माघ ५, २०७३- एक तिब्बती शरणार्थीको ट्राभल डकुमेन्ट, पासपोर्ट लगायतका कागजातको सहयोग लिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उड्न लागेका एक नेपाली नागरिक पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तिव्वती शरणार्थी वाङयाल पेमाले नेपाली नागरिक राजेन्द्र गुरुङलाई अमेरिका पठाउन आफ्नो बोर्डिङ पास लगायतका कागजात उपलब्ध गराएका थिए । त्यस वापत गुरुङले तिव्वती शरणार्थीलाई ४० लाख रुपयाँ दिने प्रतिबद्धता गरेका थिए । दुवैलाई प्रहरीले गिरफ्तार गरी सोधपुछ गरिरहेको छ । दिल्लीस्थित नेपाली दुतावासले भने यस विषयमा आफूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नगराइएको वताएको छ । गुरुङको नेपाली घर कहाँ हो, के गर्थे भन्ने विषयमा विस्तृत जानकारी आएको छैन् । दूतावासले सञ्चारमाध्यममार्फत जानकारी प्राप्त भएको र वुझ्ने काम सुरु गरिएको बताएको छ । सो घट्ना गत आइतवार भएको थियो । प्रारम्भिक अध्ययन अनुसार गुरुङले नक्कली कागजात लिएर हिडिरहेका थिए तर आफूलाई तिब्वती शरणार्थी जस्तो गरी प्रस्तुत गरिरहेका थिए । युनाइटेड एयरलाइन्सका कर्मचारीले त्यसका शंका लागि त्यहाँको सुरक्षा निकायलाई खबर गरेका थिए । उनलाई विमानबाट वाहिर निकाली अध्यागमनको जिम्मा लगाइएको छ । गुरुङ एक महिना अगाडि दिल्ली आएका थिए र ती तिब्बती शरणार्थीसँग चिनजान भएको थियो । एयरपोर्टका प्रहरी अधिकृत संचय भटियाका अनुसार गुरुङले अमेरिका पुगेर शरणार्थीको हैसियतमा बस्ने योजना बनाएका थिए । तिव्वतीसँग वैधानिक कागजता भएकाले उनी एयरपोर्ट सजिलै प्रवेश गरेका थिए गुरुङ भने मुम्बई जाने आन्तरिक टिकटबाट त्यहाँ पुगेका थिए र उनीहरुले कागजता आदानप्रदान गरेका थिए । दुवै जनाले आफ्नो प्रक्रिया पूरा गरेपछि ट्वाइलेटमा पुगेर कागजात आदानप्रदान गरेका थिए । http://kantipur.ekantipur.com/...
instagram · Jan 18, 2017 2:09 AM · 13,930 views
यो नौलो कुरा होईन | कपाल चीनड़े बनाएर पहिलो बस्तर लागाए पछि उस्तै उस्तै देखिन्छन | नेपालमाँ कती खुवाएको थियो स्वाहा भयो | आधा करोड़ खर्च गर्नेले सानोतिनो ब्यबसाय गर्न सक्दैनन ? "Other side of the wall is green" भनेको एही हो | सोचेको अमेरिका र भोग्नु पर्ने अमेरिकामाँ फरक छिरे पछि मात्र थाहा हुन्छ |
MaGorkhe1 · Jan 18, 2017 9:11 AM
its like someone in other thread saying he got GC through genuine asylum case. LMAO. Go to NY, you will meet hundreds who got GC as Tibetans refugees after they entered US with Nepali passport. And they still identify themselves as Tibetans, while in reality they are people from Mustang, Manang, Solukhumbu... all those northern districts. Not only Nepal, this problem is rampant in many third world countries. Number of Nepali cases pale in comparison to other countries. African, Arabian, Cuban....... their cases far outnumber, even by times, nepali ones.
NepaliSaila · Jan 18, 2017 6:16 PM
indian haru lai pani US ma refugee GC dine bhaye Nepal ko population kati pratisat le gat thyo hola. sab Muzi dhoti haru bholi dekhi hami Nepali hoinau indian hau bhanthyo hola
japsRcool · Jan 18, 2017 6:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion