अमेरिकामा थरी थरीका नेपाली संस्थाहरु छन् । कुनै वास्तवमै केही गरुँ भन्ने उद्देस्य लिएर बनेका संस्था छन् पनि छन्, कुनै कसैलाई अध्यक्ष बन्न मन लागेर खुलेका संस्था छन् भने कुनै नेपालमा रहेको राजनैतीक पार्टीलाई सहयोग गर्ने उद्देस्यले बनेका संस्था पनि छन् । यि मध्ये धेरैले नेपालमा सहयोग गर्ने, नेपाली समुदायको भवन बनाउने आदी इत्यादी अनेक नाममा पैसा उठाउछन् । तर त्यसरी सहयोग रकम उठाउन 501(C) को स्ट्याटस हुनैपर्छ भन्ने कतिलाई थाहा नै छैन भने धेरैले थाहा भएर पनि थाहा नभए झै गरिदिन्छन् । अर्को ठूलो समस्या 501(C) प्राप्त संस्थामा रहेका पदाधिकारीहरुमा Conflict of Interest भनेको के हो ? के गर्दा संस्थाको 501(C) गुम्न सक्छ ? 501(C) प्राप्त संस्थामा रहेका पदाधिकारीले के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुराको ज्ञान पनि पटक्कै देखिएन ।
Geology Tiger · Nov 17, 2016 11:58 AM · 14,374 views
all are politically biased institutions
Manko Sathi · Oct 15, 2019 8:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion