जिया जिया नामको यो रोबोटले केवल अनुहारको हाउभाउ बदल्नेमात्र होइन आम रुपमा मानिसले जस्तै कुराकानी समेत गर्न सक्दछ । चीनमा बनेको पहिलो मानव जस्तै रोबोटलाई युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनका इन्जिनियरहरुले तयार पारेका हुन् । सांघाइतको फ्युचरिस्टिक फाइनान्सियल सेन्टरमा आयोजित सम्मेलनमा टोली नेता चेन शाओपिंगले एक बाबुले सन्तानको परिचय दिएजस्तै गर्वसाथ उक्त रोबोट सार्वजनिक गरिरहेका थिए । आउँदो एक दशकमा जिया जिया जस्तै रोबोटहरुले चीनका रेष्टुरेन्ट, नर्सिंग होम, अस्पताल तथा घरहरुका कार्यमा सघाउनेछन् । ५-१० वर्ष भित्रमा रोबोटको माग निकै बढ्ने दाबी उनको छ । परम्परागत चिनिया पहिरनमा सजिएको महिला स्वरुपको जिया जिया रोबोट ठ्याक्कै चिनिया महिलाजस्तै देखिन्छ । आफ्नो टीमले पछिल्ला २ वर्षमा यस्तो रोबोटको क्षेत्रमा उत्कृष्ट काम गरेको चेनले बताए । जिया जियाले दिनभरको मौसमका बारेमा तथा लैंगिक विषयमा सोँचविचार गरी जवाफ दिन सक्दछ । प्रदर्शनीमा आफूनजिक आएको एक युवातर्फ इंगित गर्दै जिया जियाले भन्यो, तिमी निकै सुन्दर छौँ । जब उक्त रोबोटलाई सोधियोः के तिम्रो केटा साथी छ ? तब जिया जियाले जवाफ दियो ः म सिंगल रहन मन पराउँछु । सम्मेलनमा जिया जिया यति सुन्दर देखिएको थियो कि मानिसहरुको नजर उसैमाथि अडेको थियो । जिया जियाले त्यहाँ उपस्थित मानिसहरुसँग हाउभाउका साथ सम्वाद पनि गर्यो । एजेन्सी http://www.onlinekhabar.com/20...
ktmpost · Jan 11, 2017 2:29 PM · 22,077 views
It will replace Human companion? You can hug and kiss. In coming future it will all in one. It will be your pleasure toy making it's arms and legs more flexible as human. Last edited: 12-Jan-17 02:04 PM
MaGorkhe1 · Jan 12, 2017 9:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion