http://www.onlinekhabar.com/20... २० माघ, सप्तरी । वैदेशिक रोजगारीले हाम्रो समाजलाई केही धनी बनाएको छ । तर, ठीक उल्टो हेर्ने हो भने केहि सामाजिक विकृत्तिहरु पनि ल्याइदिएको छ । वैदेशिक रोजगारी अब यतिमै सिमित रहेन् । अब वैदेशिक रोजगारीले माया, प्रेमसहित वैवाहिक अवसर पनि जुटाउँदै गएको छ । सप्तरीका एक युवक वैदेशिक रोजगारीकै क्रममा माया, प्रेम गर्दै एक जना युवतीलाई आफ्नो घर भित्र्याएर विवाह नै गरेका छन् । केहि बर्षअघि रोजगारीका निम्ति मलेसिया गएका सप्तरीको कंचनरुप नगरपालिका ८ निवासी सौरभ श्रेष्ठले मलेसियामा कार्यरत रहेकी फिलिपिन्सकी एक युवतीसँग प्रेम गरी विवाह गरेका छन् । फिलिपिन्सको बयानन भन्ने ठाउँकी जेनिभी जेवियर डल्लाभिन सप्तरीका सौरभसँग वैवाहिक बन्धनमा बाँधिएकी छन् र, मधेसकी बुहारी बनेकी छन् । केहि बर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका सौरभको मलेसियामै फिलिपिन्सबाट आएर काम गर्दै आएकी जेनिभीसँग प्रेम भएको थियो । दुबै जनाबीच गहिरो प्रेम भएपछि दुबैले मलेसियामै विवाह गरे । यी दुई जनाबाट एक छोरी पनि मलेसियामै जन्मेको छ । छोरी जन्मिए लगत्तै दुबै जना छोरीसहित सप्तरी आएपछि यहाँ पनि एक सन्तानको जन्म भएको छ छोराको रुपमा । ‘हाम्रो गहिरो प्रेमलाई हामीले विवाहको रुपमा परिणत गरेका छौं’ थोरै नेपाली बोल्न आउने जेनिभीले भनिन्, “हामीलाई परिवारले पनि स्वीकार गरिसकेका छन् ।” ३३ बर्षीया जेनिभी सप्तरी आएपछि यहाँको समाज र वातावरण आफूलाई औधी मन परेको बताइन् । उनले भनिन्, “सौरभसँग म खुशीसाथ जीवन यापन गरिरहेको छु ।’ यसैबीच जेनिभी बिहीबारदेखि नेपाली नागरिक बनेकी छन् । उनलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार पति सौरभको नाममा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ । जेनिभीलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले नागरिकता हस्तान्तरण गरे ।
funtush · Feb 2, 2017 10:00 AM · 3,079 views
पत्रकारिताको बिजोग हैन सदुपयोग भनौन ! | हाम्रा ग्रोर्खाली हरु पनि अनेकतामा एकता ल्याउने भए | बुहारी नेपाल भारत बात होईन दुर देश बाट पनि ल्याउन थालि सके | Definitely a great news.
MaGorkhe1 · Feb 2, 2017 10:09 AM
I think the point Funtush is making is that this doesn’t warrant to be a news. Thousands of Nepalis in US alone are married to non Nepalis. Some have even returned back to Nepal with their foreigner spouse. What’s the big deal? Is that really a news?
BadhiJanne · Feb 2, 2017 12:30 PM
Badhi janne that's exactly the point. Imagine every time Nepali marries a foreigner it becomes news. Aba gandai basne hola Nepali le first time Ethiopia ko keti bihe garyo. First time Singapore ko bihe garyo. Nepal kai saataun keta hun Malaysian bihe garne. Wahiyaaat haru
funtush · Feb 2, 2017 1:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion