येहि आउदो जनुवरी 1 तारिखको पार्टीमा डिभी भिसा पाएका र एफ वान भिसा पाएका नेपाली बीच मुक्का मुक्की प्रतियोगिता हुने यसै सूचनाद्वारा जानकारी गरिन्छ | कठिनताका साथ् आफ्नो पौरखबाट आएका धेरै एफ-1 भिसा लिएर आएका नेपालीहरुलाई अरु नेपालीहरु डिभी भिसा लिएर सजिलैसंग आएको हजम नभएको कारण यस प्रतियोगिता संचालन गरिएको हो | डिभी भिसा पार्टीका डी.भी. कार्कीका अनुसार उनीहरुलाई हेप्ने देखि नसक्ने भएको छ | "हामि फोकटमा आएका होइनौ | हामीलाई अमेरिकी सरकारले चुनेर बोलाएका हुन् | यस परिस्थितिमा नेपालीहरुले नै घोचपेच गर्ने देखिनसक्ने भैसकेको छ | यसैले यस मुक्का मुक्की प्रतियोगितामा वार कि पार हुने गरि हिस्सा लिन लागेका छौं |" एफ-1 भिसा पार्टीका भिसा भएका मिसा एवम हार्दिक डिकशीतका सु-श्रीमतीका अनुसार डिभी भिसावालाहरुले गर्नु बेइज्जत गरेका छन् | "हामीले अमेरिकामा नेपालीहरुको नाम राखेका छौं | राम्ररी काम गरेर पढेर पछि राम्रो राम्रो अवसर पनि पाएका छौँ तर अहिले आएर डिभी परेकाहरुले हाम्रो रेपुतेसन नै बिगारेका छन् | हामिलाई स्त्यतासमा बस्न कम गारो छ तर यीनीहरु आएर हामिलाई गिजाएको जस्तै भैसक्यो |" यस आउने नव वर्षमा हुन लागेको उक्त कार्यक्रम सफल पार्न इन्टरनेट फेसबुकको नम्बर एक त्रोलले फेसबुकको सबै ग्रुपमा अनि अरु नेपालीहरु त्याग गरेर दिन दिन पोस्ट गरेर उक्त प्रोग्राम सफल बनाउने द्रिद प्रतिज्ञा गरेका छन् | समाजका जान्ने मान्ने व्यक्तित्वहरुले आफुलाई त्याग नगरिदिन बिनम्र अनुरोध गर्न थालेका छन् | Last edited: 05-Dec-16 02:54 PM
sajha onion · Dec 5, 2016 2:54 PM · 4,287 views
KaliKoPoi · Dec 5, 2016 3:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion