जीवन बिमाको नाममा कसरि ठगिदैछन नेपालीहरु - बिस्तृत जानकारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साभार http://www.nepalmother.com/201... अमेरिकामा जीवन विमा ठगी प्रकरण : हजारौं नेपाली र भुटानी शरणार्थी समूदाय मार्कामा ! - दिनेश कार्की,  बोष्टन , अमेरिका मल्टिलेवल मार्केटिङमा आधारित बिमा कम्पनीहरुबाट जीवन विमा गर्ने अमेरिकामा बसोबास गर्ने नेपालीहरुले ठगिएको महसुस गर्न थालेका छन्। नेपाली बिमा अभिकर्ताले बिमित व्यक्तिलाई सम्पूर्ण जानकारी नदिइ गलत जानकारीमात्र दिंदा यस्तो स्थिति आएको हो। बिमा अभिकर्ता (एजेन्ट)हरुले आश्चर्यजनक ढंगबाट कमिशन प्राप्त गरिरहने तर बिमा गर्ने व्यक्तिले आश्वासन दिइएको बचत व्याजदर नपाउँदा अमेरिका स्थित हजारौं नेपाली र भुटानी शरणार्थी समूदाय अहिले मार्कामा परेको मेरिल्याण्ड स्थित इण्डियन हेड शहरका उपमेयर किरण सिटौलाको भनाइ छ। नेपाली समूदायबाट लोकतान्त्रिक तबरबाट चुनिएका प्रथम उपमेयर सिटौलाका अनुसार अंग्रेजी भाषा राम्रोसँग नबुझ्ने नेपाली र भुटानी समूदायका व्यक्तिहरुलाई समेत कुनै दोभासेको व्यबस्था नगरिकन बिमा बेच्नु भनेको सरासर अपराध हो । ‘राम्रो सँग नबुझिकन बुझें भनेर हस्ताक्षर गर्नु पनि बिमित व्यक्तिको गल्ती हो’, सिटौलाले भने । आफन्त र साथीभाइलाइ हदैसम्मको विश्वास गर्ने र भर पर्ने बानी नेपालीहरुको छ । नेपालीहरुको यो सोझोपनलाई उनीहरुका चलाख बिमा अधिकर्ताले फाइदाको रुपमा लिने गरेका छन् । सिटौला थप्छन्, ‘अहिले भएको ठ्याक्कै त्यस्तै हो, असम्बन्धित क्षेत्रका व्यक्तिले जव बिमा बेच्न थाल्दछन् वा बिमा भिडाउनका लागि तपाईं र तपाईंका परिवारका कलिला बालबालीकाको भविष्यको बारेमा अस्वाभाविक चिन्ता व्यक्त गर्दछन् भने ठान्नुहोस् त्यहा पक्कै केही गडबडी छ।’ सिटौलाले सुझाए । इन्डेक्स्ड युनिभर्सल लाइफ अन्तरगत पर्ने बिमा उत्पादनहरु ठगीमा परेको भनिएका अधिकांश नेपालीले किनेका छन् । बिमा अभिकर्तालाई मात्र धेरै नाफा हुने यस किसिमको बिमा अधिकांश शिक्षित अमेरिकनमाझ त्यति चल्तीमा छैन । यसमा ग्राहकलाई निश्चित रकम वा इक्विटी इन्डेक्सड एकाउन्टको छनौट दिए पनि बजारमूल्य र सञ्चालन खर्च आदिका कारण बिमा गर्ने व्यक्तिले खासै फाइदा नपाउने विज्ञहरुको भनाइ छ । जीवन बिमा गरि परिवारका सात सदस्यको मासिक १ हजार १ सय डलर तिर्दैआएका भर्जिनिया बस्ने रामप्रसाद खनाल त्यतिवेला छाँगोबाट खसेजस्तै भए जतिवेला उनलेथाहा पाए कि विमा गरेको चार बर्षमा उनको बचत शून्य बराबर रहेछ । उनको विमा गरिदिने नेपाली बिमा अभिकर्ताले उक्त बिमा कम्पनीबाट १५ प्रतिशत व्याज प्राप्त गर्न सकिने आश्वासन दिएको खनाल बताउछन् । ‘पैसा बैंकमा बचत गर्दा राम्रो व्याजदर प्राप्त नहुने स्थितिमा जिवन बिमा पनि हुने र बचत गरेवापत राम्रो व्याज पनि प्राप्त हुने यो प्याकेज आकर्षक लाग्यो ।’ विश्वास गरेका एक नेपालीले आफ्नो विमा कम्पनीमा आवद्ध गर्नकालागि नभएका स्किमहरु देखाए र उनले पनि साथी र विश्वासको आधारमा मौखिक कुरालाई पत्याए । उक्त विमाका विभिन्न शर्त तथा जानकारीहरु आफैंले पढ्न जरुरी ठानेनन् । ‘एजेन्टलाई धेरै विश्वास गर्नु र त्यसका शर्तहरु अक्षरश नपढ्नु मेरै गल्ती थियो।’ खनालले भने । उनले आफ्नो नाममा मात्र बिमा गरेनन् आफ्नै परिवारका भाइसहित ७ जना अनि आफ्नो वरपरका मानिसहरु गरी करिब ४० जनाको बिमा गराउन सहयोग गरे । ति नेपाली एजेन्टले ग्राहक खोजिदिएवापत कमिशन लिन आग्रह गरेको तर आफूले नलिएको खनाल दावी गर्छन। ‘हामीलाई विमा बेचिसकेपछि ति नेपाली हामीबाट टाढाटाढा हुने र हाम्रो सम्पर्कमैं आउन छाडे ।’ खनालले अगाडी भने ‘त्यसपछि विमाको बारेमा यसका जानकारहरुसँज बुझ्न थालें ।’ आफ्नो परिवार पूर्णरुपमा ठगिएको कुरा खनालले ४ वर्षसम्म विमा प्रिमियम मात्रै ५० हजार डलर तिरेपछि मात्र थाहा पाएको बताए । चिनजानका मानिसको चिप्ला कुराहरुको चंगूलमा पर्नेहरुको लिष्ट लामो छ । राजधानी डिसी वरपरको क्षेत्रमा बसोबास गर्ने नेपाल अमेरिका पत्रकार संघ नेजाका सस्थापक अध्यक्ष गिरिश पोखरेलको परिवारले पनि यस्तै बिमामा ३० हजार अमेरिकी डलर गुमाएको बताए। ‘त्यो बेला बुझिएन। अहिले खोलो फर्किदैन।’ पारिवारिक मित्रको रुपमा रहेका एक व्यक्तिले छोरीहरुको भविष्यको लागि भन्दै इमोशनल व्ल्याकमेलिंग गरेपछि विमा गर्न उनी राजी भए । ‘कुनैबेला एउटै घरमा बसेको मानिसबाट यसरी ठगिनसकिन्छ भन्नेकुराको अनुमान गर्न सकिन, पोखरेलले भने ।’ अहिले अमेरिकामा रहेका नेपाली र भूटानी शरणार्थीसमूदायबीच विमा कम्पनीका नेपाली एजेन्टले विमा पोलिसीका बारेमा झुट्टा कुरा बताएर विमा गर्न लगाएको विषयले सामाजिक सन्जालहरुमा हाल विशेष चर्चा पाइरहेको छ । -साभार ; सेतोपाटी  **************************************** Exclusive :  अमेरिकी नेपाली समाजमा इन्स्योरेन्स स्क्याण्डल - शिव प्रकाश "सोझा साझा नेपाली र नेपाली मुलका भुटानी हरुलाई चुर्लुम्म डुबाएर एजेन्ट हरु हप्तामा म यती कमाउँछु र उती कमाउंछु भन्दै पे चेक का कुरा फेसबुकमा शेयर गरिरहँदा ठगिएका ग्राहकहरुको रुवाबाशी छ । यस्तो बेला पनि कलम चलाईँदैन भने हामी के का पत्रकार ?? के को समाजसेबी ?? केको अाँखा देख्ने मान्छे ?? सबैले सोँचौ, गलत कुरालाई निरुत्साहित र सहि कुरालाई प्रोत्साहन दिउँ । हामी चाहन्छौँ हाम्रा अरु थुप्रै नेपाली हरु पनि उपेन्द्र महतो, जिबा लामिछाने, शेस घले बन्न सकुन तर अशल काम गरेर ।" - नेपाल मदर डट कम www.Nepalmother.com  ******** इन्स्योरेन्स इस्क्याडलका बारेमा हामी किन लेख्दैछौं ? मित्रहरु, मित्रतामा जति ठूलो शक्ति केहीमा हुँदैन भन्ने विश्वास हामीलाई भायो तर त्यसले घातको घनत्व त्योभन्दा बढी बोकेको हुन्छ भन्ने कुरा हामीलाई कहिल्यै विश्वास भएन। इन्स्योरेन्समा पनि हामीलाई मित्रताले नै तान्यो ।  * अमेरिकामा रहेका व्यक्ति विशेष र समाजलार्इ सुसूचित गर्नु र थप क्षति हुनबाट बचाउने प्रयासलार्इ हामीले हाम्रो कर्तव्य ठान्यौं । अर्थात म एउटा लेखक हुनु र मेरा केही भाइमित्र पत्रकार हुनुको दायित्व र कर्तव्यले हामीलाई घचघच्यायो ।  * यो एपेटाइजर मात्र हो, मेन कोर्श आउन बाँकी छ । मेन कोर्षमा, जीवन वीमामा हामी कसरी ठगिएका छौं ? हाम्रो दुःखको कमाइ केही वर्षपछि कसरी वालुवामा पानी हुन्छ ? के के कुराहरू लुकाइएका हुन्छन् ? के के देखाइएका हुन्छन् ? हाम्रा थप त्रुटीहरू के के भए ? मेडिकल बिना कतिसम्मको इन्स्योरेन्स हुन्छ ? कुनै अर्को कम्पनीको इन्स्योरेन्स ट्रान्सफर हुन्छ कि हुदैन ?  * आगामी दश वर्षमा नेपाली समुदायले कति विलियन डलर गुमाउन सक्छ ? * त्यो पैसा कहाँ जान्छ ?  * एउटा एजेन्टले हप्ताको 28 हजार डलर कमाए भनेर फेसबुकमा गर्वका साथ किन शेयर गर्छ ? खोज पत्रकारितामा दखल राख्ने केही पत्रकार भाइमित्रको सहयोग र संलग्नतामा हामीले केही डकुमेन्ट प्राप्त गरिसकेका छौं । पीडितहरूबाट पनि त्यस्ता डकुमेन्टहरू प्राप्त भएका छन् तिनको विश्लेषण सहित हामी फेरि केही दिनभित्रै लेख्ने छौं । * मित्रहरू, इन्स्योरेन्सबाट फाइदा नहुने हैन, धेरै हुन्छ तर किन्नेलाई हैन, बेच्नेलाई।  - शिव प्रकाशको सनसनी पूर्ण लेख प्रमाण सहित ।    'These Products are designed to be sold, not bought!'   अर्थात ती बस्तुहरु बेच्नका लागि बनाइका हुन्छन्, किन्नका लागि हैन । बेच्नका लागि बनाएका ती कयौ वस्तुमध्ये केही जीवन बीमा पर्दा रहेछन् । बेच्नका लागि बनाएको त्यो बस्तु मैले पनि किने । तर दोष बेच्नको हैन, मेरै हो । किन्ने म हुँ बेच्नेको काम आफ्नो माल जसरी भएपनि बेच्ने हो । किन्ने काम त्यो मालको गुण–दोष ठम्याएर मात्र किन्ने हो । त्यो गरिन, नगर्नु मेरै गल्ती हो । आफ्नो गल्तीप्रति आफैंलाई धिक्कार ! प्रसंग हो, अमेरिकाको नेपाली  समुदायमा फैलिएको इन्स्योरेन्स स्क्याण्डलको ! यो स्क्याण्डल कति डरलाग्दो छ ? समयले बताउने छ, सत्यहरु क्रमशः उद्घाटित हुदै छन् । तर अहिले नै नेपाली समाजमा छताछुल्ल भएको छ । म जस्ता कति लगनी कर्ताले मभन्दा न्याउरो मुख लगाएका छन् । मैले ११ वर्ष अघि जीवन बीमा किनेको रहेछु । अहिले फायक पल्टाएर हेर्दै छु, कति गुमाए ? अझै भेउ पाउन सकेको छैन । त्यहाँ प्रयोग गरिएका भाषा र इण्डेक्समा देखाइएका अंकहरुको अर्थ र हिसाब नबुझ्नु अहिले पनि मेरो प्रमुख कमजोरी भएको छ । तर अहिलेसम्म जति बुझाएँ त्यो रकम निक्कै फराकिलो दायरामा घटेको छ । घट्ने कारणहरु धेरै रहेछन् ती कुराको जानकारी वीमा खरिद गर्ने बेलामा भएन । बढ्ने कारणहरु थोरै भएपनि धेरै दिइयो मन लोभियो, महिनाको तीनसय डलरका दरले तिरेँ । वीमा लिनुभन्दा अगाडि मलाई बीमा आवश्यक छ कि छैन ? न मैले साचेँ, न मैले सोधेँ । बीमा चाहिन्छ तर कुन साइजको, कति रकमको, कति प्रिमियको ? कस्तो ? केही सोधिन । बेच्नेले जे भन्छ त्यो सुने, वीमा लिएँ । बेच्नेले सबै राम्रै र सधैं राम्रो हुने बतायो । आफ्नो लगानीमा वार्षिक १३ प्रतिशतसम्म मुनाफा हुने देखायो । जीवन बीमा चाहिन्छ । त्यसमाथि सबै राम्रै राम्रो, नराम्रो भन्ने केही नभएपछि नलिने भन्ने प्रश्न पनि भएन । अझ त्यसमाथि राम्रोसँग चिनेजानेको मान्छे । १० वर्षपछि तेरो क्यासभ्यालु यति हुन्छ भनेर लोभलाग्दो फिगर देखायो । मानौ, ४० वर्षपछि मृत्यु भएमा परिवारले यति रकम एकमुष्ट पाउँछ भन्ने अर्को झन् लोभलाग्दो रकमले लोभ्यायो । उसले जे जे भन्यो, विश्वास गरेँ, कुनै प्रश्न गरिन । प्रश्न किन गरिन ? बीमाका बारेमा मूल प्रश्न पनि त्यही रहेछ त त्यो नै गरिन । पहिलो कुरा, मैले उसलाई विश्वास गरेँ । किन गरेँ ? मित्रताका कारणले गरेँ । त्यसैले कुनै प्रश्न गरिन । सँस्थागत संलग्नताका कारणले धेरैपछिसम्म पनि गरिरहेँ । सामाजिक र समुदायीक साइनोका कारणले पनि गरिरहेँ । त्यसैले म उसालाई दोष दिन्न, दोषी मै हुँ । विश्वास गर्नु नै मेरो दोष हो । मूल कमजोरी पनि हो । उसको पेशा र  पेशागत कर्म उसले ग¥यो, वीमा बोच्यो । तर कर्म गर्नेले पेशागत धर्म कति निभाएको छ ? मैले कहिल्यै सोचिन । हेरिन, खोजिन । गल्ती मेरो भयो । मेरै जस्तो गल्ती धेरैले गर्नु भएको रहेछ भन्ने अहिले देखियो । हामीले प्रश्न नगर्नुको कारण अर्को पनि छ । इन्स्योरेन्सको त्यो २० औं पेजको बाइण्डिङ् बुकमा प्रयोग गरिएको भाषा । भाषा नबुझ्नु । बुझेर पनि नपढ्नु अर्को ठूलो कमजोरी हुन गयो । तर हाम्रो यो कमजोरीको कारण पनि मित्रता र मित्रतामाथिको विश्वास नै हो । मित्रहरु, मित्रतामा जति ठूलो शक्ति केहीमा हुदैन भन्ने विश्वास हामीलाई भायो तर त्यसले घातको घनत्व त्योभन्दा बढी बोकेको हुन्छ भन्ने कुरा हामीलाई कहिल्यै विश्वास भएन । मित्रले जे भन्यो त्यसैमा विश्वास ग¥यौं । जहाँजहाँ भन्यो त्यहाँत्यहाँ सही ठोक्यौं । दिउँसै देखाएको सपानामा रमायौं । २० वर्षपछि मेरो पैसा १० औं गुना बढेर यति र उति हुन्छ भनेर दंग प¥यौं । दोष उसको हैन, हाम्रै हो । सयप्रतिशत हाम्रो हो । बैंकमा पैसा राखे एक प्रतिशत पनि व्याज नआउने इन्स्योरेन्समा १३ प्रतिशतसम्म बढ्ने । मीठो चारोले तान्यो । हामी फस्यौं । अहिले अरुलाई दोष दिएर हुदैन । अमेरिकाका नेपाली समुदायलाई बेचिएका इन्स्योरेन्स मध्ये राम्रो इन्स्योरेन्समा गनिएको मेरो त यो हालत छ भने अहिले चर्चामा आएका र विगत २–३ वर्षमा हजारौं नेपालीलाई बेचिएका इन्स्योरेन्सको हालत के होला ? अहिले पनि धेरै नेपालीको समस्या मेरोभन्दा जटिल र डरलाग्दो हुन सक्छ । फेसबुकमा व्यक्त आक्रोशले यस्तै देखाएको छ । प्रायसबै आक्रोश मिल्दाजुल्दा पनि छन् । इन्स्योरेन्सबाट फाइदा नहुने हैन, धेरै हुन्छ तर किन्नेलाई हैन, बेच्नेलाई । बेच्नेलाई धेरै फाइदा हुन्छ भने किन्नेले धेरै घाटा बेहोर्नै पर्छ । सामान्य सिद्धान्त पनि हो यो । हामीमा यही सिद्धान्त लागू भएको हो । वैश्य युग हो तर व्यवसायमा ‘इथिक’ पनि हुन्छ भन्ने कुरा पुरै गौण हुन गयो भने वैश्यकर्म हुदैन, अधर्म हुन्छ । मुख्य कुरा, आफ्नै समुदायको कोही मान्छेले केही काम गर्छ र त्यो कामले उसको पनि उन्नती हुन्छ र आफूलाई पनि राम्रो हुन्छ भने कसले नाई भन्छ । समुदायको मान्छे माथि उठ्दा, उन्नति–प्रगति गर्दा कुन नेपालीलाई गर्व हुदैन । शेष घलेप्रति गर्व गर्ने हामी नेपाली कति छौं ? अमेरिकामा पनि यस्तै शेष घलेहरु जन्मिउन भन्ने चाहना राख्ने धेरै हुन सक्छन् । भएको यो पनि हो, विश्वासको मूख्य कारण पनि यही हो । एउटा नमूना जस्ताको तस्तै राख्न चाहन्छु– ‘आज म जे लेख्न लागेको छु, यो मेरो लेखाईले मेलै घमण्ड गर्न खोजेको लगायत तपाइँहरुले सोच्ने सम्भावना छ भन्नेमा सचेत हुदै विनम्रतापूर्वक भन्छु, त्यस्तो नसोचिदिनु होला । मेरो आजको साप्ताहिक Pay Check ko रकम २८, ००० (अट्ठाईस हजार डलर रहेछ) मैले अमेरिका बसाईको शुरुको १० वर्ष एकाउण्टेण्टको काम गर्दा यति ठूलो रकम वर्षभरिमा पनि कमाउन सकेको थिइन । आज यो सम्भव हुनुमा मैले Land of Opportunity को उपयोग गर्न पाएर हो ।’ एक व्यक्तिले फेब्रुअरी ११, बिहान १०ः५२ गर्वका साथ आफ्नो स्ट्याटश शेयर गरेका रहेछन् । त्यसलाई मेरा एक मित्रले फेब्रुअरी १७ मा रिशेयर गरे । त्यसैदिन मित्रसँग भेट भयो । मित्रले भने– ‘हाम्रो दुःखको कमाई कहाँ जाँदो रहेछ बल्ल थाह भो ।’ उनले तिनै गर्विला मान्छेसँग जीवन वीमा किनेका रहेछन् ।   यो लेख तयार गर्दा गर्दै भर्जिनिया, अमेरिका निवासी सम्झना आत्रेयको आक्रोस पनि फेसबुकमा उग्र भएर पोखियो । जो स्वयं भुक्तभोगी थिइन् । स्क्रिन प्रिन्टको कपी पनि राखिएको छ । एकतिर व्रम्हलूट र अर्कोतिर कथित समाजसेवी भएर रिकिम्म परेर हिडेको निर्लज्जतालाई पनि उनले औल्याएकी छिन् । विषयगत ज्ञान नभएको झूण्ड भनेकी छिन् । नेपाली सामाजिक सँस्थाहरुप्रति आम नेपालीको उदाशिन हुनु र दूरदूर गर्नुको कारण पनि सम्झनाजीले भनेजस्तो समाजसेवाको जामा नै हो । यो जामाभित्र के लुकेको छ हामीले खोजेनौ । त्यसमाथि हामीलाई लोभलालचले फसायो । धोती खुस्किएको अहिले थाह भो– वास्तवमै यो किन्नका लागि हैन, बेच्नका लागि मात्रै रहेछ । खासाको माल जस्तै हेर्दा साह्रै सुन्दर, साह्रै राम्रो तर प्रयोग नै नगरी राखेकै ठाउँमा बिग्रिने । फेसबुकमा एउटा कमेन्टका रुपमा पनि लेखेको थिए, यहाँ पनि उल्लेख गर्छु– मोन्छे देखेर हैन, भोगेर चिनिन्छ । बोलेर पनि हैन, बेहोरेर मात्र चिनिन्छ । चिन्न नसक्नु हाम्रै गल्ती हो । चामलका गेडा हेरेर कुहिएको कनिका किन्ने मूर्खता हामीले नै ग¥यौं । सम्झना आत्रेयजीले औंल्याए जस्तो के हामीले एजेन्टको योग्यता, अनुभव, विषयतग ज्ञानबारे सोध्यो, खोज्यौं ? सोधेनौ खोजेनौ । किन भने मित्रता, चिनजान, चिनजानवालाको सिफारिस र भएभरका सँस्थामा भएको संलग्नताका कारणले हामी विश्वास ग¥यौं र गरिरहेका छौं । मित्रहरु, गल्ती र दोष एजेन्टको हैन । आफ्नै हो ।   साभार : Setopati.com + थप सामग्री लेखक शिव प्रकाशबाटै थप गरी पठाइएको   http://global.setopati.com/ame... रगत पसिनाको कमाई लुटेर सपना बेच्दै अमेरिकी सपना साकार पर्ने घरभित्रका ठग र लुटेराहरुलाई अमेरिकी कानुनको दयारामा ल्याउने काममा हामी सबै लागौं संसारमा सबभन्दा बढी बिक्रि हुने चिज सपना रहेछ त्यो राजनीति देखि ब्यापारसम्म त्यहि रफ्तारमा बिक्रि हुन्छ | तर कुनै कुनै किनिएको अथवा स्वीकार गरिएको सपना यति महँगो हुन्छ कि त्यो जीवन पर्यन्त पिडा र घात भएर बल्झिरहन्छ | सपना अनि सम्भावनाको देश भनेर जानिने अमेरिकामा त्यो सपनाको आकार पनि ठुलै हुन्छ अनि त्यहि ठुलो आकारको सपना नै आखिरमा गएर चटके ठगहरुले चक्रब्यूह रच्ने फराकिलो धरातल बन्दछ |हामी अक्सर हाम्रै र आफ्नै मान्छेबाट ठगिएका, मिचिएका, थिचिएका र बेचिएका छौं चाहे त्यो मातृभूमी नेपालमा होस अथवा त्यहि रंगीन सपनाको कर्मभुमी अमेरिकामा | सगर्व श्रम बेचेर खान पाईने अमेरिकामा पनि हामी हाम्रै मान्छेलाई ठग्ने बहाना र अप्ठेरा ठाउंहरु खोज्छौं: जीवन बीमा (लाईफ ईन्स्योरेन्स), काम लगाई दिने (एम्प्लोईमेंट एजेन्सी), मान्छे ल्याउने (मेनपावर कम्पनी) अनि अरु के के के के | नचाहिएको ठाउंमा छुच्चो र कडा जस्ता लाग्ने हाम्रा मान्छेहरु चाहिएको बेलामा कि त लाछी अथवा अधिक क्षमाशिलता बनिदिन्छन | तिम्रा श्रीमान र छोरालाई अमेरिका ल्याईदिन्छु भनेर बीसौं हजार ठग्नेलाई अमेरिकी कानुन अनुसार कारवाही गरौँ भन्दा “होइन हौ बाबु छाडी दिउँ त्यो पापीलाई अब त्यसलाई अमेरिकी जेलमा कोचेर के गर्नु मेरो पैसा असुल हुने होइन | त्यसको पनि श्रीमती लालाबाला होलान तिनको बिजोक हुन्छ |” भन्छन अनि प्रवासी समाजमा त्यस्ता हुडारहरु अर्को शिकारको बहाना खोज्छ | यो मैले आफैले  भोगेको यथार्थ र घटना हो | अहिले चर्चाको शिखरमा छ जीबन बीमा (लाईफ ईन्स्योरेन्स) को नाममा नेपाली एजेन्टहरुले गर्ने गरेको ठगी धन्दा | यो प्रोडक्ट आफैमा खराब होइन तर अधिकांश नेपाली एजेन्टहरुले यो उत्पादन बिक्रि गर्दा गलत सुचना, तथ्याङ्क र गणित दिएर ग्राहक (सेवाग्राही) लाई ईन्स्योरेन्स प्लान होइन कोरा सपना बेचेका हुँदा रैछन | त्यो सत्यको ढिलै भएपनि अहिले पर्दाफास हुँदैछ | अघिल्लो हप्ता संचारकर्मी राम प्रसाद खनालले यसै बिषयका ज्ञाता अनिल खनालसंग वार्तालाप गरेको श्रब्य-दृश्य सार्वजनिक सम्प्रेषण भएपछी यो बिषय प्रवासी नेपाली समाजमा भाईरल बनेको छ | प्रवासी नेपालीहरुको बाक्लो आवादी भएको सहरको घर-आँगन, चौक, गल्लि, मोहल्ला अनि डबलीहरुमा यहि बिषय र सम्भावित ठगहरुको बारेमा चर्चा-परिचर्चा सुरु भएको छ |  यसो गरिरहँदा अथवा भनिरहँदा गहुँ पिस्दा घुन चाही पिस्नु हुँदैन त्यो बिषयमा हामी संचारकर्मीहरु सचेत र संबेदनशील हुनुपर्दछ किनकी त्यो उनीहरुले स्वेच्छाले अङ्गीकार गरेको पेशा हो तर उत्पादन नबेचेर उनीहरुले पनि सिर्फ उडन्ते सपना मात्र बेचेका रहेछन भने अमेरिकी कानुन र कानुनले तोकेको दण्डबाट चाँही कुनै पनि बहानामा उनीहरुले उन्मुक्ति पाउनु हुँदैन | राम प्रसाद खनालले आरम्भ गरेको यो साहसिक अभियानले अहिले सपना बेचेर महल ठड्याउने सपना बोकेका ठगहरुको मनमा ८.५ रेक्टर स्केलको भुकम्प आएको छ | त्यसो परकम्पनले अहिले अरु खाले पेशेवर ठगहरुको पनि ओंठमुख सुक्न थालेको छ | यो चेतनामुलक अभियानले बृहद परिबेग ल्याएको छ | अहिले पछिल्लो चरणमा थुप्रै संचारकर्मीहरुले यथार्थपरक अनि खोजमुलक आलेख तथा समाचारहरु सम्प्रेषण गरिरहेका छन | पछिल्ला दिनहरुमा लेखक शिब प्रकाश, दिनेश कार्की, गुणराज लुइंटेल, चन्द्र खतिवडा, भोला आचार्य, सहदेब पौडेल, सम्झना आत्रेय, ससंग लामा जस्ता संचारकर्मीहरुले आफ्ना विचार र अनुभब सम्प्रेषण गरिरहेका छन |  यस खाले दण्डहिनता हामी आफ्नै कारणले मौलाईरहेको छ | हामी देख्छौं तर बोल्दैनौं, चुपचाप सहन्छौँ त्यसैको फाईदा उठाएर प्रवासमा पनि हाम्रो समाज परपीडक बनिरहेको छ | लुटको साम्राज्य बनिरहेको छ | तपाई हाम्रो रगत पसिनाको कमाई लुटेर सपना बेच्दै अमेरिकी सपना साकार पर्ने घरभित्रमा ठग र लुटेराहरुलाई अमेरिकी कानुनको दयारामा ल्याउने काममा हामी सबै लागौं | न्युयोर्कको रेल स्टेशनको डिब्बा भित्र र बाहिर होर्डिंग बोर्डहरुमा एमटीएले लेख्ने गरेको छ “इफ यु सी समथिङ्ग, से समथिङ्ग” यत्ति गर्न सके हाम्रो प्रवासी नेपाली समाज एक कदम अगाडी बढ्छ |  - plz see this link too - http://sampreshan.org/?p=92499    अमेरिकी नेपालीमा विमा आतंक ! शिव प्रकाश र दिनेश कार्की लेख्नुहुन्छ :   जीवन बिमा के हो ? किन ? केका लागि ? कुरै नबुझी हामी धेरैले किन्यौ । तर किन किन्यौ विश्वासका कारणले किन्यौं । नेपालीले नेपालीमाथि विश्वास गर्यौं । जीवन बिमा अहिले अमेरिकामा रहेका नेपाली र भुटानी नेपाली शरणार्थीका घरघर चर्चा र त्रासको विषय बनेको छ । यो आलेखमा मुख्यतः जीवन बिमामा हामी कहाँ र कसरी ठगिएका हुन सक्छौ भन्नेछ । यससँगै हामी यो विषयमा किन लेख्दैछौं भन्ने प्रश्न पनि अहम् भएको छ । हामी किन लेख्दै छौं ? बजारको हल्ला पछाडि लागेका होइनौं । नेपालीले प्रायशः नेपालीलाई मात्र बेचेको इन्स्योरन्सका बारेमा सामाजिक सञ्जालमा एक्कासी चर्चा परिचर्चा हुन थाले । असन्तुष्टी व्यापक देखियो । धेरैले आफू ठगिएको प्रमाण सहित प्रतिकृयाहरु राखे । धेरै प्रतिकृयाहरु विश्लेषण गर्यौं । असन्तुष्टको भाषाले कतैकतै सामाजिक शिष्ठताका सीमा पनि नाघेको देखियो । त्यसको अर्थ, त्यो उग्र असन्तुष्टीको अभिव्यक्ति हो भन्ने ठान्यौं । यति धेरै क्रिया–प्रतिक्रिया भएपछि यो व्यक्तिगत हैन समाजिक विषय हो भन्नेमा हामी पुग्यौं । निक्कै ठूलो नेपाली समुदाय यसमा गाँसिएको देखियो । म शिव प्रकाशले एउटा कमेन्ट लेखेँ । विषयले व्यापकता पाउँदै गयो । मलाई फोन र टेक्स म्यासेज आउन थाले । केही मित्रबाट फरक खाले अवधारणा आए । तपाइँ जस्तो मान्छेले यस्ता कुरामा हात हाल्ने हैन, लेख्ने हैन । बरु हामीले के सहयोग गर्नुपर्छ, गर्छौ जस्ता अफर पनि आए । मलाई लाग्यो कतै लालचको चारो त फालिएको हैन ? यो बिकाउ युगमा आफ्नो मूल्य नतोकी बस्नु पनि साह्रै गाह्रो रहेछ । हामी फेरि प्रतिकृया केलाउन थाल्यौं र सोच्न थाल्यौं । यो बिमा व्यापार किन नेपाली–नेपालीबीच मात्र भयो ? किन नेपालीले नेपालीलाई मात्रै बेच्यो ? अरु कसैका गुनासा किन छैनन् ? बिक्रेता पनि नेपाली र क्रेता पनि नेपाली मात्र किन छन् ? प्रतिकृयाहरु पनि यस्तै देखिए । त्यतिबेलासम्म एउटा कुनै बिमा कम्पनीको नाउँबाट बिना हस्ताक्षरको धम्कीपूर्ण विज्ञप्ति पनि सामाजिक सञ्जालमा फैलिसकेको थियो । आशय थियो–यसको बारेमा बोल्ने–लेख्नेका विरुद्ध अदालतमा मुद्दा दायर गरिनेछ । एक मित्रले राम्रो भाषामा मेरो प्रशंसा गर्दै त्यो धम्कीपूर्ण विज्ञप्ति मेरो म्यासेन्जरमा पठाउनु भयो । हेरेर छक्क परेँ । फोनमा कुरा गरौं भनेर म्यासेज पठाएँ । मित्रले फोन गर्नु भयो । मैले भने–तपाइँहरुले अर्को गल्ति गर्दै हुनुहुन्छ । यति हतारमा यो भाषाशैलीको, बिना हस्ताक्षरको यस्तो उर्दी जारी गर्नु भनेको तपाइँहरुको कामलाई झन् शंकास्पद बनाउनु हो भन्ने पनि बुझ्न सकिन्छ । मित्रले काम कस्तो गर्नु भएको छ थाह छैन । तर, कुरा ज्यादै ‘प्रोफेशनल म्यानर’मा गर्नु भयो । एउटा व्यावसायीक मान्छेमा हुनु पर्ने गुण गफमा देखाउनु भयो । जसको म प्रशंसा पनि गर्छु । उहाँलाई सुझाव दिदैं भने–तपाइँहरुले गलत इन्स्योरेन्स बेच्नु भएको छैन भने पब्लिक्ली सामना गर्नुस् । धेरै मान्छेले आफूलाई झुक्याइएको, ढाँटिएको, इन्स्योरेन्स सम्बन्धी सम्पूर्ण जानकारी नदिएको, ठगिएको कुरा लेख्नु भएको छ । उहाँहरु सँग कुरा गर्नुस् । उहाँहरुको चित्त बुझाउनुस् । कुनै ऐजेन्टले जानेर–नजानेर गल्ती गरेको छ भने कहाँ गल्ती गर्यो, के के गर्यो, हल्लामात्र हो कि साच्चै हो, त्यसको खोजी गर्नुस् । गल्ती गर्ने एजेन्टलाई कारबाही गर्नुस् । सच्याउनुस्, आफ्नो र सँस्थाको इमेज बचाउनुस् । हामी सहयोग गर्न तयार छौं । मित्रले धम्क्याउन उद्धेश्यले हैन भन्दै विनम्रतापूर्वक सौहार्द्रता देखाउनु भयो । मलाई लाग्यो, एजेन्टहरु सबै खराब छैनन् । अर्का एक मित्रसँग कुरा भयो । बिना मेडिकल रिपोर्ट लाखौंको जीवन बिमा गर्न सकिन्छ भनेर सोधेँ । उहाँले सकिदैन भन्नु भयो । तर, आफू स्वयं भने यो व्यवसायमा नभए पनि पारिवारिक संलग्नता रहेको कुरा बताउनु भयो । ती मित्रले पनि मलाई यो विवादबाट टाढा रहन सुझाव दिनु भयो । उहाँले पनि राम्रै मान्छेले गर्ने ढंगले कुरा गर्नु भयो । भोलिपल्ट बिहानै फेसबुकमा उही उर्दी आएको छ । तर, फरक मान्छेबाट । मैले उहाँलाई प्रश्न गरेर टेक्स्ट म्यासेज लेखेँ । तपाइँले यो उर्दी मलाई किन पठाउनु भएको ? तपाइँ चाहनु हुन्छ भने कुरा गरौं । मेरो फोन नम्बर मैले पठाएँ । तर, उत्तर आएन । हामीलाई लाग्यो यो लरतरो विषय हैन । पिरामिड र नेटवर्किङ् बिजनेश खतरनाक हुन्छ भन्ने पनि सुनेको हो । जति सक्यो गहिराइमा पुग्नु पर्छ भन्ने लाग्यो । इस्योरेन्सका नाउँमा तीन–चार वर्षमै तीसौं–चालीसौं हजार डलर गुमाएका प्रमाणहरु सामाजिक सञ्जालमा फैलिन थाले । हामी अनुमान लगाउन थाल्यौं, अमेरिकाम तीन लाख नेपाली छन् भनिए पनि अपुष्ट अनुमानमा सात लाखभन्दा बढी छन् भनिन्छ । यही ‘स्पिड’मा यी मध्येका तीन लाख नेपालीले मात्र चार–पाँच वर्षमा बीस–तीस हजार डरलका दरले गुमाए भने पाँच–सात बिलियन डलर गुम्न सक्छ । पाँच–सात बिलियन भनेको त पाँच–सात खर्ब रुपैयाँ हो । यो भनेको नेपाली समूदायको ठूलो क्षति हो । यति पैसाले डाँडाकाँडा झिलिमिली पारेर नेपाल बनाउन सकिन्छ । हामीले सोच्यांै, लेख्ने कि नलेख्ने ? नलेख्ने भए किन नलेख्ने ? लालचमा परेर नलेख्ने ? त्रासका कारणले नलेख्ने ? लेख्ने भए केका लागि लेख्ने ? सधैं आफ्ना कुरा मात्र लेखेर जान्ने सुन्ने मात्र हुने कि समाजका लागि पनि केही लेख्ने ? लेखन भनेको के हो ? कसैलाई टल्काउने र सधैं खादा–माला भिरेर ‘फेसबुकको लाइक क्लव’ (लाइकको साटो लाइक गर्ने झुण्ड)मा रमाउनेहरुको रुद्रगाथा मात्र गाउने, लेख्ने ? मान्छे समाजका लागि मर्न तयार हुन्छ भने हामी सत्य र फेला परेका तथ्यका बारेमा लेख्न किन तयार नहुने ? हामीले थोरबहुत भए पनि कलम चलाउन जानेको र पत्रकारिता गरेको केको लागि भन्ने सौच्यौं । समाजको हितका लागि लेख्ने निधो गयौंं । तर, अदालतमा लाने धम्कीहरु सामाजिक सञ्जालमा फैलिरहेका थिए । अझैं फैलिरहेका छन् । खोज पत्रकारितामा जानकार भाइहरु सहभागी हुनु भयो । यो ‘फ्रिडम अफ् स्पिच’ भएको देश हो । हामी धम्कीको सामना गर्न तयार भयौं । यसैबीच, मैलें (शिव प्रकाश) एक जोडीलाई भेटेँ । इन्स्योरेन्सका बारेमा कुरा हुँदै जाँदा मैले भने, मलाई पनि धेरै थाह छैन तर इण्डेक्स युनिभर्सल लाइफका कमजोरीका बारेमा भने केही बताउन सक्छु । मैले उहाँहरुलाई केही नमुना देखाएँ । दुबै छागाँबाट खसेजस्तो हुनु भयो । उहाँहरुलाई सोधेँ, एजेन्टलाई सोध्नु भएन ? उहाँहरुको जवाफ थियो–पाँचवर्ष पछि पैसा बढ्छ रे । मैले भने, यदि इन्डेक्स युनिभर्सल लाइफ इन्स्योरेन्स हो भने पाँच वर्षपछि तपाइँको पैसा बढ्ने हैन, यसरी बालुवामा पानी हुन सक्छ भनेर एउटा नमुना देखाएँ । इन्स्योरेन्स सम्बन्धी ज्ञान भएको मान्छेलाई वाइण्डिङ कपी देखाउनुस्, सबै छर्लङ्ग हुन्छ भन्ने सुझाव पनि दिएँ । न्याउँरो मुख लगाउनु भयो । जसले अरु कुनै कम्पनीबाट झण्डै साढे दुई वर्ष अघि इन्स्योरेन्स लिइसक्नु भएको रहेछ । करीब साढे चार हजार डलर तिरिसक्नु भएको रहेछ । त्यो पनि ल्याप्स भएछ । मनमनै लाग्यो, के मान्छेले यतिसम्म बेइमानी गर्न सक्छ ? हुन त मान्छे जस्तो बेइमान् प्राणी यो संसारमा अर्को छैन । द

ktmpost · Dec 23, 2016 9:58 AM · 5,663 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all