अमेरिका बस्न पाउने कागजपत्र छैन, नेपाल जानुनै वेश

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिका बस्न पाउने कागजपत्र छैन, नेपाल जानुनै वेश अमेरिकामा कागजपत्र विहिन भई गैरकानुनी रुपमा बस्नु कति उचित? फर्किन राम्रो हुन्छ, हुदैंन। फेरी नेपालको अवस्थाले जाउँ जाउँ नलाग्न पनि सक्छ। तर, परिवार, अमेरिकी कानुन, यहाँ पाइने सुविधा लगायतका आधारमा विश्लेषण गर्ने हो भने निश्चित योजना वनाएर केही पैसा बनाई फर्किनुनै उचित देखिन्छ। यहाँ बस्दा पहिलो प्रथामिकता कसरी काुननी हुने यसलाई नै पहिलो प्रथामिकता दिनु पर्छ। कसै गरेपनि नहुने भए फिर्ता नै जाने निर्णय उपयुक्त हुनेछ।    किन ?   इमिग्रेशनवारे अनुदार धारणा राख्ने डोनाल्ड ट्रम्प आउने जनवरी २० वाट राष्ट्रपतिको जिम्मेवारी सम्हादैछन। उनले गैरकानुनी अप्रवासीलाई फिर्ता पठाउने मुख्य चुनावी मुद्दा वनाएका थिए। अमेरिकामा हाल एक करोड १० लाख कागज काजग बिहिन बसोवास गर्छन। यसमा नेपालीको संख्या केही हजार भएको अनुमान छ।      यी सवैलाई डोनाल्ड फर्काउने भनेका छैनन। खाली अपराध गर्नेलाई तत्काल फिर्ता पठाउने उनको प्रथामिकतामा छ। डोनाल्डले भने जस्तै गर्ने हो भनेपनिझण्डै ३० लाख यस्ता अप्रवासी यसवाट प्रभावित हुन्छन। राष्ट्रपति बाराक ओबामाले पनि आफ्नो कार्यकालमा बार्षिक झण्डै पाँच लाखलाई फिर्ता पठाउंदै आएका थिए। प्रत्येक वर्ष करिव दुइसय नेपाली पनि फिर्ता हुने सुचीमा परिरहेका छन्। डोनाल्डले गैरकानुनी रुपमा वसोबास गर्नेलाई सवैलाई फिर्ता पठाउने मुद्दा चुनावमा उछालेपनि यो संभव छैन। डोनाल्ड आए पनि वा हिलारी क्लिण्टनले जितेको भएपनि नीतिमा खासै ठुलो अन्तर हुदैंन।   अमेरिकी नीति भन्दा पनि व्यवहारमा काजग विहिन भएर वस्नु उपयुक्त हुदंैन। त्यसैले योजना बनाएर केही पैसा वचत गरि फिर्ता जानुनै उपयुक्त हुन्छ। अमेरिकाको विगत पाँच बर्षको इमिग्रेशन प्रवृत्ति हेर्दा मेक्सिको लगायतका देशवाट गैरकानुनी रुपमा आउने भन्दा फिर्ता जाने नै वढी छन्। किन फिर्ता जानु उपयुक्त हुन्छ। यसका केही कारण छन्।   १) परिवार :    काठमाडौंवाट पढ्न पठाएको छोरो नेपाल नगएको नौ बर्ष भएछ। आमा बा भन्थे–‘जहिले पनि अव केही महिनामा आउँछु भन्छ, आउंदैन। के गरेर वसेको होला हामीलाई साह्ै चिन्तामा पारेको छ।’ उक्त छोराका नेपालमा भेटिएका वावुआमाको यस्तो गुनासो थियो। आमाले छोरो सम्झेर आँखाबाट आँशु निकालिन्। कयौंका यस्ता व्यथा छन्। छोरो बिद्यार्थीका रुपमा आएका थिए, पढ्न छाडेर आउट अफ स्ट्याट्स भएछन्। अहिले त नपढाई छ न कानुनी कागज नै। काम गर्योथ खायो, कहिले काँही नेपाल पैसा पठायो छोरोको दिन चर्या यस्तै छ। बिहा गर्ने वेला भयो छोरोको अत्तोपत्तो छैन। उता वावुआमामा यही चिन्तामा वस्छन्।   गैरकानुनी रुपमा बस्दा पत्नी, छोराछोरी  (परिवार) लाई यहाँ ल्याउन सकिदैंन। नेपालमा परिवार भेट्न जान पनि पाइंदैन। यसरी लामो समय परिवार टाढा हुँदा डिप्रेशन हुने समस्या पनि देखिन सक्छ। परिवार नभई कहिलेसम्म बिताउने यो प्रश्न मुख्य हो। उता परिवारलाई पनि चिन्ता यता एक्लै हुनुको पिडा गैरकाुननी भई वस्दा यस्तो पिडा भईनै रहन्छ।   २) कमाईः   अमेरिकी कानुनमा कानुनी र गैरकानुनी जसलाईपनि काममा लगाएपछि समान पारिश्रमिक दिनै पर्छ भन्ने स्पष्ट व्यवस्था छ। गैरकानुनीलाई काममा लगाएर कम पारिश्रमिक दिएपनि उजुरी गर्न सकिन्छ। यस्तो गर्ने रोजगार दातालाई कारवाही हुन्छ। तर, व्यवहारमा कयौं काम गर्ने अनुमति नभएकालाई कम पारिश्रमिकका वढी काम लगाईन्छ। श्रम शोषण गरिन्छ। ठुला र नियम अनुसार चल्नेले वर्कपरमिट भई काममा राख्दैनन् यसले गर्दा साना तिना कम्पनीमा गैरकानुनी रुपमा वस्नेले काम गर्नु पर्ने हुन्छ। यस्ता साना तिना कम्पनीले श्रम शोषण गर्छन।   ३) सुविधाः    अमेरिकामा कानुनी रुपमा वस्नुमा एउटा मुख्य सकरात्मक पक्ष यहाँ पाइने सहुलियत र सुविधा पनि हो। आम्दानी नभएपनि यहाँ उच्च स्तरको स्वास्थ्य उपचार पाउन सकिन्छ। गाडी सस्तो छ। ठिकै सुविधा भएको अपार्टमेण्टमा वस्न पाइन्छ। काम गर्न नसक्ने हुँदा सरकारले न्यूनतम जीवन यापन गर्न पुग्ने खर्च दिन्छ। यो अमेरिकाको सकरात्मक पक्ष हो। तर, गैरकानुनी हुँदा यस्ता सुविधा लिन झन्झट हुन्छ। नपाउन पनि सकिन्छ। न्यूनतम पारिश्रमिक भन्दा वढी कमाई हुने काम पाउन पनि सकिदैंन। सधै न्यूनतम पारिश्रमिकका काम गर्दा महिनामा २ हजार डलर कमाउन पनि हम्मे पर्छ।   ४) झन्झटः   कतिपय राज्यमा गैरकानुनी वस्नेलेपनि परिचय पत्र, ड्राईभिंग लाइसेन्स लिन अनुमती छ। तर, कयौं राज्यमा यस्तो सुविधा छैन। आधिकारिक परिचय पत्र नहुँदा अपार्टमेन्ट भाडामा लिन, घर किन्न, व्यवसाय गर्न देखि, यात्रा गर्न, बैंक खाता खोल्न सकिदैंन। कहिले कांही आफ्नो कारणले भन्दा पनि अरुवाट गल्ति हुदां पनि गैरकानुनी हुँदा डराउनु पर्ने हुन्छ। यस्तै सानो तिनो गल्तिमा पनि पक्राउ भए डिर्पोट हुनु पर्ने जोखिम पनि हुन्छ।   के गर्ने ?   अमेरिकामा वस्ने नै इच्छा छ भने पहिले कसरी कानुनी कागजात वनाउने यसमा प्रथामिकता दिनु पर्छ। यो पनि सजिलो र संभव देखिदैंन फिर्ता जानुनै उपयुक्त विकल्प हो। तर, नेपालमा फिर्ता हुँदा समस्या थपिने गरि नजानु राम्रो हुन्छ। केही पैसा कमाएर लैजान सकियो भने सजिलो हुन्छ।  ऋण छ भने पहिले यो तिर्न प्रथामिकतामा राख्नु पर्छ। ऋण तिरी सकेपछि ३० हजार, ४० हजार, वा ५० हजार अमेरिकी डलर जति हुन्छ जम्मा गरेर र नेपाल फर्किनु उचित हुन्छ। नेपालमा पनि ३०, ४० लाख रुपैंयामा थुप्रै व्यवसाय गर्न सकिन्छ।   जोश, जांगर र मेहिनेत गर्ने हो भने कृषि लगायत थुप्रै व्यवसाय यो पैसावाट संभव छ। आफ्नै परिवार, आफ्नै जमिनमा व्यवसाय गर्न निकै ठुलो पुंजीपनि चाहिंदैन। सानेावाट शुरु गरेर विस्तारै वढाउंदै लैजान सकिन्छ। यहां परिवार विहिन भएर पिडै पिडामा वस्नु भन्दा फर्किने निर्णय गर्दा नै उपयुक्त हुन्छ। कागजपत्र विहिनले यहां पैसा कमाउने र नेपाल पठाउने मात्र हो। यो पैसा नेपालमा उपयोग भएको छ छैन।  प्राप्त गर्नेले फजुलमा खर्च गरिरहेका त छैनन यो पनि हेर्नु पर्ने विषय हो। उपयोग नै गर्न नपाउने भए कमाएको पैसाको पनि के अर्थ नै हुन्छ र ? - See more at: http://www.himalayakhabar.com/...

ktmpost · Nov 27, 2016 10:58 AM · 3,967 views

1 Reply

ट्रंप बाबा भनेर बस्नेहरुले पनि झोली तुम्बा बोक्न सुरु गरे हुन्छ ?

MaGorkhe1 · Nov 27, 2016 1:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all