H1B लगभग सकियो अमेरिका सपना झन् टाढा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल र भारतसहितका देशहरुबाट जाने दक्ष कामदारको अमेरिका सपनामा ठेस लगाउँदै राष्ट्रपति ट्रम्पले एच-१बी विधेयक संसदमा पेश गरेका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले उठाएको यो सबैभन्दा ठुलो कदम हो । यो विधेयकमा एच-१बी भिसामार्फत अमेरिका पस्नेहरुको न्यूनतम तलब दुई गुणा गरिएको छ। यसअघि ६० हजार डलर रहेको न्यूनतम तलबको शर्त बढाएर ट्रम्पले १ लाख ३० हजार डलर बनाउने प्रस्ताव गरेका छन् । भारतीय र नेपाली दक्ष कामदारका लागि यो एकदमै निराशाजनक खबर हो । ट्रम्पको यो कदमको झट्का नेपालमा त परेको छ नै यसको सबैभन्दा कडा झट्का भारतीय आईटी कम्पनीहरुलाई परेको छ । यो विधेयक अमेरिकामा पेश हुँदा भारतीय सेयर बजारमा आईटी कम्पनीको मूल्य ओरालो लागेको छ । समाचार अनुसार एच-१बी भिसामार्फत नेपालबाट प्रत्येक वर्ष कम्तिमा पनि एक हजारजना नेपाली अमेरिका जाने गरेका थिए । सन् २०१५ मा यो भिसामार्फत नेपालबाट अमेरिका जानेको सं‌ख्या करिब साढे १२ सय रहेको छ। एच-१बी भिसामार्फत अमेरिका पुग्ने विश्वभरका प्रतिभामध्ये करिब आधा त भारतकै रहेका छन् । (मोदीलाई ट्रम्पको फोन आउँदा दीपावली, अब सुरु भयो रुवाबासी) अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा पेश यस बिल पास भएमा अमेरिकी कम्पनीहरुमा विदेशी मूलका कर्मचारीको प्रवेश अत्यन्तै कठिन हुनेछ । यसको सबैभन्दा ठूलो असर भारतीय सफ्टवेयर उद्योगमा पर्ने भएको छ । द हाइ स्किल्ड इन्टेग्रेटी एन्ड फेयरनेस एक्ट २०१७ नामको यस विधेयक पास भएपछि विदेशी मूलका कामदारलाई वार्षिक एक लाख ३० हजार अमेरिकी डलर भन्दा माथि तलब दिन सक्ने कम्पनीले मात्रै ए-१बी भिसा दिने अनुमति मिल्नेछ । यस्ता कम्पनीले न्यूनतम तलबको श्रेणीलाई पनि समाप्त पार्नुपर्ने हु्न्छ । तलब दोब्बरले बढाउने प्रस्ताव लागू भएपछि एच-१बी भिसावाला कर्मचारीलाई जागिर दिने कम्पनीले भर्ना लिनुअघि जरुरी सहयोग प्रक्रियाबाट गुज्रन पनि पर्ने छैन । विधेयक पेश गर्ने सांसद जो लोफग्रेनका अनुसार यो विधेयक एच-१बी भिसा कार्यक्रममार्फत विश्वका सबैभन्दा उत्कृष्ट प्रतिभालाई अमेरिका ल्याउन सफल हुनेछ । लोफग्रेनले विधेयकले आफ्ना कर्मचारीलाई सबैभन्दा धेरै तलब दिने कम्पनीहरुलाई झन सजिलो बनाइदिएको जिकिर गरे । के हो एच-१बी भिसा ? एच-१बी भिसा एक गैर-आप्रवासी भिसा हो जसमार्फत अमेरिकी कम्पनीले विदेशी दक्ष कामदारलाई आफ्नो कम्पनीमा राख्न सक्छन् । ए-१बी भिसामार्पत प्रविधि कम्पनीले हरेक वर्ष हजारौँ कर्मचारीलाई भर्ती गर्छन् । एच-१बी भिसा दक्ष कामदारहरुलाई दिने गरिन्छ । अर्कातिर एल१ भिसा कुनै कम्पनीका कर्मचारी अमेरिका सरुवा हुँदा दिने गरिन्छ । यी दुबै भिसा भारतीय कम्पनीले धेरै प्रयोग गर्दै आएका छन् । एक रिपोर्ट अनुसार करिब ८६ प्रतिशत भारतीयलाई एच-१बी भिसा कम्प्युटर र ४६.५ प्रतिशत इन्जिनियरिङ्ग पेशाकालाई दिने गरिन्छ । सन् २०१६ मा २ लाख ३६ हजार मानिसले एच-१बी भिसाका लागि निवेदन दिएका थिए । त्यसपछि डीभी लोट्रीबाट पनि भिसा दिइएको थियो । अमेरिकाले हरेक वर्ष ८५ हजार मानिसलाई एच-१बी भिसा दिने गरेको छ । यिनमा करिब २० हजारजना अमेरिकी विश्वविद्यालयमा मास्टर्स डिग्री गर्न जाने विद्यार्थीका लागि यो भिसा जारी गरिन्छ ।

Samrat Singh Karki · Jan 31, 2017 7:57 AM · 24,408 views

3 Replies

really a bad nwes for ppl like us

Manko Sathi · Jan 31, 2017 9:20 PM

in fact he is increasing H1B, how ? he wants to dismantle DV lottery and move that quota to H1B . DV has long been a good voting bank for liberals only ( this is not Trump's own idea but republicans long wanted to do this and he agrees we need skilled workers and best time has come with majority in all houses) of course he wants american first policy but he knows tech sector lacks americans. His policy will crack down on abusers like indian consultancies which are flooding masses of unskilled with less pay so you will see lot of people from eastern europe in IT in future as I was also thinking since he can't closed down H1B at all and where people would come from if minimum wage is 90000-100000/ year ? So real competition more moneyfolks, no more indian sucking blood and sweat. I have seen these suckers owners becoming millionaire in just 4/5 years with epic fraud that comes within their gene pool. That's why i'm afraid they will circumvent this too, lets see. Another fact is- watch stem OPT, he will make it lot easier as he strongly believes that foreign born educated here are the treasures of USA. fake dishonest news job is to create fear and above nepali paper patrukar probably copied from them so lol. When he will announce DV lottery will be gone I don't know how many people will curse him name calling racist but what it does anything to USA? nothing, we already have more than enough ethnic restaurants haha and instead that bring only whiners. Turning this to skilled H1B means more nepali educated can come in too. yes he is surrounded by some white arrogant personalities people but if liberals succeed portraying him racist, misogynist bla bla whatever at the end, what he gotta lose? this will only push him just to care far right agenda and not to give fuk about it anything else.

controversial · Feb 1, 2017 5:29 AM

yo mula jungle ma basna ke ko mari hatte ho? bhaye hunchha, nabhaye hunna. yaha bata farkiyera nepal jana badhya hunu bhaneko ajha bhagyemani ho. Tesai gayo bhane ta bau aama le pitera feri farkaulan bhanne daar.

mancini · Feb 1, 2017 9:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all