एनआरएनको नाममा मानव तस्करी धन्दा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एनआरएनको नाममा यसरी हुँदैछ मानव तस्करी धन्दा December 26, 2016 TV-Annapurna टिभी अन्नपूर्णकाठमाडौं । गैरआवासीय नेपाली संघ अर्थात् एनआरएन नामको संस्था नै आफैंमा बद्नाम हुँदै गईरहेको छ । एनआरएन नामको संस्था वास्तवमा राम्रो कामको लागि खुलेको संस्था हो । तर युरोपका केही देशमा रहेको एनआरएन संस्थाको नाममा विभिन्न गैरकानुनी धन्दा बढेकोे तथ्यहरु बाहिर आउन थालेका छन् । यसै सन्दर्भमा अहिले पोर्चुगल एनआरएनमा विभिन्न लफडाबाजीहरु हुन थालेको घटना सार्वजनिक हुँदै गईरहेका छन् । विदेशमा रहेका आप्रवासी नेपालीहरूको हक–हितका लागि भन्दै गैरआवासीय नेपाली संघ (एनआरएन)को अवधारणा आएको लामो समय भइसकेको छ । तर, यही पवित्र उद्देश्य राखेर स्थापना भएको एनआरएनका संगठनहरूमा कैयन अपवित्र कामहरू हुन थालेको गुनासो ह्वात्तै बढ्न थालेको छ । यही मेसोमा एनआरएन, पोर्चुगल शाखाका केही पदाधिकारीहरूमाथि मानव तस्करीमा सक्रिय हुँदै नेपालीहरूको बिजोग बनाउने काममा लागेको आरोप त्यहीँका पीडित कामदारहरूले लगाउने गरेका छन् । पोर्चुगलमा गएका नेपालीहरू ठगिएको खबर प्रकाशमा आइरहेका बेला गैरअवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष भीम केसी कमल लगायतमाथि यस्तो आरोप लगाइएको हो । स्रोतका अनुसार, कमलले भर्सटायल सोलुसन कम्पनीको नाममा ५ सय भन्दा बढी मान्छे नेपालबाट लगेका छन् । कमलले विगत लामो समयदेखि नेपालबाट करार सम्झौता गरेर कामदार लैजाने र त्यहाँ लगेर सम्झौताविपरीत नेपालीहरूलाई विभिन्न कम्पनीहरूमा बेच्ने गरेको पीडित नेपालीहरूको गुनासो छ । ‘कमल आप्रवासी नेपालीको पक्षमा चर्को कुरा गर्छन्,’ उनीबाट ठगिएका एक नेपालीले भने, ‘तर, उनले नेपालबाट कैयन सीधासाधा नेपालीलाई लगेर करार सम्झौता अनुसारको काममा नलगाई अन्यत्र लगाउने गरेका छन् ।’ कमल जस्तै एनआरएन, पोर्चुगल शाखाका पूर्व उपाध्यक्ष हेमन्त सेढाईंले पनि कम्पनी चलाएर नेपाली कामदार लैजाने गरेका छन् । उनले बढी चितवनका कामदार लैजाने गरेको बताईन्छ । सेढाईले लगेका कैयन कामदारले ठगिएको भन्दै एनआरएन तथा बाणिज्य दूतावासमा उजुरी गर्ने गरे पनि सुनुवाई नभएको गुनासो गरेका छन् । एनआरएनले जस्तै अन्य विभिन्न संस्थाको आडमा समेत नेपालबाट मानव तस्करी भइरहेको छ । यसको उदाहरणका रुपमा नवीन गिरीलाई लिन सकिन्छ । उनले कास्की समाजका नाममा नियमविपरीत २३ कामदार ईरानको बाटो हुँदै लगे पछि केही समयअघि पोर्चुगलको प्रहरीले पक्राउ गरेको थियो । उनी हाल पोर्चुगलको जेलमा छन् । धन्दामा राजदूत र वाणिज्य दूत नै संलग्न स्रोतका अनुसार, पोर्चुगलमा कामको खोजीमा गएका नेपालीहरू दिन प्रतिदिन ठगिंदै छन् । ठगिएकै कारण कैयन सेल्टरहरूमा नेपालीको बाक्लो उपस्थिति देखिने गरेको छ । यस्तो रिपोर्ट वाणिज्य दूतावास तथा पोर्चुगल समेत हेर्ने फ्रान्सका राजदूत अम्बिकादेवी लुइँटेलसम्म नपुगेका पनि होइनन् । तर, राजदूत लुइँटेल र वाणिज्य दूत मकरबहादुर हमालले यसमा चासो दिने गरेका छैनन् । बरु उनीहरूले नेपालबाट कामदार पठाउन कम्पनीहरूलाई अनुमति दिइरहेका छन् । स्रोतका अनुसार, कम्पनीहरूले राजदूत र वाणिज्यदूतसम्म दान दक्षिणा चढाउने गरेकाले उनीहरू आफ्नो जिम्मेवारीबाट पन्छँदै कामदार पठाउन अनुमति दिइरहेका हुन् । ‘नेपालबाट मान्छे ल्याउने धन्दामा राजदूत लुइँटेल र वाणिज्यदूत हमाल आफैं छन्’ स्रोतले भन्यो, ‘त्यसैले उनीहरू नेपालीले प्रतिदिन दुख पाइरहँदा समेत कामदार ल्याउन अनुमति दिइरहेका छन् ।’ स्रोतका अनुसार, कम्पनीहरूलाई कामदार ल्याउन सिफारिस गरिदिए बापत ५ सय युरो पाइने भएकाले वाणिज्य दूत र राजदूत यो धन्दामा ज्यान फालेर लागेका छन् http://tvannapurna.com/nrn-man...

ktmpost · Dec 28, 2016 12:02 PM · 1,596 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all