यौन सम्पर्क गर्न नदिँदा ट्याक्सी चालक लामाको हत्या भएको खुलासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जोरपाटीको नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको हत्या यौन सम्पर्क गर्न नदिदा भएको रहस्य खुलेको छ । लामाले स्थानीय होटलमा काम गर्ने माया तामाङसँग यौन सम्पर्कको प्रस्ताव गर्दा विवाद हुँदा उनको हत्या भएको रहस्य खुलेको हो । ‘लामाले पैसा दिई तामाङसँग यौन सम्पर्क गरेका रहेछन’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने ‘दोस्रो पटक पनि प्रयास भएपछि विवाद भएको रहेछ रक्सीले मातिएका लामालाई तामाङले धकेलेर लडाएपछि मागधन राईले टाउकोमा ढुंगा प्रहार गर्दा मृत्यु भएको रहेछ।’ प्रहरीका अनुसार ट्याक्सी चालक लामा साढे चार बजे नै संगीता राई थिङको हेलम्बु होटलमा तोङ्बा खान गएका थिए। त्यही क्रममा माया तामाङसँग चिनजान भयो । लामाले त्यहाँ बसेर धेरै बेर मादक पदार्थ सेवन गरे। त्यसपछि लामाले मायालाई ट्याक्सीमा लिएर दोहोरी साँझतर्फ गए। तर केही बेर गुडेपछि ट्याक्सी बिग्रियो। त्यसपछि उनीहरु फेरि हेलम्बु होटलमा फर्किए। करिब साँढे नौ बजे रेष्टुरेन्ट फर्किदा सबै सुतिसकेकोले माया र लामाबीच शारीरिक सम्पर्क भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । लामाले फेरि अर्को पटक पनि शारीरिक सम्पर्कको प्रयास गर्दा मायाले नमानेपछि धकेलाधकेल भयो। रक्सीले मातेका लामा भुईमा लडेका थिए। भुईमा लडेका लामालाई होटल सञ्चालक संगीताका भाई मागधनले टाउकोमा ईट्टा प्रहार गरे। त्यसको केही समयपछि संगीताले प्रहरीलाई खबर गरी लामालाई अस्पताल पठाएका थिए। टाउकोमा गम्भीर चोट लागेको नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदा बाटोमा नै मृत्यु भएको थियो। नयाँबस्तीमा रहेको कुमारी मन्दिर अगाडि धनप्रसाद शाहीको घरको भुई तल्लामा रहेको संगीता राई थिङले सञ्चालन गरेको हेलुम्बु रेष्टुरेन्टको पछाडि पट्टीको धारा छेउमा लामा राती १० बजेर ४५ मिनेटमा अचेत अवस्थामा फेला परेका थिए । उनको हत्यामा संलग्न प्रहरीले काभ्रे घर्तीछापकी २० वर्षिया माया तामाङ, सोलु कांकुका ३४ वर्षिया संगीता राई थिङ, ढलानको काम गर्ने २६ वर्षिय मागधन राई, रंगको काम गर्ने २० वर्षिय अरुण माझी र रेष्टुरेन्ट सञ्चालक संगीताकी बुहारी २२ वर्षिया दिया माझीलाई प्रहरीले पक्राउ गरेको छ। दोलखा भीमेश्वर १२ घर भई गोकर्णेश्वरको नयाँ बस्तीमा बस्दै आएका ३६ वर्षिय लामाले बा २ ज २२३ नम्बरको ट्याक्सी चलाउदै आएका थिए। नयाँबस्ती प्रहरी चौकी अगाडि घटना भएपछि स्थानीयवासीले सुरक्षा नभएको भन्दै मंसिर २६ गते महानगरीय प्रहरी विट, नयाँबस्ती तोडफोड गरेका थिए। स्थानीय वासिन्दाले विटमा आगजनी गर्नुका साथै पाँच वटा मोटरसाइकल जलाएका थिए

Reedika Vaskyl · Dec 19, 2016 11:58 AM · 314 views

1 Reply

Reedika vaskyl aka aftab alam...are you yet another attention seeking whore who has nothing better to do than post your shitty ctrl c + ctrl v bullshit.??

gwachaquarian · Dec 19, 2016 12:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all