फ्याक्ट्रीका मालिक आफ्नो स्वास्नी नहुदा बेस्याब्रिती तिर लाग्दा बेहोश पर्ने गरि कुटाई र iphone, औंठी र बिस हजार बेपत्ता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं– ‘ढुंगा अड्डामा हिजो राती लुटेरा समूहले एउटा कारसहित महङ्गो मोवाईल र सुनको औंठी लुटेको, अनि गाडी धनीलाई मारेर फालेको सूचना आएको छ !’ गत शनिवार (माघ ८ गते) महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी नवराज अधिकारीलाई उपत्यकामा कार्यरत अर्का एक डिएसपीले फोन गरेर यस्तो गम्भिर घट्नाको सूचना दिए । ‘राजधानीबाटै गाडी लुटपाट ?’ आफ्नो एरियामा गाडी लुटपाट भएको सूचनालाई कालिमाटी प्रहरीले गम्भिर रुपमा नलिने कुरै भएन् । प्रहरी घट्नास्थल तिर दौडियो । विहान करिब ५ बजेको थियो, कलंकीबाट थानकोट जाने बाटो छेउ नालीमा घाइते अवस्थामा एक ब्यक्ति भेटिए । नविन प्रधान (नाम परिवर्तन)को टाउकाको पछिल्लो भागमा गहिरो चोट थियो, प्रहरीले उनलाई उपचारका लागी नर्भिक हस्पिटल लिएर गयो । (प्रहरीको आग्रहमा घाईतेको नाम गोप्य राखिएको छ ।) घाईतेलाई नर्भिक हस्पिटल लगेपछि खुल्यो उनी नेपालका नाम चलेकै ब्यापारी रहेछन् । कालिमाटी बृतका डिएसपी उनको बयान लिन नर्भिक हस्पिटल पुगे । डिएसपी अधिकारीसँग उनले भने, ‘म एउटा चाउचाउ कम्पनीको मालिक हुँ, साँझपख घर जाँदै थिएँ । ढुंगाअड्डाको पिपलको रुखनिर पिसाव फेर्न रोकेको थिएँ, पाँच जना केटाहरु आएर मलाई अचानक आक्रमण गरेर गाडी लिएर भागे, त्यसपछि के भयो मलाई थाहा छैन, होस खुल्दा नालिमा फयाँकिएको अवस्थामा पाएँ !’ त्यसपछि महानगरीय अपराध महाशाखाको प्रहरी टोली र महानगरीय प्रहरी परिसरबाट खटिएको जम्बो टिम ‘गाडी अपहरणकारी’ को खोजिमा निस्कियो । ‘थानकोट गएर गाडीको इन–आउट लिस्टमा घण्टौं घोरियौं’ कालिमाटी वृतका डिएसपी अधिकारीले भने, ‘फर्पिङको मोटो ढड्डा घण्टौं लाएर केलायौं, धादिङको ट्राफिक प्रहरीलाई खबर गरेर राजमार्गमा निगरानी बढायौं ।’ तर कतै केही अत्तो पत्तो लागेन । त्यसपछि प्रहरीले नविनको कल डिटेल्स चेक गर्न थाल्यो । ‘कल डिटेल्स लिएर हेर्दा अघिल्लो दिन (शुक्रवार) पिडीत भनिएका ब्यक्ति र अर्की एक युवतीको बीचमा १६ पटक सम्पर्क भएको देखियो’ डिएसपी अधिकारीले भने, ‘त्यसपछि हामीले १६ पटक फोन सम्पर्क भएकी युवतीलाई बोलाएर अनुसन्धान अगाडी बढायौं ।’ कलंकीको मन्दिरमा गाडी रोकेर युवतीको फ्ल्याटमा पुगेपछि… शुक्रवार साँझ करिब सात बजेतिर ति ब्यापारी कार चढेर कलंकी मन्दिरमा पुगे । उनलाई एउटा स्कुटरमा सवार युवतीले पछ्याईरहेकी थिइन् । मन्दिरसँगैको दुईओटा घरको चेपमा उनले हुन्डाईको एसेन्ट कार पार्किङ गरे, अनि स्कुटरमा आउने युवतीसँगै एउटा फ्ल्याटमा छिरे । (उनको गाडी नम्बर गोप्य राखिएको) जुन फ्ल्याटमा अरु दुई जना युवतीहरु थिए । ति दुई मध्ये एउटीसँग शारिरीक सम्पर्क गर्नका लागी उनले स्कुटरमा आएकी केटीलाई २० हजार नगद दिएका थिए । स्कुटरमा सवार युवती रोनी (नाम परिवर्तन) कन्ट्याक पर्सन थिईन्, जसलाई नविन प्रधान (नाम परिवर्तन) ले पटक–पटक फोन गरेर आफ्नी श्रीमती घर बाहिर भएकाले एउटी केटी मिलाइदिन बार–बार आग्रह गरेका थिए । एकरातका लागि केटी खोजिदिने रोनी नविनको चिनजानकै साथी थिइन् । नविनसँग लिएको २० हजार मध्ये सात हजार उनले फ्ल्याटमा बस्ने युवतीलाई दिईन्, आफुले १३ हजार राखिन् । ठीक त्यतिनै बेला रोनीको फोन बज्यो, उनकी आमा डिप्रेसनको औषधी सेवन गरिहेकी थिईन् । ‘मलाई तत्काल घर जानुपर्ने भो’ भन्दै उनी त्यहाँबाट बाहिरिईन् । रोनीलाई नियन्त्रणमा लिएर प्रहरीले केरकार गर्दा ‘नविनले मलाई केटी खोज्देउ पैसा कत्ति चाहिन्छ ? भनेपछि आफुले फ्ल्याटमा भेट गराएउना साथ बाहिरिएको’ बयान दिएकी छिन् । नविनले आफुमाथि फ्ल्याटमै केही युवाहरु आएर हमला गरेको बताएपछि प्रहरीले कलंकी एरियामा यसभन्दा पहिले लुटपाटमा संलग्न दुई दर्जनभन्दा बढी लुटेरालाई ल्याएर सोधपुछ गर्यो, तर कसैको संलग्नता पुष्टि भएन । ‘घाईते व्यक्तिले सम्झिएको हुलियाको स्केच बनाएर अनुसन्धान गर्यौं’ डिएसपी अधिकारीले भने, ‘तर अहिलेसम्म कसैको संलग्नता खुलेको छैन ।’ फ्ल्याटमा सँगै बस्ने दुई युवती र कन्ट्याक पसर्न रोनी अहिले कालिमाटी प्रहरीको हिरासतमा छन् । ‘हामीले उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता गरेर अनुसन्धान गरिहेका छौं’ अधिकारीले भने, ‘अनुसन्धान टुंगिएको छैन, ति ब्यक्ति कसरी घाइते भए, मोबाइल कसले लुट्यो भन्नेबारे अझै अनुसन्धान गरिरहेका छौं ।’ लुटेको भनिएको गाडी मन्दिरमा भेटियो, एक लाखको मोबाइल गायव ! युवतीहरुले त्यस दिन करिब ९ बजेतिर ती ब्यापारीलाई ‘भर्याङमा अँध्यारो छ विस्तारै जानुहोला दाई’ भनेर पठाएको बयान दिएका छन् । यता नविनले आफुलाई फ्ल्याट भित्र हमला गरेर आफ्नो आईफोन सेभेन मोवाइल, पर्स, एटिएम कार्ड र औंठी लुटिएको बयान दिएका छन् । युवतीहरुको फ्ल्याट खानतलासी गर्दा मोवाईल तथा पर्स नभेटिएको हुनाले कतै ‘थर्ड पर्सन’ छिरेर उनीमाथी हमला गरेको त हैन भन्ने विषय कालिमाटी प्रहरीले यसबारे अनुसन्धान गरिहेको छ । प्रहरीका अनुसार युवतीहरुले आफ्नो ब्वाईफ्रेन्ड आउन लागेकोले छिटो जान आग्रह गरेको सम्म खुलेको छ । नविनलाई कसले आक्रमण गरेको थियो, भन्ने कथा अझै रहस्यकै गर्भमा छ । जसले लामो समय प्रहरीलाई ढाँटे नविनले तीन दिनसम्म प्रहरीलाई साँचो कुरा गरेनन् । ‘उनले गाडी लुटिएको जिकिर नछाडेपछि हामी तीन दिन निकै तनावमा भयौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले भने, ‘उनीमाथी प्रहरीलाई झुटा विवरण दिएकोमा कारबाही हुन्छ ।’ नविन अहिले अस्पतालमा उपचार गराईरहेका छन् । उनको केसमा मुछिएका तीन जना युवती सार्वजनिक अपराधको मुद्धा खेप्दै छन् । नवीन कसरी कलंकी मन्दिरबाट थानकोट जाने बाटो छेउको नलिमा फालिए ? कसले लग्यो उनको महंगो मोवाईल र औँठी ? घट्ना अझै रहस्यको गर्भमा छ । http://www.ratopati.com/news/1...

ktmpost · Jan 26, 2017 4:00 PM · 1,925 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all