बोष्टन तमु समाज को ठोस काम भुकम्पले भत्काएको स्कुल पुननिर्माण तथा हस्ताँतरण ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Congratulations to Boston Tamu Samaaj for rebuilding school devastated during earthquake! बोष्टन तमु समाज को ठोस काम भुकम्पले भत्काएको स्कुल पुननिर्माण तथा हस्ताँतरण । यम पौडेल \ बष्टन \ जनवरी १३, २०१७  नेपालमा अप्रिल २०१५ को बिनाशकारी महाभुकम्पले पुर्ण रुपमा भत्काएको गोर्खा गाखु गा बि स १ स्थित नामरुक देवि नि मा बि को पुन: निर्मित भवन यसै हप्ता हस्ताँतरण गरिएको थाहा भएको छ । समाचार अनुसार मातृभुमी भन्दा धेरै टाढा अमेरिकाको बोष्टनमा बिगत १५ बर्ष देखि क्रियाशिल बोष्टन तमु समाजको सामाजिक आखा त्यस बिद्यालयमा पुगेपछि भबन पुन निर्माण प्रकृया अगाडि बढेको हो । तमु समाजका सदस्य , फोरेस्डेल स्कुल, सिट्रा बिजनेश ग्रुप, अमेरिकन साथीहरु, बष्टनका नेपाली महिला ग्रुप, साथै जुलाई २४, २०१६मा आयोजित “समर बारबे क्यु”, लगायत ग्रेटर बष्टन क्षेत्रका नेपाली व्दारा सँकलित रकम १७ हजार डलर पठाएका हौ । समाजका सम्पुर्ण सदस्यको चाहना बमोजिम अत्यन्त प्रभावित स्थान खोज्दै जादा सामाजिक सँस्था खुसी नेपाल को सहकार्यमा ऊक्त बिद्यालय छानिन पुगेको हो भन्दै समाजकि अध्यक्ष सम्झना गुरुङ ले बोष्टनमा आफुहरुलाई सहयोग गर्ने  सबैप्रति हार्दिक आभार ब्यक्त गरिन ।  गत आइतबार बिद्धालय को ५२ औ बार्षिकोत्सव को अवशरमा नबनिर्मित भवन हस्ताँतरण भएको थियो । यसको कुल लागत १६ लाख पचास हजार रुपया भएकोमा सबै बोष्टन तमु समाज बाट ब्यहोरिएको कुरा कार्यक्रममा खुसी नेपालका कार्यकारी प्रमुख सन्तोष पौडेलले बताएका थिए । साथै सोही सँस्थाका अध्यक्ष केशब कुमार श्रेष्ठले  बिद्यालयका श्रोत ब्यक्ति बिश्वनाथ वाग्लेलाई चापी हस्ताँतरण समेत गरेँ । सोहि अवशरमा ऊक्त सँस्थाव्दारा बिध्यालयलाई  एक थान कम्प्युटर र खेलकुद सामाग्री समेत प्रदान गरिएको थियो । यतिबेला १२५ बिद्धार्थी अध्ययनरत सो बिद्धयालय छान्नमा खुसी नेपालका सलभ राना र सन्तोष पौडेलले बष्टन तमु समाजलाई  ठुलो सहयोग गरेको र अत्यन्त पारदर्शि रुपमा काम सम्पन्न गरेको कुरा बोष्टनमा थाहा लागेको छ ।  नेपालमा अकल्पनिय बिनास भयो महभुकम्प ले देश तहसनहस भयो । देश बिदेशका नेपालीहरु एकजुट नहुने कुरै थिएन । देश रुदा आफुहरु पनि धेरै पटक भक्कानियौ । केहि गर्नुपर्छ भनेर अठोट गरेका थियौ । ब्यक्तिगत रुपमा बोष्टनबाट प्रधानमन्त्री राहत कोष वा आफ्नो गाऊ ठाऊमा सहयोग पठाएपनि सँस्थागत रुपमा एकजुट भै ऊचित स्थानमा केहि गरौ भन्ने चाहना थियो बोष्टन तमु समाजको त्यो सपना आज पुरा हुन सक्यो भन्दै बोष्टन तमु समाजकि अध्यक्ष सम्झना गुरुङ ले सँस्थाको अध्यक्षको नाताले आफु केहि बोल्नु परेपनि सँस्थाको  नेतृत्वमा भएको यस कामको जस माथी ऊल्लेख गरिएका सबै लाई ऊत्तिकै जाने बताइन । पठाइएको रकम कत्तिपनि  दुरुपयोग भएन सहयोगी सबै सबैको ऊत्तिकै हात यस स्कुल बनाऊनमा रह्यो । यो साह्रै खुसीको कुरा हो भन्दै एक प्रसङगमा ऊनले थपिन, नेपालको दुख सुख र आपद बिपदमा यसैगरि जुटन सकौ केहि गर्न सकौ भन्दै सहयोगी हात हरुलाई दयालु मनहरुलाई मुरी मुरी धन्यबाद दोहोरयाइरहिन ।  ऊल्लेखनिय कुरा के भने स्वदेश बिदेश स्थित नेपाली सँघ सँस्था हरु प्राय:  नेपाल र नेपालीको पक्षमा केहि गर्ने ऊद्देश्यले नै स्थापित हुने गर्छन । तर केहि प्रतिशत मात्र सँघसँस्था छन जुन आफ्नो ऊद्देश्यमा अडिग  छन आफ्नो कर्तब्य र दायित्वलाई कार्यरुप दिन्छन । आज बोष्टनमा बोष्टन तमु समाज यस्तै एक ऊदाहरणिय सँस्थाको रुपमा देखा परेको छ । बिगत दुइ बर्ष मितेरी अर्गनाईजेशनको सहयोगमा बिश्वप्रसिद्द युनिभर्सिटि एम आइ टि मा मार्च देखि नोभेम्बर सम्म नेपाली बाबुनानीहरुलाई सँचालित नेपाली भाषा कक्षा ऊदाहरणिय रुपमा सम्पन्न गर्नु ,अमेरिकन चिल्ड्रेन क्यान्सर रोकथामको लागी सेन्ट जुड रिसर्च हस्पिटलको फन्ट राइजिङ वाकिङ क्याम्पेन मा सहभागी हुनु ,हाल गोर्खामा बिद्यालय भवन पुनर्निर्माण गर्नु जस्ता काम बोष्टन तमु समाज का निकै शसक्त कामहरु हुन ।  बोष्टनमा नेपालीलाई राम्रै थाहा छ बोष्टन तमु समाजका अग्रज सक्रिय सदस्यहरु यहाको सिङगो नेपाली समाज र सामाजिक अभियानमा पनि त्यतिकै सरिक छन ऊल्लेखनिय भुमिकामा देखिन्छन । बोष्टन तमु समाज ले हरेक बर्ष आयोजना गर्ने ल्होछार पनि एक नेपाली बिग शो कल्चरल पोग्रामको रुपमा बिकास भइरहेको छ बोष्टनमा । यसपाली गोर्खामा भुकम्प प्रतिरोधात्मक बिध्यालय भवन निर्माणले बोष्टन तमु समाजको ऊचाई बढाएको मात्र छैन सँस्थाप्रति आस्थावान तथा चासो राख्नेको सँख्या समेत ह्वात्तै बढाएको छ । स्रोत \ फोटो : सम्झना गुरुङ तथा थाहा सँचार नेटवर्क - See more at: http://enepalese.com/2017/01/1...

sajha Info · Jan 16, 2017 12:56 PM · 3,124 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all