कसैले प्रचण्डको निजि सम्पति देखाउन सके सन्यास लिने चुनौती

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचण्डको चुनौतीः मेरो निजी सम्पत्ति देखाऊ, सन्यासी बन्छु सन्देश श्रेष्ठ १ पुस, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिएका छन् । कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने उनको घोषणा छ । सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जग्गा छ । यो पनि पत्नी सीता दाहालको नाममा रहेको प्रचण्डले उल्लेख गरेका छन् । प्रचण्डको यो सपत्ति विवरणलाई धेरैले पत्याएका छैनन् । तर, प्रचण्डले भने सम्पत्ति विवरणमा उल्लेख गरेको चितवन भरतपुरमा रहेको एक कठ्ठा जग्गा र ३ तोला सुन पनि व्यक्तिगत नभई पार्टीको भएको बताए । पार्टीको प्रशिक्षणका लागि पोखरा आइपुगेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मान्छेहरु पत्याउँदैनन्, तर मेरो निजी सम्पति छैन ।’ साम्यवादको सिद्धान्त अनुसार नै आफूले सबै सम्पति पार्टीकरण गरिसकेकाले भएको सम्पत्ति कि पार्टीको कि सरकारको भएको उनले बताए । उनले आफूसँग अकुत सम्पति छ भनेर भ्रम फैलाएको भन्दै आक्रोश पोखे । उनले आफ्नो निजी सम्पत्ति भएको प्रमाणित गरेर देखाउन चुनौति दिए । कसैले निजी सम्पति भएको प्रमाणित गरे सन्यासी बन्ने उनको घोषणा छ । http://www.onlinekhabar.com/20...

ktmpost · Dec 17, 2016 1:53 PM · 1,875 views

1 Reply

Ask Lok Man sing Karki. He has his balance sheet. कुकुरले आचि खान छोड़ने कुरा झै गर्यो यो घुस्याहाले Last edited: 18-Dec-16 09:26 AM

MaGorkhe1 · Dec 18, 2016 9:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all