नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमान्ड अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो। सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो। भारतले नेपालको राजनीतिक तहमा लबिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ। http://setopati.com/chapa-bata...

paladin · Dec 23, 2016 8:57 AM · 4,552 views

2 Replies

यो गुले ट्रम्पको दिमाग कुन दिशा लाग्छ थाहा नभए झै हमरा मुजी नेता हरु भारू खोल्तीमा पर पछि देशको के कुरा आफ्नै आमालाई लालटिन बाजार पुर्यौछन , श्रीमती पुर्याएको समाचार धेरै सुनाई सक्यौ | मुजी भारतले राष्ट्रीय नीति नै बनाई सक्यो : ५१ प्रतिसत स्वामित्व न भए बिद्युत न किन्ने | नेपाल लाइ आफ्नो स्टेट को रुपमा प्रयोग गर्ने नीति र हाम्रा नेताको बिक़ीने नीतिले हामी भारतको स्टेट मात्रा हुई सख्यौ |

Magorkhe1 · Dec 23, 2016 9:36 AM

बरु नेपाली नेताहरुलाई खुलेआम धोती लगाई दिएर भारतको लाबीईस्ट भने हुन्छ |

jerryswari · Dec 23, 2016 11:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all