नेपालमा गरिब पर्यटकहरुलाई हेला गरिएको स्थिति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१० माघ, काठमाडौं । संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु नेपालमा अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ ।  पर्यटकको संख्या बढे पनि ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा अत्यन्तै न्यून छ । भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सन् २०१६ मा भने होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा माथि जान नसकेको होटल व्यवसायी महासंघ (हान) का अध्यक्ष अमरमान शाक्य बताउँछन् । सरकारी अधिकारीहरु भने पर्यटन क्षेत्र भूकम्पअघिकै अवस्थामा फर्किसकेको दावी गर्छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१६ मा भूकम्प अघि सन् २०१४ कै हाराहारीमा पर्यटक नेपाल भित्रिएका छन् । संख्यात्मक रुपमा हेर्दा पर्यटन क्षेत्रको अवस्था पुरानै अवस्थामा र्फकेको छ । किनकि २०१४ मा ७ लाख ९० हजार पर्यटक नेपाल भित्रिएका थिए भने गत वर्ष पनि यसकै हाराहारीमा ७ लाख २९ हजार पर्यटक भित्रिएका छन् । पर्यटकको संख्या बढ्यो, तर  होटलको अकुपेन्सीमा भने सुधार भएन । किन होला ? गुणस्तरीय पर्यटकहरु भन्दा पनि कम खर्च गर्ने पर्यटक आएका कारण होटलको अकुपेन्सी बढ्न नसकेको हानका अध्यक्ष शाक्यले जानकारी दिए । उनले भने ‘होटलको नभएको क्षेत्रमा होमस्टे खोल्नु पर्ने हो, तर होटलको आसपासमै होमस्टे खुलेका छन्, कम खर्च गर्न खोज्ने टुरिष्ट भित्रिएका छन् र उनीहरुको रोजाई होमस्टे हुँदै आएको छ ।’ शाक्यका अनुसार अहिले गुणस्तरीय पर्यटकहरु भन्दा पनि कम खर्च गर्न खोज्ने पर्यटक आएका छन् । यस्ता पर्यटकहरु विभिन्न वेबसाइटको सहायतामा होमस्टे पुग्ने गर्दछन् । टानका महासचिव कर्ण लामा भन्छन्- सरकारी आँकडामा ट्रेकिङमा जाने पर्यटकको संख्या बढेको देखिएको छ, तर ट्रेकिङ गाइड नलगी एक्लै पाउरोटी चपाउँदै ट्रेकिङमा जाने यस्ता पर्यटक बढेर राष्ट्रलाई के फाइदा ?’ ट्रेकिङमा झोले टुरिस्ट पर्यटन बोर्डका अनुसार भूकम्प पश्चात ट्रेकिङमा जाने पर्यटक बढेका छन् । भूकम्पले देशका सम्पदा नासिएका छन् । जसका कारण टुर गर्ने पर्यटकका लागि गन्तब्य खुम्चिएका छन् । तर, ट्रेकिङ रुटमा पर्ने होटलहरु भूकम्पका कारण खासै क्षति भएका थिएनन् । साथै क्षति भएका होटलहरु पनि मर्मत भइसकेका छन् । पर्यटकको संख्या उच्च भएसँगै ट्रेकिङमा जाने पर्यटकको संख्या पनि उच्च मात्रामा बढेको छ । तर, ट्रेकिङ व्यवसायीहरु पर्यटक बढे पनि आफ्नो व्यवसाय खासै सुधार नभएको बताउँछन् । टानका महासचिब कर्ण लामा एक्लै ट्रेकिङ गर्ने पर्यटकको संख्या बढेका कारण ट्रेकिङ व्यवसायमा खासै सुधार नभएको बताउँछन् । उनी भन्छन् ‘सरकारी आँकडामा ट्रेकिङमा जाने पर्यटकको संख्या पनि बढेको देखिएको छ, तर ट्रेकिङ गाइड नलगी एक्लै पाउरोटी चपाउँदै ट्रेकिङमा जाने यस्ता पर्यटक बढेर हामीलाई के फाइदा ? राष्ट्रलाई के फाइदा ? ‘ पछिल्लो समय निषेधित क्षेत्र पनि खुम्चिएको छ । अहिले मनास्लु, डोल्पा र मुस्ताङमा निश्चित संख्यामा मात्रै पर्यटक जान पाइन्छ । साथै यस्तो क्षेत्रमा टुर गाइडविना आफैं एक्लै झोला बोकेर जान पाइँदैन । किनकि यी तीन क्षेत्र अहिले पनि निषेधित क्षेत्र मानिन्छन् । केही वर्षअघिसम्म भने कञ्चनजंघा, मनास्लु, मकालु, डोल्पा र मुस्ताङ निषेधित क्षेत्र मानिन्थे । ट्रेकिङ व्यवसायीहरु यस्ता निषेधित क्षेत्र हटाउँदै अनिर्वाय रुपमा गाइड लगेर मात्रै ट्रेकिङमा जान पाइने व्यवस्था गर्नुपर्ने बताउँछन् । अहिले पर्यटकहरु विदेशबाट नेपालमा आउँदा ट्राभल तथा ट्रेकर्स व्यवसायीसँग सम्पर्क नगरी सीधै आउँछन् । साथै नेपाल भित्रिएपछि पनि उनीहरु यस्ता व्यवसायीहरु खोज्दैनन् । किनकि अहिले पर्यटकहरु खुलेआम रुपमा एक्लै हिँड्न पाउँछन् । लामा भन्छन् ‘यसरी कम खर्च गर्ने पर्यटकको संख्या नेपालमा बढ्दा बाहिर ‘सस्तो गन्तव्यस्थल’ भनेर प्रचार भएको छ, हामीले कारोबार गरे राज्यलाई कर बुझाउँछौं कारोबारै कम भए राज्यलाई यस्ता पर्यटक आएर के फाइदा ? ‘ पर्यटकको संख्या बढाउने बाहानामा देशमा कम खर्च गर्ने पर्यटक भित्र्याएको लामाको आरोप छ । ‘होटलमा नबस्ने पाउरोटी खाने टुरिस्टका कारण अन्य खर्च गर्ने पर्यटकहरु पनि भड्किन्छन्,’ लामाले भने । पैसा तिर्ने पाहुना नेपाल पर्यटन बोर्डका सीइओ दीपक जोशी पनि यस्त्ाा कम खर्च गर्ने पर्यटकहरुको संख्या बढेको स्वीकार गर्छन् । जोशीले अनलाइनखबरसँग भने ‘एक्लै ट्रेकिङ जाने हिसाबले नेपाल आउने पर्यटक बढेका छन्, तर ग्रुपमा जाने पर्यटक पनि बढेको देखिएको छ ।’ तर, सीइओ जोशी नेपालमा गुणस्तरीय  पर्यटकहरु पनि भित्रिएको बताउँछन् । होटलमा अकुपेन्सी नबढेको बारेमा भने जोशीको तर्क छ-‘अहिले एयर बीएनबीमार्फत केही व्यक्तिका घरमा पैसा तिर्ने गरी पाहुना आउने गरेका छन्, जसका कारण पनि होटलको अकुपेन्सी कम देखिएको हो ।’ समूहमा जाने पर्यटकले भरिया र टुर तथा ट्रेकिङ गाइड लगेर जाने गर्छन् । यस्ता भरिया  र ट्रेकिङ गाइडमा कैयन नेपालीले रोजगारी पाएका छन् । तर, कम खर्च गर्न खोज्ने पर्यटकहरु भने आफैं झोला बोकेर ट्रेकिङमा जाने गरेका छन् । जसका कारण पर्यटकको संख्या बढेपनि यो क्षेत्रको व्यवसायमा भने खासै सुधार आउन सकेको छैन । २०७३ माघ १० गते २०:४५ मा प्रकाशित (२०७३ माघ ११ गते ६:५०मा अद्यावधिक गरिएको)http://www.onlinekhabar.com/20...

ktmpost · Jan 24, 2017 7:20 AM · 2,089 views

1 Reply

गरिब र गरिबी कुष्ट रोग जस्तै हो सबैले हेला गर्ने , सताईने , भोट मात्र चाहिने | यस्तो संकार मा हुर्किएका हामीले गरिब पर्यटक हरुलाई हेला गर्यो भनि के को आस्चर्य मान्नु ? न बाप बडा न भैया सबसे बडा रुपैया ? Last edited: 26-Jan-17 07:25 AM

maGorkhe1 · Jan 25, 2017 12:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all