लोडसेडिङ गराउन सक्रिय गिरोह सार्वजनिक : यी हुन् विद्युत चोरीमा संलग्न अन्नपूर्ण आइतवार, माघ ९, २०७३ 0 17393 पटक पढिएको काठमाडौं : प्रहरीले विद्युत चोरी गरेर लोडसेडिङ गराउन सक्रिय गिरोहलाई आइतबार सार्वजनिक गरेको छ । विगत लामो समयदेखि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरी जिल्लामा विद्युत चोरी कार्यमा संलग्न गिरोहमा संलग्न १६ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यी हुन् १६ आरोपितमुख्य प्राविधिकहरू १.नाम: सुमन श्रेष्ठउमेर: ५० वर्षठेगाना: का.जि.का.म.न.पा.वडा नं.२८पेशा: नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर २.नाम: टहल बहादुर कार्कीउमेर: ५६ वर्षठेगाना: जि.रामेछाप, ठोसे गा.वि.स.वडा नं.९हाल: का.जि.का.म.न.पा.वडा नं.३४ पेशा: नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स मिटर रिडरहरू:३.नाम: महादेव प्रधानउमेर: ५१ वर्षठेगाना: जि.सर्लाही, हरिपुर(९हाल: जि.मकवानपुर, हटौडापेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र) ४.नाम: अच्युत खड्काउमेर: ३९ वर्षठेगाना: जि.सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.२हाल: का.जि.का.म.न.पा.वडा नं.३५ जडिवुटीपेशा: ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर) ५.नाम: दिल बहादुर साउदउमेर: ५१ वर्षठेगाना: जि.अछाम, भट्टाकाटिया गा.वि.स.वडा नं.५ हाल: का.जि.का.म.न.पा.वडा नं.३५ कोटेश्वरपेशा: बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ) ६.नाम: ओम ढुंगानाउमेर: ४८ वर्षठेगाना: जि.नुवाकोट, चारघरे गा.वि.स.वडा नं.३हाल: का.जि.नागार्जुन न.पा.वडा नं.२ रानीवनपेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ) ७. नाम: श्याम बस्नेतउमेर: ५० वर्षठेगाना: जि.रामेछाप, सालुपाटी गा.वि.स.वडा नं.३हाल: का.जि.का.म.न.पा.वडा नं.३४ शंखमुलपेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)८. नाम: प्रदिप शर्माउमेर: ४६ वर्षठेगाना: का.जि.नागार्जुन न.पा.वडा नं.१ रानीवनपेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ) ९. नाम: सूर्य बहादुर थापाउमेर: ३९ वर्षठेगाना: जि.दाङ्ग, फूलवारी गा.वि.स.वडा नं.५हाल: जि.ललितपुर, ईमाडोलपेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल) १०.नाम: ठाकुर महर्जनउमेर: ४४ वर्षठेगाना: का.जि.का.म.न.पा.वडा नं.३४ बानेश्वरपेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ) ११. नाम: मनिज श्रेष्ठउमेर: ४९ वर्षठेगाना: का.जि.का.म.न.पा.वडा नं.१०पेशा: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ) १२.नाम: भगवान पाण्डेउमेर: ५४ वर्षठेगाना: जि.भक्तपुर, नगरकोट न.पा.वडा नं.६पेशा: नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर उद्योग कलकारखानाका संचालकहरू: १३. नाम: कुमार लामाउमेर: ३२ वर्षठेगाना: का.जि.गोकर्णेश्वर न.पा.वडा नं.१३ पेशा: पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)१४.नाम: तपन घोसउमेर: ५१ वर्षठेगाना: हाउडा जिल्ला उदयनारायणपुर थाना, भारतहाल: का.जि.गौशालापेशा: मिठाई पसल संचालक १५.नाम: परवेज आलमउमेर: ४६ वर्षठेगाना: मोतिहारी जिल्ला, पूर्वि चम्पारण भारतहाल: का.जि.नक्सालपेशा: कपास व्यापारी १६. नाम: रमेश चुँडालउमेर: ३८ वर्षठेगाना: जि.मोरङ, कोशिहैरचा न.पा. वडा नं.१२हाल: का.जि.अनामनगरपेशा: रामेश्वर मिठाई पसल संचालक
_____ · Jan 22, 2017 7:38 AM · 2,939 views
बिजुली यसरी चोरिँदोरहेछ ! अनि किन नहोस् लोडसेडिङ ? प्राधिकरणका कर्मचारीसहित १६ जना पक्राउ (नामसहित)अनलाइनखबर 0प्रतिक्रिया ९ माघ, काठमाडौं । अनामगरको रामेश्वर मिठाई पसलमा पछिल्लोपटक झण्डै ५० हजारको बिजुलीको बिल उठ्यो । मिटर रिडरले रिडिङ गरेर गएको केही दिनमै अर्का कर्मचारी त्यहाँ पुगे र, सञ्चालक रमेश चुडालसँग बार्गेनिङ गरे । उनीहरुबीच सहमति भयो १० हजारको बिल बनाउने । बाँकी ४० हजार आधा चुडाललाई छुट दिने र आधा (२० हजार रुपैयाँ) प्राधिकरणका कर्मचारीको भागमा छुट्याउने । यसका लागि मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरणहरु कर्मचारीले आफ्नै साथमा बोकेका थिए ।सहमतिपछि प्राधिकरणका कर्मचारीले १० हजारकै बिल बनाए । त्यसपछि मिटर रिडरले मिटरको अंक घटाइदिए । मिटरलाई उल्टो घुमाएर अंक र बिल बराबर गरेपछि उनीहरुले पुनः सिल बायर, सिल गोटीको प्रयोग गर्दै आफैंले सिल लगाइदिए । कुमार लामाले गोकर्णेश्वरमा मञ्जुश्री खानेपानी फ्याक्ट्री सञ्चालन गरेका छन् । सो फ्याक्ट्रीमा झण्डै ९४ हजार रुपैयाँको बिजुलीको विल उठ्यो । त्यहाँ पनि मिटर रिडिङ गरेको केही दिनमा नै प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ पुगे । श्रेष्ठले करिब १३ हजार रुपैयाँमा डिल गरे । बाँकी रकमको आधा मात्रै तिर्नुपर्ने भएपछि लामा पनि तयार भए । त्यहाँ पनि रामेश्वर मिठाई पसलकै शैली अपनाइयो र ९४ हजारको बिललाई १३ हजारमा मा झारेर त्यही अनुसार मिटर पछाडि घुमाइयो । र, बाँकी पैसामा उपभोक्ता र पूाधिकरणका कर्मचारीवीच लेनदेन भयो । अन्ततः प्रहरीले श्रेष्ठलाई यसरी नै बार्गेनिङका लागि गएका बेला बालाजुबाट पक्राउ गरेपछि उनको ठगी धन्दामा पूर्णविराम लाग्यो । श्रेष्ठ चढ्ने गाडी बा ५ च ३४५१ पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बालाजुमा कार्यरत सुपरभाइजर श्रेष्ठको समूहले झण्डै एक दशकदेखि यसरी नै विद्युत चुहावट गरेर ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसमा प्रधाधिकरणका दुई पूर्व कर्मचारीका साथै प्राधिकरणका १० जना बहालवाला कर्मचारी पक्राउ परेका छन् । को को समातिए ? विद्युत चुहावटमा विद्युत प्राधिकरणकै कर्मचारीकै संलग्नता खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यसमा संलग्न सुपरभाइजरसहित १० कर्मचारीलाई पक्राउ गरेपछि विद्युत चोरी गरी कसरी राज्यलाई ठगेर तस्करहरु मोटाइरहेका छन् भन्ने रहस्य जनतासमक्ष पर्दाफास भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी पक्राउ पर्नेहरुको नाम आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विद्युत प्राधिकरण बालाजुको सुपरभाइजर पदमा कार्यरत सुमन श्रेष्ठ सबैभन्दा ठूला कर्मचारी हुन् । उमेरले ५० वर्ष पुगेका श्रेष्ठ काठमाडौं-२८ का बासिन्दा हुन् । त्यसैगरी अछामको भट्टाकाटिया घर भई कोटेश्वरमा बस्ने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कमा बरिष्ठ सहायक पदमा कार्यरत ५१ वषर्ीय दिलबहादुर साउदलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिटर रिडर कर्मचारी बढी छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा कार्यरत मिटर रिडर महादेव प्रधान पक्राउ परेका छन् । ५१ वषर्ीय प्रधान सर्लाहीको हरिपुर-९ निवासी हुन् । त्यस्तै नेपाल विद्युत प्राधिकरण बानेश्वर शाखामा इलेक्टि्रसियन पदमा कार्यरत ३९ वषर्ीय मिटर रिडर अच्युत खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक सुनखानी घर भएका खड्का जडीबुटीमा बस्थे । त्यसैगरी रत्नपार्ककै कार्यालयमा कार्यरत मिटर रिडर ओम ढुंगाना पनि समातिएका छन् । ४८ वषर्ीय मिटर रिडर ढुंगाना नुवाकोट चारघरे निवासी हुन् । त्यसैगरी मिटर रिडर श्याम बस्नेत र प्रदीप शर्मालाई पनि प्रहरीले समातेको छ । दुबै रत्नपार्कस्थित प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा कार्यरत थिए । ५० वर्षका बस्नेत रामेछापको सालुपाटी निवासी हुन् भने ४६ वषर्ीय शर्माको घर नागार्जुन रानीवन हो । त्यस्तै प्राधिकरणको रत्नपार्क कार्यालयमै कार्यरत अर्का मिटर रिडर काकुर महर्जनपनि समातिएका छन् । ४४ वषर्ीय महर्जन काठमाडौं ३४, बानेश्वरका बासिन्दा हुन् । रत्नपार्ककै कार्यालयमा कार्यरत अर्का मिटर रिडर मनिज श्रेष्ठ पनि प्रहरीको फन्दामा परेका छन् । ४९ वषर्ीय श्रेष्ठ काठमाडौं १० का बासिन्दा हुन् । त्यस्तै ललितपुरको लगनखेल स्थित प्राधिकरणको मिटर रिडर पदमा कार्यरत ३९ वषर्ीय सूर्यबहादुर थापालाई पनि प्रहरीले समातेको छ । थापाको स्थायी घर दाङको फूलबारी गाविस हो । उनी ललितपुरको इमाडोलमा बस्थे । नेपाल विद्युत प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भगवान पाण्डे पनि समातिएका छन् । ५४ वर्षका पाण्डे नगरकोटका बासिन्दा हुन् । त्यसैगरी विद्युत प्राधिकरणका पूर्वमेन्टिनेन्स टहलबहादुर कार्की पनि समातिएका छन् । ५६ वर्षका कार्की रामेछापको ठोसे गाविस वडा नं ९ निवासी हुन् । विद्युत चोर्नेमा भारतीयसमेत प्रहरीले प्राधिकरणका कर्मचारीसँगै केही व्यवसायीलाई समेत विद्युत चोरीको आरोपमा पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भारतीय नागरिकसमेत छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१३ का मञ्जुश्री खानेपानी फ्याक्ट्रीका सञ्चालक ३२ वषर्ीय कुमार लामा पक्राउ परेका छन् । काठमाडौंको अनामनगरमा रामेश्वर मिठाइ पसल चलाएर बसेका मोरङको कोशी हरैंचा नगरपालिका निवासी रमेश चुडाललाई पनि प्रहरीले विद्युत चोरीको आरोपमा समातेको छ । त्यसैगरी गौशालामा मिठाइ पसल चलाएर बसेका ५१ वषर्ीय भारतीय नागरिक तपन घोष पनि विद्युत चोरीको आरोपमा पक्राउ परेका छन् । काठमाडौंको नक्सालमा कपास उद्योग सञ्चालन गरी बसेका ४६ वषर्ीय भारतीय नागरिक परवेज आलम पनि समातिएका छन् । प्राधिकरण भन्छ- २६ प्रतिशत विद्युत चुहावट भइरहेको छ विद्युत प्राधिकरणका अनुसार कुल उत्पादनको करिब २६ प्रतिशतसम्म विद्युत चुहावट हुने गरेको छ । जसमध्ये १४ देखि १६ प्रतिशत बिजुली चोरी हुने गरेको अनुमान छ । यस्तो चोरीमा हुक गर्ने प्रचलनलाई प्रमुख कारक मान्ने गरिएको थियो । तर, प्रहरीका अनुसन्धानबाट प्राधिकरणकै कर्मचारीको मिलेमतोमा मिटर बिगारेर चोरी हुने गरेको पाइएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार विद्युत चुहावट प्राविधिक र अप्राविधिक दुई तरिकाले हुने गरेको छ । मिटर विगारेर विद्युत चुहावट गरिनु अप्राविधि हो । प्रवक्ता अधिकारी विद्युत प्राधिकरणले देशैभरि विद्युत चुहावटविरुद्ध अभियान सञ्चालन गरिरहेको अधिकारीले अनलाइनखबरलाई बताए । उनले भने- ‘हामीले देशैभरि विद्युत चुहावट घटाउने अभियान चलाइरहेका छौं, प्रधानमन्त्रीको कार्यालय, उर्जा मन्त्रालय र गृहमन्त्रालय अन्तरगत सुरक्षा संयन्त्रले समेत हामीलाई यो अभियानमा सहयोग पुर्याइरहेको छ ।’ विद्य्त प्राधिकरणले सहसचिवको नेतृत्वमा उच्च स्तरीय संयन्त्र बनाएर विद्युत चुहावटको अनुगमन गरिरहेको प्रवक्ता अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । यसैक्रममा विद्युत चोरीको उजुरीका आधारमा केही कर्मचारी, पूर्वकर्मचारी र व्यवसायीलाई पक्राउ गरेर प्राधिकरणको अभियानलाई सहयोग पुर्याएको अधिकारीले बताए । प्रहरीले पक्राउ परेका कर्मचारीहरुबारे प्राधिकरणलाई आइतबार दुई वटा चलानी नम्बरका पत्रहरु पठाएको उनले बताए । पक्राउ परेका व्यक्तिहरु दोषी भए/नभएको बारे छानविन भइरहेको र दोषी ठहर भएमा विद्युत चोरी नियन्ज्ञण ऐन अनुसार कारवाही हुने उनले बताए । २०७३ माघ ९ गते १९:२२ मा प्रकाशित
_____ · Jan 22, 2017 7:47 AM
यो इनीहरुको फोटो सहित लिस्ट गरेर एउटा website राखे हुन्च्यो | नेपालीहरुलाई बर्सौ अन्धकारमा राख्नेहरुलाई |
jerryswari · Jan 22, 2017 9:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion