एच-१बी विधेयक पेश भएपछि ट्रम्पको अमेरिका तथा विश्वका विभिन्न देशमा चर्को विरोध भइरहेका बेला उनका समर्थकहरु भने आप्रवासीहरुलाई धम्की दिन उनीहरुको कोठा कोठामा पुग्न थालेका छन् । ट्रम्पका समर्थकहरुले नेपालीहरुलाई पनि कोठामै पुगेर अमेरिका छाड्न धम्की दिन थालेका छन् । नेपालबाट पढ्नका लागि अमेरिका पुगेकी विद्यार्थी रिया अधिकारी बस्दै आएको छात्राबासको कोठाको ढोकामा उनलाई अमेरिका छाडेर जान भन्दै चेतावनीयुक्त सन्देश लेखिएको हो । जर्जिया राज्यको मेकन शहरस्थित महिला कलेज वेस्यलेनको छात्रबासको कोठाको ढोकामा सेतो पाटीमा ‘गो अवे इमिग्रेन्ट (आप्रवासीहरु जाओ) #ट्रम्प भन्दै धम्कीपूर्ण भाषामा लेखेको सन्देश पाइएपछि त्रासको माहोल बनेको छ । तर ट्रम्पका समर्थकको यो धम्कीपूर्ण सन्देशको रियाले फेसबुकमार्फत कडा जबाफ दिएकी छन् । उनले यो धम्कीले आफू बिचलित नभएको भन्दै आफूलाई अझै शक्तिशाली बनाएको उल्लेख गरेकी छन् । (ट्रम्पले तर्साएपछि चीनको शरणमा भारतीय कम्पनी) 'हामीलाई यो सन्देश छाड्नेहरुमाथि पैदा भएको घृणाले आफूसँग कति समर्थन छ भन्ने देखाएको छ', उनले भनेकी छन्,‘तिमीले मलाई एक्ली सोच्यौ होला। तर, तिमीले बुझ मसँग सेना पनि छ । अब तिमीले मलाई संगठित गर्न झनै सहयोग गरिदियौ ।’ म्याकोन डटकमका अनुसार रिया बस्दै आएको छात्राबासमा रहेका अन्य आप्रवासी विद्यार्थीहरुका ढोकामा पनि यस्तै धम्कीपूर्ण सन्देश लेखिएका छन् । समाचार अनुसार आप्रवासीविरुद्ध भड्काउपूर्ण धम्कीयुक्त सन्देश लेखिएपछि रियाले पढ्दै आएको कलेजको पढाई पनि मङ्गलबार रोकिएको थियो । धम्की दिएको यो घटना सार्वजनिक भएपछि अमेरिकामा आप्रवासीको पक्षमा अझै जबरजस्त माहोल बनेको छ । केही दिनयता चर्केको विरोधको स्वरले अझै उचाई लिइरहेको छ । घटनाबारे जानकारी पाएपछि रिया पढ्दै आएको कलेजमा प्रमुख रुथ नक्सले सामूहिकता नै आफूहरुको बल भएको बताउँदै यसबाट बिचलित नहुन पनि अपिल गरेका छन् । एच-१बी भिसासम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित भएमा आप्रवासी दक्ष कामदारको अमेरिका प्रवेश धेरै कठिन हुने भएको छ । नयाँ प्रावधानमा आप्रवासी कामदारलाई रोजगारी दिने कम्पनीले अब बार्षिक तलब १ लाख ३० हजार डलर पुर्याउनुपर्ने भएको छ । यसअघिसम्म वार्षिक ६० हजार तलब दिए पुग्ने प्रावधान थियो । यसको सबैभन्दा धेरै मार भारतीय आईटी कम्पनीहरुलाई पर्ने भएको छ । त्यहाँबाट बर्षेनि बीसौँ हजार नागरिक पढ्न तथा रोजगारीका लागि एच-१बी भिसाको प्रयोग गरेर अमेरिका पुग्छन् । नेपालबाट पनि एच-१बी भिसाको प्रयोग गरेर बर्सेनि करिब १२ सय जना नेपाली युवा युवती अमेरिका पुग्ने गरेका छन् । डीभी लोट्रीबाट अमेरिका पुग्ने नेपालीको सङ्ख्या अलग्गै छ ।
Samrat Singh Karki · Feb 1, 2017 7:30 AM · 54,765 views
तेरो कुरा को source कुन हो? Plagiarism भन्ने शब्द थाहा छ हजुरलाई.
NepaliBudho · Feb 1, 2017 8:22 AM
धम्की दिइएको तस्बिरसहित रियाको फेसबुक स्टाटस
ktmpost · Feb 1, 2017 8:39 AM
I would add: Ask Malania Trump first. If you were stopped and bother by this type of moron: Snap him/her with strong word use profanity and tell him go and ask your first lady Malania Trump to go to her country. She is immigrant too. Believe me he/she will leave you alone.
MaGorkhe1 · Feb 1, 2017 9:15 AM
Esi herda ra afai Georgia baseko anubab ra teha ko mahol herda yo state ma testo chai ali hudaina ,yo chai hamro baini le sasto lok priyetako lagi gare jasto cha..hai eso herda chai
Nepali Manche · Feb 3, 2017 6:23 PM
Eso herda ra afai Georgia baseko anubab ra teha ko mahol herda yo state ma testo chai ali hudaina ,yo chai hamro baini le sasto lok priyetako lagi gare jasto cha..hai eso herda chai
Nepali Manche · Feb 3, 2017 6:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion