अमेरिकामा नेपाली चेली रिनाको हत्या ,आरोपी उनका पति भारतीय मूलका जादव पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा नेपाली चेली रिनाको हत्या ,आरोपी उनका पति भारतीय मूलका जादव पक्राउ ,अदालतको सुनुवाई जारी   अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० बर्षिय नेपाली चेली रिना जादव (श्रेष्ठ )को हत्या भएको समाचार छ l उनि मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ l र ,उनलाई भुत्ते हतियार द्वारा बलपूर्वक हिर्काएर मारिएको ठहर चिकित्सा अनुसन्धान परिक्षण अधिकारीले गरेका छन् l हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार उनलाई मारिएको भोलि पल्ट आफु बस्ने घर नजिकै बारीमा उनको लास फेला पारेको थियो l उनको पति हर्षद कुमार जादव लाई पत्नी को हत्या गरेको अभियोगमा पकाउ गरेर मुद्धा चलाईएको छ l भारतीय मूलका ३३ बर्षिय सुसंख्या विश्लेषक (कम्पुटर प्रोग्रामर ) ले जब उनलाई उनको घरमा पक्राउ गरियो उनको साथमा १० का हजार डलर नगद तथा राहदानी समेत प्राप्त भएको अदालतमा वादीले बताएका थिए l आरोपी जादव भाग्ने शुरमा हुन् सक्ने बताएता पनि उनका वकिलले त्यो कानुनी परामर्शको लागि उनले रकम ल्याएको कुरा तर्क गरेका छन् l उनले धरौटीमा छुट्ने निबेदनलाई अदालतले अस्विकार गएकोमा मृतक रिना को दाजु गौरब जी श्रेष्ठले हर्ष व्यक्त गरेको कुरा उनले सिविएस ६ लाई बिधुतिय डाक (इमेल )मार्फत जानकारी दिएको डब्लुटिभीआर डट कममा समाचार छ l दाजु गौरब जी श्रेष्ठले रिना ले न्याय पाउने छिन् भन्ने कुरामा समेत आशाबादी रहेको उक्त पत्रिकामा दिएको अन्तर्वार्तामा लेखेको छ l उनले ३० बर्ष सम्म संगै बसेकी आफ्नी बैनीको हरेक कुरा सम्झना रहेको र झल्झली याद आउने उनले बताएका थिए l छिमेकिहरुले दिएको बयान अनुसार हत्या हुने दिन राति ११ बजे तिर चिच्याएको आवाज सुनिएको समेत बताएका थिए l हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको लाश हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो l मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडक को १० हजार १ सय भवनमा बस्दथे l रिना को बिबाह भएको ४ बर्ष भएता पनि सन्तान नभएको उनका दाजुले जानकारी दिएका थिए l अमेरिकाको श्रम दिवसको दिन बिहान रिनाको शव नजिक सवारी साधनको गाडीको बत्ती बलिरहेको र चालक तर्फको ढोका पनि खुला पाईएको थियो l उनका पतिलाई हानओभर काउन्टी सर्कुट अदालत बाट गिरफ्तारी अधिकार लिदै प्रहरीले रिनाको पति को घरमा छापा मरेको थियो l दाजु गौरबका अनुसार आफ्नी बैनी निकै प्रतिभाशाली कलाकार समेत रहेको बताएका छन l श्रोत अनुसार रिना चित्र कला बनाउन रमाउने र बासुरी समेत बजाउने गर्ने गर्थिन l र बैंकमा काम गर्ने बताएका थिए l हर्षद कुमार जादव लाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको जानकारी प्रहरी अधिकृतले दिएका छन् l रिनाको हत्या गत सितम्बर ५ ,२०१६ तारिखमा भएको हो भने उनका आरोपी पति हर्षद कुमार जादवलाई सितम्बर १२ ,२०१६ तारिखमा गिरफ्तार गरिएको छ l रिनाको दाह संस्कार सितम्बर १० ,२०१६ तारिख रिचमण्ड स्थित ब्लिलेज स्टाप्ल्स मिलमा नजदिक का आफन्त तथा नातेदार बिच गरिएको समाचार स्थानीय पत्र पत्रिकाले लेखेका छन् l हत्याका आरोपी हर्षद कुमार जादव को अदालती प्रारम्भिक सुनुवाई गत दिसेम्बर १५ ,२०१६ तारिख १ :३० बजे हानोभर जुभेनाइल एण्ड डोमेस्टिक रिलेसन डिस्ट्रिक कोर्ट मा रहेको थियो l स्थानीय पत्र पत्रिका ,प्रहरी तथा भिडियो समेत का सम्पूर्ण जानकारी : तस्बिर तथा समाचार श्रोतहरु : HCSO – UPDATE 3- Death Investigation-September 2016 http://wtvr.com/2016/09/15/wea... http://www.richmond.com/obitua... http://www.richmond.com/news/l... http://www.legacy.com/obituari... http://www.nbc12.com/story/330... - See more at: http://enepalese.com/2017/01/1...

ktmpost · Jan 5, 2017 9:58 PM · 32,197 views

1 Reply

Very appalled to read these pathetic comments. SAD!!!! Source: http://www.nagariknews.com/new...

casino · Jan 8, 2017 9:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all