ललितपुरकी एक महिला जो ठगेरै करोडपति बने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौँ – लाजिम्पाटकी रमिता तुलाधर जसलाई प्रहरीले ‘नटवरलाल ठग’ को उपनाम दिएको छ । ठगेरै करोडपति बनेकी तुलाधरको ठग्ने शैली पनी गज्जबको छ, त्यसै उनलाई नटरवरलाल भनिएको पक्कै होईन् । ललितपुरको बुङ्मतिमा जन्मे हुर्केकी रमिताले १२ बर्षाअघि लाजिम्पाटका बालकृष्ण अधिकारीसँग विवाह गरिन् । विवाहपछि बालकृष्णलाई बैदेशीक रोजगारीमा पठाइन्, आफु कुमारीपाटीमा फेन्सी पसल चलाउन थालिन् । कुमारीपाटीको मूल सडकमा थियो उनको ‘न्यु फेशन बग’ पसल । फेन्सी चलाउँदा चलाउँदै एकदिन उनको भेट चावहिलका हरि भुजेलसँग भयो । भुजेल रियलस्टेट कारोवार गर्थे । भुजेलले ‘करोड–करोडका गफ’ दिन थाले, रमिताको महत्वकांक्षा बढ्यो । उनी स्टाफलाई फेन्सी पसल जिम्मा लगाएर जग्गा कारोवारमा लागिन् अनि आफै पनि ‘करोड’को गफ लगाउन थालिन् । यसरी करोडौंको गफ दिने रमिताबिरुद्ध गएको पुस पहिलो सातातिर महानगरीय प्रहरी परिसर ललितपुरमा ठगीको उजुरी दर्ता भयो । ललितपुर बस्ने गोविन्द महर्जनले पटक–पटक गरेर रमिताले आफूलाई १ करोड ४६ लाख ठगेको उजुरी दिएपछि ललितपुर प्रहरी उनको खोजीमा लाग्यो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर पुस २६ गते सार्वजनिक गरेको छ । ‘गोविन्द महर्जनलाई काभ्रेको जिलाल कालिन्चोक–१ मा रहेको ७२ रोपनी जग्गा पास गरिदिउँला भन्दै उनले १ करोड ६४ लाग ठगेको खुलेको छ’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले भने, ‘त्यसबाहेक उनले अरु धेरैलाई प्रलोभनका पारेर ठगेको देखिन्छ ।’ गोविन्द पनि जग्गाको कारोवार गर्थे । पहिले धेरै ब्याज दिउँला भन्दै पैसा लिएकी रमिताले करोड भन्दाबढी भएपछि फिर्ता गर्नुको साटो जग्गा पास गर्दिन्छु भनेर थप ४६ लाख लिएकी थिइन् । २०७० जेठदेखि गोविन्दलाई जालमा पारेर पैसा लिन थालेकी तुलाधरले रकम फिर्ता माग्दा ‘तपाईको मलाई विश्वास छ, खाली चेकमा सही गरेर दिन्छु, केही दिनमा साट्नुस्’ भन्दै सिद्धार्थ बैंकको चेक दिने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । ललितपुर प्रहरीले रमिताबिरुद्ध ठगी मुधा दर्ता गरेर काभ्रेमा रहेको ७२ रोपनी जग्गा रोक्का गरिदिएको छ । ‘सटर मिलाइदिन्छु’ भनेर १८ लाख ठगी ! ललितपुरका रोविन बज्रचार्यको मंगलबजारमा फेन्सी पसल थियो । उनी आफ्नो पसल कुमारीपाटी तिर सार्न चाहन्थे । कुमारीपाटीमा पसल भएकी रमिताले उनलाई सटर मिलाइदिन्छु भन्दै पाँच लाख लिइन् तर सटर मिलाईदिन सकिनन् । २०७२ चैतमा यसरी पाँच लाख लिएर फिर्ता नगरेपछि रोविनले उनलाई प्रेसर गरिरहे । पछि रमिताले सिद्धार्थ बैंकको खाली चेक दिई तर चेक साटिएन् । दिलकेश महर्जन पनि सटर मिल्ने लोभमा उनीबाट त्यसैगरी ठगिए । कुमारीपाटीमा सटर मिलाइदिन्छु भन्दै २०७३ साउनमा ८ लाख ५० हजार लिएकी रमिताले सटर मिलाउनुको साटो पैसा नभएको चेक दिइन् । जुन चेक बैंकले बाउन्स गरिदिएको छ । मंगलबजारका विशेष बज्रचार्य पनि कुमारीपाटी क्षेत्रमा सटर पाउने आशामा रमितालाई पाँच लाख बुझाउन बाध्य भए । सटर पनि मिलेन पैसा पनि फिर्ता आएन । चार बर्षदेखि श्रीमानसँग छुट्टिएर एक्लै बस्न थालेकी रमिताले सहकारीलाई पनि ठगेको पाइएको छ । अर्टिजान्स सहकारीसँग २०७० सालमा लिएको तीनलाख तिर्नुको साटो उनले सिद्धार्थ बैंकको चेक दिएर झुलाईन् । उनले दिएको चेक खातामा पैसा नभएर बाउन्स भएसँगै सहकारीले पनि प्रहरी गुहारेको छ । रमिताले कुल १ करोड ६४ लाख ५० हजार ठगी गरेको जाहेरी परेको छ । ‘उनको ठगीबारे परेको ठाडो उजुरी धेरै छन्’ डिएसपी कार्कीले भने, ‘विगत ८ बर्षदेखी रमिताले ठगी धन्दा चलाएको देखिन्छ ।’ नखिपोटकी सीता गुरुङले बढी ब्याज पाउने आशामा रमितालाई ६० लाख दिएकी थिईन् । त्यसमध्ये सिताले २५ लाख फिर्ता पाईन् बाँकी गुमाउन बाध्य भईन् । आफुलाई ‘रियलस्टेटेको कारोवारी’ र ‘विजनेश म्यान’ को रुपमा चिनाउँदै आएकी रमिताले दुई करोडभन्दा धेरै ठगेर विभीन्न स्थानमा जग्गा जोडेकी छिन् । आफ्नो ११ बर्षीय छोरालाई होस्टलमा राखेर ललितपुरको टंगालमा डेरा गरी बस्ने रमिताले काठमाडौंको रामकोटमा सात आना जग्गा किनेकी छिन् । टेष्ट परिक्षा मात्रै पास भएकी रमिता स्कुटरमा हिँड्ने गर्थिन् । ‘आफू कराडौं ब्यापार ब्यवसाय गर्ने ब्यापारी हुनुका साथै घर–जग्गा सम्बन्धि कारोवारसमेत गर्ने गरेको छु’ भनेर उनले धेरैलाई गफ लगाईन् । उनको गफले सबै मख्ख बने, उनको ठगी पेसा मौलायो । स्कुटर हाँकेर अर्काको जग्गा तथा घर देखाएर बैना लिएपछि उनी फरार हुने गरेकोे डिएसपी ईश्वर कार्कीले जानकारी दिए । ठुलो कारोवारीको धक्कु लगाएर गलफत बोली, जाल, प्रपञ्च रचेर ठग्दै आएकी तुलाधर अहिले ललितपुर प्रहरीको हिरासतमा छिन् । http://www.ratopati.com/news/1...

ktmpost · Jan 19, 2017 1:02 PM · 1,743 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all