प्रियङ्का बेहोस, नम्रता दुर्घटनामा – एकै साता दुई सूट स्थगित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पहिलोपोस्ट -काठमाडौं: शनिबार राति फिल्म पर्वको युनिट छायाँकन स्थलबाट फर्कँदै गर्दा नायिका नम्रता श्रेष्ठ सवार गाडी दुर्घटनामा पर्‍यो।  नयाँ बानेश्वरमा नम्रता सवार रहेको भ्यानलाई ट्याक्सीलाइ ठक्कर दियो। गाडीमा नम्रतासँगै निर्देशक सुरेन्द्र न्यौपाने पनि थिए। गाडी दुर्घटनासँगै फिल्म पर्वको आइतबारको सुटिङ समेत रोकियो। सह निर्देशक दिनेश राउतले दुर्घटनाका कारण नम्रताको हातमा र निर्देशक न्यौपानेको खुट्टामा चोट लागेका कारण सुटिङ रोक्नु परेको बताए।  यसैबीच सोमबार अर्को फिल्म राधेको पनि सुटिङ प्रभावित भएको छ। कारण थियो – प्रियङ्का कार्की सुटिङको क्रममा बेहोस हुनु।  सोमबार दोलखाको चरिकोटमा हिउँमा सुटिङको क्रममा प्रियङ्का बेहोस हुन पुगेकी हुन्। हिउँको चिसोको कारण नायिका बेहोस भएपछि होटलमा ल्याउनुपरेको थियो। उनी दश मिनेटसम्म होसमा नआएपछि सुटिङको केही दृश्य छायाङ्कन समेत सार्नु परेको निर्माता सुशील पोखरेलले बताए। गीतको भिडियोसहित अन्य केही दृश्य खिचेर हिजै फर्किने योजनामा रहेको युनिट भोलि मात्र काठमाडौं फर्कने भएको हो।  http://www.pahilopost.com/cont...

ktmpost · Jan 24, 2017 7:26 AM · 3,947 views

3 Replies

Is this an @Alternative Fact

magorkhe1 · Jan 24, 2017 10:44 AM

Last edited: 08-Mar-17 09:17 AM

instagram · Jan 24, 2017 11:22 AM

Is this an " Alternative Facts" that means anot true a flat lie.

magorkhe1 · Jan 24, 2017 7:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all