सम्पति विवरण सार्वजनिक गर्न प्रचण्ड किन डराए?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२३ मंसिर, काठमाडौ । व्यक्तिगत सम्पत्ति नराख्ने घोषणा गरे पनि सर्वहारा वर्गका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नाममा रहेको सम्पत्तिको विवरण अहिलेसम्म सार्वजनिक गर्न आनाकानी गरिरहेका छन् । हरेक प्रधानमन्त्रीले पदमा बहाल गरेको १५ दिनभित्रै सम्पत्ति सार्वजनिक गर्ने प्रचलनलाई अस्वीकार गर्दै आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण गोप्य राखेका हुन् । कानूननतः पदमा बहाल रहेको ६० दिनभित्रैमा सम्पत्ति विवरण जनसमक्ष सार्वजनिक गर्नुपर्नेमा प्रचण्ड प्रधानमन्त्री बनेको ४ महिना पुगेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाइसकेका छन् । तर, त्यसलाई सार्वजनिक गर्न भने आनाकानी भएको छ । एक मन्त्रीका अनुसार सम्पत्ति विवरणलाई लिएर प्रश्नहरु आएपछि मन्त्रिपरिषदमा कुरा पनि उठेको थियो । तर, प्रधानमन्त्रीले कुनै चासो दिएका छैनन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘मिडियाले लेखेको लेखै छ भनेर हामीले कुरा उठाएको हो, तर प्रधानमन्त्रीले चासो राख्नुभएन ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने सार्वजनिक गर्नुपर्ने निकायले नै मन्त्रिपरिषदको निर्णय चाहिन्छ भन्दै अटेर गरेको आरोप लगाए । ‘हामीले सार्वजनिक गरिदिन भनेको हो’ आचार्यले भने, ‘विवरण सार्वजनिक गर्न किन नमानेको हो, प्रधानमन्त्री कार्यालयको प्रवक्तालाई सोध्नुहोला ।’ तर, प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले यो आरोपको खण्डन गरे । उनले भने, ‘मन्त्रिपरिषद बैठकले निर्णय गरेपछि मात्र त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गर्न मिल्छ  ।’ उनका अनुसार पछिल्लोपटक नियुक्त भएका राज्यमन्त्रीहरु बाहेक अधिकांशले सम्पत्ति विवरण बुझाइसकेका छन् । किन डराए प्रधानमन्त्री प्रचण्ड ? भ्रष्टाचार निवारण ऐनअनुसार प्रधानमन्त्री दाहालले पद धारण गरेको ६० दिनभित्रै आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्रीको कार्यालयलाई बुझाइसकेका छन् । गणतन्त्र स्थापना पछिका बर्षहरुमा प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटबाट समेत सार्वजनिक गर्ने प्रचलन शूरु भएको छ । तर, प्रचण्डले यसलाई अहिलेसम्म अस्वीकार गर्दै आएका छन् । १० बर्ष सशस्त्र संघर्षको नेतृत्व गर्दै शान्ति प्रक्रियामा आएका प्रचण्ड नेतृत्वको माओवादीले सुरुदेखि नै पार्टीका केन्द्रीय नेताहरुलाई व्यक्तिगत सम्पत्ति राख्न निषेध गरेको थियो । माओवादी धेरै नेताहरुले आफ्नो अंशमा आएको सम्पत्ति समेत पार्टीकरण नगरेका होइनन् । तर, पछिल्लो समय माओवादी नेताहरुमा सम्पत्ति मोह बढेको र सुविधाभोगी भएको गुनासो कार्यकर्ताले गर्दै आएका छन् । माओवादी अध्यक्ष प्रचण्डमाथि समेत अथाह सम्पत्ति जोडेको भनेर बेला–बेला आरोप लाग्ने गरेको छ । अहिले उनै प्रचण्ड प्रधानमन्न्त्री भएका बेला सम्पत्ति विवरण सार्वजनिक गर्न नमान्नुले यो आशंकामा बल पुगेको छ । २०७३ मंसिर २३ गते १०:३८ मा प्रकाशितhttp://www.onlinekhabar.com/20...

ktmpost · Dec 8, 2016 9:41 AM · 3,074 views

3 Replies

धेरै भएर .......

instagram · Dec 8, 2016 9:42 AM

Swiss Bank देखि भारतमा राखेको लुटको धन देखाउनु परेन र् ? San something wrong with "Type in Nepali". It dose not convert correctly. Look at these words : Swiss -सवीहदलको WorD - पससहिणनविहदपछि

MaGorkhe1 · Dec 8, 2016 11:06 AM

Nepal ka communists haru le real communists haru lai laaj mardo banaucha.

jerryswari · Dec 8, 2016 9:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all