ट्रम्पबिरोधीलाई रोकियो अमेरिका छिर्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन नगरेकाहरुलाई अमेरिका छिर्न नदिएर फिर्ता पठाइएको छ । कानुनी रुपमा अमेरिका छिर्ने क्रममा पोर्ट अफ इन्ट्रीका अधिकारीहरुले ट्रम्पविरोधी रहेको वा समर्थक रहेको भन्ने प्रश्न गर्दै ट्रम्पविरोधीहरुलाई अमेरिका छिर्न नदिएर फिर्ता पठाइदिएको सीबीसी समाचारले जनाएको छ । राजनीतिक आस्थाका आधारमा अमेरिका छिर्नबाट रोकिएकोमा अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । क्यानडाको मोन्टरियलमा अध्ययन।त विद्यार्थी जोसेफ डेकुन्हालाई अधिकारीहरुले ट्रम्पको विरोधी वा समर्थक के हो भन्दै प्रश्न गरेका थिए । दुईजना अमेरिकनको साथमा आउँदै गरेका उनी ट्रम्पबिरोधी रहेको थाहा पाएपछि अमेरिकी अधिकारीहरुले औंठाछाप र तस्विर लिएर उनलाई अमेरिका छिर्न नदिई फिर्ता पठाएका थिए । उनले यसअघि आफूलाई कहिलेपनि अमेरिकाछिर्नबाट नरोकिएको र आफूसँग कुनै आपराधिक रेकर्ड पनि नरहेको स्पष्ट पारेका छन् । मोन्टरियलकै सासा डायकलाई पनि अधिकारीहरुले ट्रम्पविरोधी रहेको थाहा पाएपछि अमेरिका छिर्नबाट रोकेका छन् । उनलाई अधिकारीहरुले गिरफ्तार गर्ने चेतावनी समेत दिएको गार्डियनलाई बताएकी छिन् । बेलायती नागरिक जो क्रोसेलाई पनि अधिकारीहरुले अमेरिका छिर्नबाट रोकेका छन् । २३ बर्षका जोलाई औंठाछाप र तस्विर लिएपछि अमेरिका छिर्नबाट रोकिएको थियो । अध्यागमनका अधिकारीहरुले उनको फोन र मेसेजहरु चेक गरेर ट्रम्पविरोधी रहेको थाहा पाएपछि अमेरिका प्रवेश गर्नबाट रोकेका थिए । अधिकारीहरुले गाडी समेत चेक गर्दै चालक मुस्लिम रहे नरहेको र अरबिक बोल्ने नबोल्ने समेत चेक गरेको जोले जनाएका छन् । क्यानडा, फ्रान्स र बेलायतका नागरिकलाई अमेरिका प्रवेश गर्न भिसा लिनु नपर्ने नियम रहेको छ । मङ्लबार, माघ ११, २०७३ मा प्रकाशित - See more at: http://www.khasokhas.com/?p=83...

ktmpost · Jan 23, 2017 9:00 PM · 1,698 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all