नेपाली राजदूतमाथि लाग्यो भूकम्पपीडितका नाममा उठेको करोडौं नबुझाएको आरोप

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजको घटना र विचार साप्ताहिकमा खबर छ । काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले भूकम्पपीडितका नाममा उठेको करोडौं रकम नेपाल सरकारलाई बुझाउन आनकानी गरेको समाचार प्राप्त भएको छ । गत सालको बैशाख १२ गते महाभूकम्प गएपछि संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानमा गर्ने नेपाली राहत रकम जुटाउन सक्रिय भएका थिए । त्यसरी नेपाली सक्रिय हुँदा त्यहाँ साठी लाख अमेरिकी डलर अर्थात साठी करोड नेपाली रुपैयाँ बराबर नगद उठेको थियो । उठेको रकम मध्धे राजदूत कार्कीले ५२ लाख ३६ हजार अमेरिकी डलर नेपाल सरकारलार्य गट बर्ष नै बुझाईसकेका छन् । तर, उठेको रकममध्ये सात लाख ६४ हजार डलर अहिलेसम्म बुझाएका छैनन् । र नेपाल सरकारले त्यसको खोजी पनि गरेको छैन् । अमेरिकामा रहेका नेपालीले ‘बाँकी रकम कहिले बुझाउने’ भनेर जिज्ञासा राख्दा राजदूत कार्की स्पष्ट जवाफ नदिई तर्किने गरेका छन् । पछिल्लो समयमा त जिज्ञासा राख्दा कार्की झर्किनेसमेत गरेका छन् । http://www.ratopati.com/aakhab... Last edited: 18-Jan-17 08:54 PM

ktmpost · Jan 18, 2017 8:43 PM · 1,855 views

1 Reply

जाठालाई पेचूवा (Traditional Sterilize ) लगाईदिए हुन्छ |

Magorkhe1 · Jan 19, 2017 7:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all