एक् मित्रले आफ्नो राज्यको राजधानी ( ठुलो शहर ) काम बिशेषले छिर्नु भएको ठुलो ट्रक को पछाडि परेर रातो बत्तिमा stop गर्न नसेकेको भनी सहरमा बल्छी थापेर बसेका प्रहरिले १५० को टिकट थमाइदिए पछी २५ डलर् तिरेर अपिल गर्न पुगेका थिए | उन्को अपिल गर्ने कारण चै कोर्ट को अनुहार हेरी हालौ मिनाहा पाइेए १२५ को बचत होला नभे १५० को ठाउमा १७५ जान्छ भन्ने थियो | उन्लाई पुर्याउने र ल्याउने जिम्मा मैले लिएको थिए | आज बिहानै पुग्दा जम्मा जम्मी २५-२६ जनामा एक जना white महिला बाहेक सबै कलर पिपुल मात्र् थियौ | प्रश्न खनिए : के कलर जातिले मात्र टिकट पाएका हुन वा कलर जातीले मात्र पैसा तिर्न नसकेर अपिल गएका हुन र तेत्रो सन्ख्यामा त्यहा देखिएका हुन ? ट्रफिक सिग्नल को अबहेलना गरेर गाडी चलाऊने मा गोरा हरु पर्दिनन ? परे पनि अपिल गर्दैनन कि क्याहो ? सोम को पालो १७ - १८ मा आयो | " देयर इज नो साइटेसन , योर केस इज डिस्मिस्ड " रे ? यो उन्को मात्र होईन उनी अघी ४-५ जनाको पनि यसरीनै पथाइेको थियो | दाई मेरो पनि एस्तै होस् भनेर जापाना गरेको पुग्यो पो भन्छन | टिकट पाएको कुरा टोल मात्रा हैन चिन् जान भएका सबै जिल्ला बासी मा पुगी सकेको र जती जाना भेट भयो तेतीजनाको आफ्नै आफ्ना तर्क र सल्लाह थिए भने सल्लाह दिने हरु बिचमा शब्द बाण हरु आदन प्रदान नभएका पनि होईनन | म सबै भन्दा जान्ने हुँ भन्ने देखाउन पनि पछी परेका थिएनन भने प्रहरी न आएको खन्डमा डिसमिस हुने वा आधा मिनहा गरिदिन सक्छ पनि भनेका थिए कुरा सही निक्लिए | प्रहरी नभएर हो वा मजिस्ट्रेटले आफ्नो अधिकारको प्रयोग गरेको हो त्यो चै मैले बुझन सकिन | तर साइटेसन को प्रतिलिपी कोर्ट्मा नपठाएको वा समयमा नपुगेको अवस्थामा केस स्वत: डिसमिस हुदो रहेछ | Take your chance. Last edited: 06-Dec-16 12:02 AM Last edited: 07-Dec-16 04:25 PM
magorkhe1 · Dec 5, 2016 11:06 PM · 3,623 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion