गुनासो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गुनासो &nbsp;बाह्रखरी &nbsp;२०७३ माघ १ शनिबार ०८:०७:०० मेरो इन्टेन्सन गलत होइन, हुँदै होइन । जोसुकैले जेसुकै भनोस् । सूर्यलाई जतिखेर पनि फेसबुकमै रमाइरहेको देखेर मलाई यो फेसबुक सौताभन्दा कम त लाग्थेन । अनि सौतासँग को नजिक हुन चाहन्छ ? त्यसैले मैले आफूलाई फेसबुकसँग कहिल्यै जोडिनँ । बिहे गरेको १०–११ वर्षपछि यसै पनि वैवाहिक जीवन मनोटोनस त भई नै हाल्छ– चाहे त्यो प्रेम विवाह नै किन नहोस् । मैले सूर्यको मप्रतिको बहुलट्ठीपन देखेकी थिएँ । माया देखेकी थिएँ । चाहना देखेकी थिएँ । निकै वर्षदेखि उपेक्षा र अरुचि पनि देख्दैछु । मप्रति उसको पागलपन देखेर कायल भएकी थिएँ । मेरो अन्तै बिहे भए आत्महत्या गर्ने उसको धम्कीसँग डराएर म आफ्नो बिहेभन्दा दुई दिनअघि ऊसँग भागेकी थिएँ । म हिँडेपछि परिवारले ठूलो बेइज्जतिको सामना गर्‍यो । उनीहरूले आजीवन मेरो मुख नहेर्ने निर्णय लिए । र, यो निर्णय आज पनि कायमै छ । त्यतिबेला मलाई पटक्कै पछुतो लागेन । अहँ लाग्दै लागेन ! न मलाई बाबाको बेइज्जतिले असर गर्‍यो, न आमाको रुवाबासीले । न दाइहरूको धम्की र फकाइले । केवल सूर्यलाई पाएर धन्य भएकी थिएँ म । हुन पनि सूर्यका लागि फूल थिएँ म, जून थिएँ । आकाश र धरती थिएँ । साँझ र बिहान थिएँ । वर्षात् र इन्द्रेणी थिएँ । उसका लागि म त्यो सब थिएँ, जो समग्रतामा सौन्दर्यको प्रतीक हुन्छ । त्यसैले पनि मलाई दुनियाँको पटक्कै पर्वाह थिएन । तर, आवेगमा गरिने निर्णय दिगो हुँदैनन् । दूध उम्लिएर पोखिएझैँ सूर्यको माया जुन वेगका साथ उम्लियो, त्यही वेगसँग सतहबाट ओर्लियो । एक वर्षमै अघायो ऊ मेरो प्रशंसा गरेर, अँगालोमा बाँधेर, चुमेर, मलाई बाइकमा यता र त्यता घुमाएर, अरूले गरेको मेरो प्रशंसामा छाती फुलाएर, गर्व गरेर । उसको माया जुन सतहमा पुगेर स्थिर भएथ्यो, मेरो माया त्यही सतहदेखि उम्लिँदो थियो ऊप्रति । मलाई ऊबिना दुनियाँ बाँच्नेलायक नै लाग्थेन । सूर्य कान्छो छोरो थियो घरको । त्यसैले जतिसुकै रिसाए पनि परिवारले ऊ र मलाई घरमा भित्र्यायो । तर, सूर्यलाई जस्तै मलाई अपनाउन सकेन । उनीहरू परे काठमाडौँका टिपिकल नेवार अनि म पूर्वतिरबाट बसाइँ सरेकी बाहुनकी छोरी । उनीहरूलाई लाग्थ्यो– मैले उनीहरूको सीधासादा छोरोलाई पैसा र रूपको सहाराले बरालेँ, बिगारेँ । सूर्यको पछाडि उनीहरू हाकाहाकी मेरो चरित्रमाथि औँला उठाउँथे । तर, म उनीहरूको कुराले जति दुःखी भए पनि सूर्यसँग केही भन्थिनँ । यो परिवार जे-जस्तो भए पनि सूर्यको थियो । अनि सूर्य मेरो । यही विश्वासमा मैले लगभग दुई वर्ष सूर्यको घरमा सबैको सुनेँ, सहेँ । दुई वर्षपछि सूर्यलाई अस्ट्रेलिया आउने मौका जुर्‍यो । राम्रो सम्भावना भएको बैंकको राम्रो पोस्टको जागिर छोडेर सूर्य अझै राम्रो भविष्यको आश बोकेर स्टुडेन्ट भिसामा अस्ट्रेलिया आयो । म उसको पछि लागेँ । कसैले खासै कोसिस पनि गरेन मलाई रोक्ने । अँ बरु सूर्य नै राजी थिएन मलाई सँगै ल्याउन । तर, अस्ट्रेलियाका साथीहरूले ‘एक्लैले पढ्न र काम गर्न गाह्रो हुन्छ, स्वास्नी लिएर आइज’ भनेपछि ऊ मलाई साथै लैजान राजी भयो । लगभग वर्ष दिन लाग्यो हामीलाई अस्ट्रेलियामा व्यवस्थित हुन । सूर्यले राम्रो युनिभर्सिटी रोजेको थियो मास्टर्स गर्न । फि उत्पात महँगो थियो । घरको कान्छो, पुलपुलिएर हुर्केको सूर्यलाई पढाइ र कामको तारतम्य मिलाउन हम्मे पर्यो । यस्तो बेला मैले अघि सरेर उसलाई ढुक्कसँग पढ्न लगाएँ, उसको फिस र अरू खर्चको जिम्मेवारी लिएँ । कस्ता-कस्ता पढेलेखेकाले त आफ्नो लाइन र स्तरको काम नपाउने यो ठाउँमा मजस्तो ब्याचलर नसकी कलेज छोडेकीले के काम पाउँथेँ र ! केयररको ट्रेनिङ लिएर नर्सिङ होमहरूमा काम सुरु गरेँ । काम निकै गाह्रो हुन्थ्यो तर सूर्यको सजिलोका लागि म जिउज्यानले काममा लागिपरेँ । सूर्य युनिभर्सिटी जान्थ्यो, असाइनमेन्ट गर्थ्यो, साथीहरूसँग ह्याङ्आउट गर्थ्यो । म काम गर्थें । सूर्यलाई माया गर्थें । बस ! मेरो दुनियाँमा आफ्नो काम र सूर्यबाहेक अरू केही, कोही थिएन । मेरा साथीहरू थिएनन् । मेरो ज्ञान एकदमै सीमित थियो । सूर्यको मायाको रङ जति-जति खुइलिँदै गयो, उति–उति मलाई मेरो परिवार याद आउँदै गयो । आफूले गरेका गल्ती अक्षम्य लाग्दै गए । बाबाको बेइज्जती सम्झेर मन पोल्यो । आमाको आँसु सम्झेर अन्तरआत्मा भिज्यो । चारवटा दाजुहरूको पुलपुलाइ र माया सम्झेर जीवन खल्लो लाग्यो । घरको सम्पन्नता, नोकरचाकरको सेवा–टहल सम्झेर यहाँको जीवन झनै कष्टकर लाग्यो । तर, मैले सूर्यलाई केही भन्न सकिनँ । बरु एकदिन सुटुक्क घरमा फोन गरेँ । बाबाले फोन उठाउनुभयो । निकैबेर म केही बोल्न सकिनँ । तर, बाबाले धेरैपटक ‘हेलो ! हेलो !’ भनिरहेपछि मन थाम्न सकिनँ । आँसुले भिजेको, अवरुद्ध कण्ठले भनेँ, "बाबा ! म आर्या !" जवाफ अनअपेक्षित थिएन । "को आर्या ?" उहाँको तटस्थ स्वर मानौँ मेरो छातीमा दह्रो मुक्का बनेर ठोक्कियो, "म कुनै आर्यालाई चिन्दिनँ । कृपया फेरि यहाँ फोन नगर्नुहोला ।" उहाँले फोन काटिदिनुभयो । म त्यसै लायक थिएँ, मलाई थाहा थियो तर पनि म निकैबेर फोन छातीमा टाँसेर रोएँ त्यो दिन । &nbsp; ००० &nbsp; ५ वर्ष दिनरात नभनी काम गरेरै बित्यो । हामी पहिले ‘रेसिडेन्ट’, त्यसपछि ‘सिटिजन’ भयौँ । सूर्यले राम्रो कम्पनीमा ठूलो पोस्टमा काम पायो । हामीले बिस्तारै घरबार जोड्यौँ, सम्पत्ति जोड्यौँ । सूर्यले आफ्ना दाइ र दिदीहरूको खुब मद्दत गर्‍यो । उसको परिवारका कोही न कोही आइरहन्थे यहाँ । घर खासै खाली हुन्थेन । सूर्य त्यही बेला बोलेको सुनिन्थ्यो, जब उसको परिवारका कोही यहाँ हुन्थे या ऊ साथीहरूसँग बियर पिएर चिलआउट गर्थ्यो । नत्र त मैले केही भनेँ भने, कुनै कुरा गरेँ भनेँ ऊ सधैं एउटै चिज भन्थ्यो, "अफिसमा कामको, प्रेसर घरमा तिम्रो । कमअन आर्या, गिभ मी सम स्पेस ।" एउटै ओछ्यानमा महिनौँ कुनै अपरिचितझैँ सुत्थ्यो ऊ मसँग । अँगालो हाल्दा पनि 'आ’म सो टायर्ड' भनेर अझै पर सर्ने सूर्यले कस्तो 'स्पेस’ चाहन्थ्यो, मैले बुझ्नै सकिनँ । वर्षों यसैगरी बित्यो । हाम्रा बालबच्चा भएनन् । डक्टरले सूर्यबाट बच्चा नहुने बताएपछि मैले अडप्सन सजेस्ट गरेँ तर सूर्यले सुन्न पनि चाहेन । उसका आमा र भाउजूले मलाई किचकिच गरिरहे । मबाट बच्चा नभए बेलैमा अर्को बिहे गर्ने सल्लाह दिइरहे उसलाई । तर, उसले चुपचाप सुनिरह्यो । मैले पनि केही भन्न चाहिनँ । यत्रा वर्ष चुप रहेरै बित्यो, अब बोलेर के फाइदा ? यी बितेका वर्षमा मेरो एउटै उपलब्धि थियो, मैले कनिकुथी 'ब्याचलर इन नर्सिङ' सकेर हस्पिटलमा काम सुरु गरेकी थिएँ । सूर्य त सधैँ भन्थ्यो, "काम छोड, घरै बस । के जरुरी छ ? मैले कमाइरा’छु नि ।" यो काम पनि छाडिदिए मैले कसरी काट्थेँ दिन ? शून्य घर, शून्य काख र शून्य जीवन । यत्रतत्र शून्यतामा यही बिरामीहरूबीच बितेका केही घण्टा सजिला हुन्थे मेरा । यो पनि छोडिदिए कसरी बाँच्ने म ? एकदिन साँझ कामबाट फर्किएँ । फ्रेस भएर चिप्सको प्याकेट लिई ल्यापटप खोलेँ । शुक्रबार भएकोले सूर्य साथीहरूसँग ह्याङआउटमा रमाइरहेको थियो । उसको घर आउने ठेगान थिएन । ऊ नहुँदा मलाई एक्लै बसेर खान मन लाग्थेन । एउटा मेरै नामकी अपरिचितको मेल मेरो प्रतीक्षामा थियो । डिलिट गरौँ कि खोलेर हेरौँ भन्ने दोधारबीच मैले मेल खोलेँ । &nbsp; डियर&nbsp;फुपू&nbsp;! म&nbsp;आर्या&nbsp;!&nbsp;मेरो&nbsp;ड्याड&nbsp;याने&nbsp;कि&nbsp;तपाईंको&nbsp;माहिलो&nbsp;दाइको&nbsp;एकमात्र&nbsp;सन्तान&nbsp;।&nbsp;मेरो&nbsp;नाम&nbsp;पढेर&nbsp;तपाईंलाई&nbsp;लागिसक्यो&nbsp;होला–तपाई&nbsp;आज&nbsp;पनि&nbsp;हाम्रो&nbsp;परिवारको&nbsp;मुटुबाट&nbsp;पुछिनुभएको&nbsp;छैन&nbsp;।&nbsp;बस&nbsp;नाटक&nbsp;गरिरहेछन्&nbsp;सबै&nbsp;तपाईंलाई&nbsp;बिर्सिएको&nbsp;।तपाईंले&nbsp;जस्तै&nbsp;।&nbsp;यतिबेला&nbsp;म&nbsp;अस्ट्रेलिया&nbsp;घुम्न&nbsp;आएकी&nbsp;छु&nbsp;।&nbsp;मम–ड्याड&nbsp;अमेरिकामा&nbsp;सेटल&nbsp;हुनुभएको&nbsp;छ&nbsp;।&nbsp;हजुरबुबा&nbsp;रहजुरआमा&nbsp;अहिले&nbsp;अमेरिकामै&nbsp;हुनुहुन्छ&nbsp;। <p class="selectionShareable selectionS

Raam Raam · Jan 14, 2017 7:52 PM · 7,298 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all