पूर्व युवराज पारसको साथी भन्दै ठग्ने मनोज बहादुर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सविन ढकाल/पहिलोपोस्ट - ललितपुर : उनको बास्तविक नाम हो मनोजबहादुर सिह । तर उनी आफुलाई राज परिवारको सदस्य मनोजसिह ‘राजा’ को रुपमा परिचय दिन रुचाउँछन् । उनलाई धेरैले राजा कै रुपमा चिन्छन् । उनै राजा शनिवारबाट महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । हिरासत यात्राको कारण छ ठगी । सिह युवाहरुलाई ठगी गर्नकै लागि आफुलाई राजसि टाढबाढका साथ हिड्थे । उनले इमाडोलमा विदेश पठाईदिनकै लागि सिग्मा इन्टरप्राइजेज नामको सस्था पनि खोलेका थिए । मंहगा फर्निचर, आकर्षक सजावट, गेट देखि नै गार्ड, छुटै सेक्रेटरी अनि बडिगार्ड । उनको कम्पनीको कार्यालय भव्य थियो । मनोजले चढ्ने गाडी पनि महंगा थिए । उनि हप्ता दिन नहुदै गाडी फेरीरहन्थे । उनी गाडीमा ५÷७ जना केटा लिएर हिड्थे । उनको पहिरन हिडाई लवाई र बोलाई नै उनको ठगी गर्ने ठुलो हतियार थियो ।पारस साथी भन्दै ठग्दै उनि भेटिएका युवालाई आफु सम्पन्न परिवारको भन्दै चारो हाल्थे । अमेरिका, अष्ट्रेलिय, क्यानडा लगायतका देश सजिलै पठाईदिने सक्ने बताउँदा पत्याइहाल्थे । उनीबाट पिडीत एकले प्रहरीलाइ दिएको बयानमा उनको हाई प्रोफाइल शैली देखेर नै पत्याएको बताएका छन् । आफ्नो संगत देशका ठुला मान्छेसग भएको देखाउन देशका मन्त्री, नेता, पूर्वयुवराज पारस शाह लगायतका व्यक्तिहरुसंग फोटा खिचेर फेसबुकमा राख्ने गरेका थिए ।दैनिक उजुरी विभिन्न देशमा लैजाने भन्दै युवाबाट लाखौ रुपैया उठाएर फरार भएको उजुरी परेपछि प्रहरीले सिहलाई पक्राउ गरेपछी उनी विरुद्द उजुरी बढेका छन् । शूरुमा दुई जना युवाले उजुरी दिएका थिए । अहिले सिहविरुद्ध उजुरी दिनेको सङख्या बढ्दै गएको छ । पक्राउ परेको सार्वजिनक भएपछी आइतबार ४ जनाले उजुरी दिएका थिए । सोमबार थप २ उजुरी थपिएको छ । महानगरीय प्रहरी प्रहरी परिसरका डिएसी ईश्वर कार्कीले आएको ठाडो उजुरी र अन्य अनुसार धेरै युवालाई सिहले ठगेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको बताए । मनोजबहादुर सिह २०६८ मा ठगी तथा हातहतियार तथा खरखजाना मुद्धामा दुईबर्ष कारगार सजाए काटेका थिए । http://www.pahilopost.com/cont...

ktmpost · Dec 5, 2016 10:12 AM · 1,839 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all