदेखिएको गोर्खाली देखिएको हो कि मुजिले टिशट मात्रै लागाएको हो भन्ने पनि थपियो ? अनी त्यो गुले भन्छ ए मुझी गोर्खे ? यो मसान घाट जस्तो ठाउमा कहाँ बाट आ ईपुग्नु नेपाली भनी अपशब्द बोलेको हुनु पर्छ | अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिन्छ भनेको यही होला, यो गुलेले कसरी थाहा पायो म तेही साझामा छिर्ने गोर्खे हुँ भनेर कि काकताली मात्र हो| मैले नेप्रिएर ठुलो पना देखाएर बोल्ने तमिज नभएको हरुलाई भन्ने गरेको हुनाले भन्न् पुगेछु “ ह यो नेपे का बाट आईपुग्यो”? सुन्यो सुनेन थाहा छैन | हो म गोर्खालिनै हो भने पछी भन्छ सधैं आउछस त , कहिलै देखीन्नथिस? लौ हेर बजियाको बोलाई, हेर्दा गधा तिसे होला , स्वमत नसिकाइेको र नसिकेको भए पनि देश छोडेर अाईसके पछी भएका अबगुण छोडेर अनी यहाँ आएर सिक्ने र सिक्नु पर्ने कुरा सिक्न नस्केको देख्दा उमेर चड्दै जादा मानिस परिपक्व हुँदै जान्छ भन्थे भुत्रोको हुनु ? जात अनुसारको बोलिचाली हुन्छ भन्लान ? किन त त्यस्तो बोली चाली , किन यती छुद्र पना ? अनी जात र जातिलाई जनाउने शब्दबलीको प्रयोग गर्ने हो भने कामिदमाइको संगतमा बसेको हुनु पर्छ ? सम्झिन पुगे कामी दमाइ सार्की आदी इत्यादी पनि एकै बर्ण आर्य हुन कसरी छुट्याउन सक्नु यो तल्लो जाती वा उपल्लो जाती | अनी मैले बिस्तारै कुरा अगाडि बडाए, भाई को शुभ नाम के पर्यो , कहाँ बस्नु हुन्छ ? आफ्नो सन्का निवारण भयो , उनी उपल्लै जाती बाट नै रहेछन | | कतिनै तल्लो जाती अमेरिका पुगेका छन र तिनलाई भेट्ने मौका को Probability ( सम्भाब्यता ) लाखौंमा एक होला ? छ् महिना भयो यो ठाम मा सरेको नेपाली भनेको नामो निसान छैन भन्थे तिमी त रहेछौ | गुलेको बोलिमा अझै परिवर्तन आएको थिएन |शायद मेरो बर्णसकर र बोली देखेर मलाई पाखे वा मधिसे ठानेका होलान? बर्मा गयो कर्म सगै भने झै अमेरिका छिर्यो आदत सगै भनेको एही होला ? अनी आज किन त दिउसो आउनु भयो भन्ने सोधनिमा कहिले काही घरै बसी काम गर्न मिल्छ तेसैले | अनी सधै आउनु हुन्छ | के कुरा गर्छौ मुझी तिमी , खोकी हिंड्ने Frugal हौ हामी ब्यबहारी (प्रयोग गर्ने) Frugal हौ | हैन भाई तपाईंले के कुरा गर्नु भएको बुझिन भन्दा तेरो कुरा कानी बाटै चिनी सके त मुजी तेही टोर्पे होस् भनेर? माथा ठन्कियो भलुको मन खन्यु माथि भनेको यही होला | म चै यो जाठोले साझाको गोर्खे नै हो भनी कसरी चिन्यो , मन मनै सम्झै वाह् भगवानले दिमाग पनि दिएकै हुन ? क्या दिमाग रहेछ ? | गुले आवेगमा आएको हुनु पर्छ मुजी तलाई थाहा छैन यो Etana Health Insurance ले २-४ वटा कुरा गर्यो भने १५० डलर क्रेडिट दिन्छ| दैनिक यहाँ नुहाइ हुन्छ| अनी यो मुझी ठाउमा धेरै पानी चलाए Sewage bill तेही अनुसार चड्ने रहेछ तेसैले दैनिक यही नुहाउछु | मुजी डेरामा नुहाउदा जहिलै पनि मिटर चडेको ट्याक ट्याक गरेको र डलर चडेको ले सताइ रहन्छ | यो मुजी जिममा केको कसरत गराइ हो र ? देखिनस बाटा मा जता ततै मोटा र मोटी देखिन्छन भन मुजी कती वटा देखिस तैले यहाँ? यिनी हरुलाई हेरेर क्या शान्ती मिल्छ |कुरा सुन्दै गए पछी भाईले त कायस्थ जस्तै कुरा गर्नु भयो नि ( सन्कालु मन कही तेही Gene मिस्रित बर्णका त होईनन, हिसाब किताबमा ४ हात माथि ?) भन्न पुगेछु ? हे मुजी गोर्खे म मर्सिया जस्तो देखिन्छु ? सनक्क सन्कियो | अनी गौरब हुँदै भन्छ हामी भनेको नेपाली jew हौ | जाठोले गरेका सबै सम्बाद लेखियो भने ४ पाना भरिन्छ| मन मनै सम्झिए जाठोले कुरा त घत लाग्दै गर्दै छ बोली कामिदमाइ भन्दा माथि जान सकेको छैन | मलाई पनि यो मसान घाट जस्तो ठाउमा नेपाली बोलेको सुन्न पाउदा एक मनले खुशी मानी रहेको थिए अनी झा जिका उखान सम्झदै कुरा कानी अघी बढाउदै गरे, समय जो बिताउनु थियो ? मैले झाजिको कुरा गरी सके पछी जाठोले फड्का मारेर लेख्छ भन्ने मात्र होईन अपसब्दको प्रयोग गर्न पनी पछी नपर्ने सलह झै सल्किने पाठक हरुको डर लाग्छ तेसैले त्यो पनि लेखी दिन्छु "गिदडकी खाल बदली जा सकती है आदते कभी नही" म जाठो पनि झा जिको उखान ठाम न कुठाम सम्झिने | किन हो किन उन्का उखान मलाई अचुक र सान्दर्भिक लाग्छ, तेसैले मिले नमिले पनि घुसाउछु | यती बर्ष पछी अर्को नेपाली भेट्दा मसान घाटमा जिउदो लास फेला परेझै भएको थियो | भेट घाटलाई अगाडि बडाउने बिचार त्यागी दिए | कथम कदाचित नेपेजी सँग भेट भएछ र पस्कन लायक कुराकानी भए अबस्य नै पस्किने छु | ( I am bringing race as sarcasm, if it did not fit well sorry for that ). Here is the hose I was using. <img src="
MaGorkhe1 · Feb 2, 2017 1:41 PM · 6,480 views
Balla bujhne gari lekhyo bhanya, kura chai achammai lagyo. Haina, kahile na bheteko tyo manchhe le timi sanga sachai tesari bolyo? Kasto ullu rahechha. Ani kasto kami damai bhanya? Don't you realize you are being very racist here? Otherwise I enjoyed reading this piece. Aru jawos.
BadhiJanne · Feb 2, 2017 1:57 PM
Thank you BJ bro: अमेरिका छिरेको पहिलो बर्ष ANA को भेलामा गएको बेला एक भद्र पुरुष ( may be 2-3 years older than me) सबैलाई तिमि भन्नु हुदो रहेछ र कहिलै नचिनेको र देखेकोलाई पनि तिमि सम्बोधन पचेको थिएन र छैन | साझामा आमाचाक्ली गालि नगरी शब्द नै कोरिदैनन | अनि मधेस हुदा भट्टराई बा ले ७ बर्स अघि हराएको भैसीको पाडा चिनेका थिए र माउ पाडा गरि ४ ओटा घर लिएर आउने हाम्रै छिमेकी थिए | जिममा एक हिन्दुस्तानी को अर्को संग चिना पर्चि गरि सुनेको बार्तालाप मा एउटा आप भनेर सम्बोधन गर्दै थियो भने अर्को चै तुम का तुम लागाउदै थियो | मेरो व्यंगको आधार यिनै नै हुन | Last edited: 03-Mar-17 08:23 AM
MaGorkhe1 · Feb 7, 2017 9:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion