झा जिको नामी उखान "रहली दो पदली कौन "?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सेलमाँ टया टया गरेर घरको फ़ोनमाँ कसैले फोन गरेर छोडेको म्यासेज देखाउँछ | प्ले गरेर सुनंदा सियर्स ले रेफ़्रिजेरेटर को ढोका राम्ररी लागेंन भनेर Diagnosis गर्न आउदै छू र ढिलो हुन्छ भनेको रहेछ | बुढियालाई सोधेको उलटै मलाई ईमेल आएको छ रे ? ऐकले अर्कालाई सोढ़्यौ तिम्ले फोन गरेर schedule गरेको हो ? यसै बेला मधेशमा बसेर कालेज जाडाका झा मित्रलाई समझिए : यो ऊनि बाटै सुनेको उखान हो | उनले भन्न चै रहली तीन पादली कौन तो सट्टा हामी दुई जाना मात्रै घरमा भएको ले तिनको ठाउमा २ राखेको हु | उनको अर्को बिर्सने नसकिने उखान " गिदडकि खाल बदली जा सकती है लेकिन आदते कभी नहीं " हो | कसैले खाते लेख्थ्यो आज मैले पानी लेख्नु परयो जति जति यो बर्गका मानिसको मानसिकता सझामा झुल्किन्छन तेती खेर यो उखान मेरो दिमागमा फुराउछ | कुरा को चुरो चै के हो भने न रेफ़्रिजेरेटर नै बिग्रिएको हो न हामी दुई मद्दे कसैले फोन गर्यो : भने पछि तेश्रो पक्ष को हात हुनु पर्छ | यो तेश्रो पक्ष को हो त ? कोइरालाको सत्रु कथा पढ्नु भएको छ ? मलाई पनि तेस्तै हूँन पुग्यो ? ईमेलमाँ फोन गर्नेको नाम पनि मेरै छ भने पछि मेरो नाम र फोन नम्बर थाहा पाएको मानिस हुनु पर्छ | तेती नभएर सियर्स बाट किनमेल गरेको पनि थाहा हुनु पर्छ | त्यों थाहा भएर मात्र नभएर हामीलाई दुःखं दिने मनसाय संग निचोड़ पनि गरेकै हुनु पर्छ | त्यों सत्रु कथामा झै लामो सोच्नै परेन | समाचारमा कही पारिवारिक घटना भए सबै भन्दा पाहिले घरकै मानिसलाई संका गरिन्छ , त्यों पनि गरियो र होइन भन्ने निधोमा पुगी सक्यौ | तेस पछिको दोश्रा संकालु मानिस माँ छिमेकी पर्छन | छिमेकीलाइ संका गर्न पुगे | यो चौथो बार्स हो हामी छिमेकी संग आउ जाऊ बंद भएको र बोलचाल बंद भएको बर्स दिन नाघ्यो होला | छिमेकी सुनील चै एक्लै भएको बेला हाई भन्न भ्याउछ भने बूढी भएको बेला जीऊ बंग्याएर हिड्छ | एक सनिवार कार बाट तेल चुहेको देखेर के भएको हो हेरि हालौ भनेर रयांपमाँ राखेर हेर्दै थिए १४ बर्स सम्म देखा नपरेको प्रोपर्टी मैनेजर देखा पर्छ | त्यों पनि बाटामा हिनी रहेको बेलामा देख्यो भानुम भने भित्र छिर्ने पर्छ कारलाई देख्न | मलाई संका लाग्यो तेहि मोरीले फोन गरेकी हुनु पर्छ | जाठि कंडो को एसोसिएसनमाँ कुनै पद ओगटकी हुनाले तिनीहरुको नंबर खोज्न पनि पर्दैन होला | त्यों भन्दा पाहिले पनि विजिटर पार्किंगमा हाम्रा गाडी मात्रै भए भनेर हामीलाई पत्र पनि आएको थियो | भने पछि मेरो संका एहि मोरीले गरेको हुनु पर्छ माँ पुग्यो | रिस भनेको मानिसको स्व-सत्रु हो | भएका गुणहरु अबगुण मा परिवर्तन हुन्छन् | एस्ता मानिस को अनुहार हेर्नुस जहिले पनि कालो बादलले छोपे जस्तो देखिन्छ | संका मात्र गरिएको हो ठीक पनि हूँन सक्छ बेठीक पनि | शिर्षक संग लेख को सम्बन्ध खोजनेहरुलाई : यो घटना घटेको बेला समझींन पुगेको झा जीको नामी उखान लाइ नै हेडिंग बनाएको हु | Last edited: 20-Dec-16 01:09 PM

MaGorkhe1 · Dec 20, 2016 1:06 PM · 52 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion