यस्तो थियो घटनाक्रम फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए । प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए । दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए । लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो । सोही योजना अनुसार लाक्पा प्रेमिका भेट्न सेदुवा पुगेका थिए । सेदुवामा प्रेमिका भेट गरी लाक्पा उक्त दिन प्रेमिकाकै मामाघरमा बसे । मामाघरमा खाना खाएर सुत्ने क्रममा लाक्पाले प्रेमिकालाई आफैँसँग बोलाई सँगै बस्न आग्रह गरे । प्रेमीको आग्रह अनुसार यमुना उनीसँगै बसिन् । वादी प्रतिवादीले अदालतमा दिएको बयान अनुसार दुवैको सहमतिमा यौन कार्य भयो । तर, घटनाको भोलिपल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी हो । सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भयो । शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चल्यो । लाक्पाले प्रेमको प्रपञ्च गरी बालिका यमुनालाई कृत्रिम लिङ्ग प्रयोग गरी बलात्कार गरेको आरोप लागेको थियो । आरोप अनुसार सङ्खुवासभा जिल्ला अदालतले लाक्पालाई छ वर्ष कैद सजाय सुनाएको थियो तर तत्कालीन पुनरावेदन अदालत धनकुटाले जिल्लाको फैसला केही उल्टी गरी सात वर्षको सजाय सुनाएको हो । पुनरावेदन सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरावेदनको फैसला सदर गरी फौजदारी विधिशास्त्रमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिरसमेत प्रतिपादन गरेको हो ।
Samrat Singh Karki · Jan 11, 2017 10:03 PM · 3,194 views
दुवैको सहमतिमा यौन कार्य भयो । जबर्जस्ती करणी र मानव बेचबिखन ? ke ho yo news, logic nai lagauna garho?
jerryswari · Jan 11, 2017 10:12 PM
#jeriswari kt nabalak bhayera hola
Samrat Singh Karki · Jan 12, 2017 7:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion