भाउजू बाह्रखरी २०७३ कार्तिक २७ शनिबार १० “काका ! यो दाइ तपाईंलाई खोज्दै आउनुभा’छ,” मैले माइलो काकाको नातिले औंल्याएतिर हेरें । एकैछिन यस्तो लाग्यो, म ऐनामा आफैंलाई हेरिरहेछु । तर, होइन ! मेरो यो रूप कहिल्यै थिएन । मैले केही बोल्नुभन्दा पहिल्यै त्यो युवक मेरो खुट्टामा घोप्टियो । “को हौ बाबु ? काँबाट आयौ ? मलाई कसरी चिन्छौ ?” मैले उसको टाउकोमा हात राख्दै सोधें । निकै बेर मेरो खुट्टामा घोप्टिएर टाउको उठाउँदा उसका आँखा सजल थिए । किन–किन मलाई ती आँसु भरिएका आँखाहरू एकदमै परिचितझैं लागे । मैले फेरि उसलाई सोध्न खोजें । तर, त्योभन्दा पहिले उसले मलाई अँगाल्यो र मेरो छातीमा टाँसियो । मेरो मुटु नराम्रोसँग हल्लियो । मन गाँठो परेको डोरीझैं भयो । मैले उसलाई आफूबाट पर धकेल्न खोज्दै भनें, “के गरेको बाबु यो ? को हौ तिमी ?” उसले रुघिएको कण्ठले भन्यो, “म ताराको, तपाईंकी भाउजूको छोरा ।” मेरो मुटु उफ्रेर मुखबाट बाहिर निस्कन खोज्यो । मैले भएभरको शक्ति बटुलेर उसलाई पर धकलें । धेरैबेर उसलाई नियालेर हेरें । यतिबेलासम्म उसका आँखा वर्षिन सुरु गरिसकेका थिए । मैले भक्कानिँदै उसलाई अँगालें । लाग्यो– वर्षौपछि श्रापमुक्त भएँ म । मेरी भाउजूको अंश मेरो अँगालोमा थियो, मतलब मैले क्षमादान पाएँ अब । ० ० ० आज तेस्रो दिन थियो आमालाई कुरेर बसेको । “तपाईं जेसुकै भन्नुस् माल्दाइ, जेठाको मुख नहेरी भाउजूको परान जाँदैन,” काकाले बिस्तारै भने । बाले असहाय भावले खुइय गर्दै भन्नुभयो, “खै, खबर त गरेकै हो । टेलिफुनाँ कुरा गर्दा जसरी नि आउँला भन्थो, टाढाको कुरो के हो के हो !” उसो त आमा प्रायः बिरामी भइरहनुहुन्थ्यो । तर, यसपटक उहाँ बाँच्ने आशा कसैलाई थिएन । त्यसैले पनि कसैले उहाँलाई सहर लैजाने कोसिस गरेनन् । “यस्तो गलेको ज्यानले म डोकाँ बोकिएर सहर पुग्दै पुग्दिनँ, बरु सालिकेलाई आएर मुख देखाएर जा भन्दिनुस् सालिकेको बा, मेरो परान सुबिस्ताले जान्थ्यो ।” आमाले मान्दै मान्नु भएन डोकोमा बोकिएर जान । बाका अरु ३ भाइले पनि बालाई अन्तिम अवस्थामा कहीँ नलैजान सल्लाह दिए । मभन्दा ९ वर्ष जेठो मेरो दाइ शालिकराम अमेरिका भासिएको १० वर्ष भइसकेको थियो । मलाई त राम्ररी याद पनि थिएन ऊ कसरी पुगेथ्यो त्यहाँ तर मलाई ऊ हिँड्ने बेलामा आमा रोएको, बाले उसलाई सम्झाएको भने याद थियो । आफूभन्दा नौ वर्ष जेठो दाइ मेरो लागि बासमान नै थियो । म बासँगझैं ऊसँग पनि उत्तिकै डराउँथें त्यो बेला । मेरा उमेरका साथीहरूले ‘बालाई भन्दिम् ?’ भन्दा बरु म त्यति डराउँथिनँ जति ‘दाइलाई भन्दिम् ?’ भन्दा डराउँथें । बाले त बरु मेरो बदमासी सुनेर पनि कहिलेकाहीँ हाँसेर टारिदिनुहुन्थ्यो तर दाइले मेरो कान निमोठेर रातै पारिदिन्थ्यो । १९ वर्षको उमेरमा घर छोडेर हिँडेको दाइ पूरा १० वर्ष घर आएन । ६ वर्षसम्म त उसको कुनै सन्चो/बिसन्चोको खबरसम्म पाउन सकेनौं । तर ४ वर्षअघि तल फाँटको अरबे साहूको पसलमा फोन आएदेखि बाले चारचौरास दौडेर उसको खोजखबर गर्नुभो । दुई वर्षअघि दाइले मोबाइल पठाइदिएकोले ऊसँग प्रायः कुरा भइरहन्थ्यो अब । बा–आमा उसलाई ‘घर आइज, आएर बिहे गर्’ भन्दै किचकिच गरिरहनुहुन्थ्यो । ऊ ‘हस् हस्’ भनेर टारिरहन्थ्यो । मेरो त ऊसँग बोल्ने हिम्मत हुन्थेन तर ऊ मलाई ‘राम्ररी पढ्, राम्ररी एसएलसी पास गर् अनि म तँलाई मसँगै यहाँ ल्याउँछु’ भन्थ्यो । म दंगदास परेर गाउँभरि झ्याली पिट्दै हिँड्थेँ, “म नि अम्रिका जाने, म नि अम्रिका जाने ।” बाले सुने मेरो कान निमोठ्दै भन्नुहुन्थ्यो, “यी यत्रो जा अम्रिका ! एउटै गा’को त घरबार भुलेर बस्याछ, अब पठाउँला नि तँलाई !” आमा सुक्सुकाउँदै भन्नुहुन्थ्यो, “घर बेबार हेर्नेबेलामा विदेशाँ हरा’छ दाइ, अब तँ नि गए हामी के गर्छौं ? उसका दौंतरीहरूका काखाभरि सन्तान भइसके, ऊ भने काँ हन्डर खाइरा’छ एक्लै विदेशाँ ।” हाम्रो पछाडि गाउँघरमा दाइले उतै खैरीनी राखेर बसेको गाइँगुइँ चल्थ्यो । मेरो कानमा पर्दा म लड्न भिड्न जान्थें । बाले सुने भन्नुहुन्थ्यो, “आफ्नै सिक्का खोटो, अरुलाई के भन्नु ? आएर बे गरेर गए कसले के भन्न सक्छ ? तर, उसलाई पर्वा भए पो ? एकबीस नौ को भयो, एैलेसम्म बे नगरी बसेसी अरुले कुरा काट्दैनन् ?” आमाको अर्कै दुखेसो थियो– छोराले धर्म भ्रष्ट गराइदिएर स्वर्गमा बास नपाइएला भन्ने । मलाई भने आफ्नो बासरहको दाइमाथि अटुट विश्वास थियो । मसँगै पढ्ने र मैले साह्रै मन पराउने कुसुमले दाइबारे गाउँमा चल्ने गाइँगुइँ सुनाउँदा उल्टै ऊसँग रिसाएर कयौं दिन बोल्थिनँ । “मैले भन्या हो र ?” ऊ मलाई मनाउने प्रयास गर्थी, “हाम्री फुपूका घरकाले भनेका रे, उनैले कुरा ल्याकी ।” “त्यसो हो भने उनैको कुरा सुन, मसँग बोल्न पर्दैन,” म उसको छेउबाट उठेर हिँडिदिन्थें । यस्तोमा एकदिन साँझको झिसमिसेमा खैरेलेझैं पिठ्यूँमा बडेमानको ब्याग भिरेर गोरो, चिट्टो, खैरेजस्तै देखिने मेरो दाइ घर आइपुग्यो । पहिले त कसैले उसलाई चिन्दै चिनेनन् । चिनेपछि रुवाबासी सुरु भयो । रुवाबासी बन्द भएपछि चार दिनमा छ पटक तुलसीको मठमा पु¥याइएकी आमाले मन्टो उठाइन् । दुई दिनसम्म त आमाले दाइको हात छोड्दै छोड्नुभएन । १० वर्षको कसर जो पूरा गर्नु थियो । तेस्रो दिन उहाँले नातिनातिनाको नभए पनि बुहारीको मुखसम्म हेरेर मर्ने आफ्नो चाहना व्यक्त गर्नुभयो । दाइको मुखबाट ‘हुन्छ’ या ‘हुन्न’ ननिस्किँदै बा, काकाहरू, अरु नातेदार र गाउँलेसमेत ऊमाथि खनिए । विचरो दाइ । बाले बिस्तारै भन्नुभो, “यै कारणले बाँची पो हाल्छे कि ? तँ आएदेखि अनुहार उजेलो भा’छ, उठेर बसेकी छ । पेटमा पानी अडेको छ । बाबु शालिक, अब यसलाई जलाएर जान्छस् कि जिलाएर, तेरो इच्छा ।” सबैले एकमुखले बाको अनुमोदन गरे । दाइले डबडबाएको आँखाले आमालाई हेरेर टाउको झुकायो । सबैले त्यसलाई दाइको स्वीकृति सम्झे । काकाहरू कोही सहरतिर दौडिए किनमेल गर्न, कोही केटी पक्का गर्न । उसो त आमाले वल्लो–पल्लो गाउँका दुई–चार वटी केटी छानिराख्नुभा’थ्यो पहिल्यै । तर, यो हतारमा दाइको लागि जुरिन् पल्लो गाउँकी तारा, कुसुमकी दिदी । थाहा छैन– दाइ खुसी भयो कि भएन तर म औधी खुसी भएँ । लाग्यो– कुसुमलाई लिएर जुन भविष्यको सपना म बुन्दैथिएँ, त्यो अब पूरा हुने भयो । ३ दिनभित्रै दाइको बिहे भयो गाउँकै मन्दिरमा । यो सबै भइराख्दा दाइ चुइँक्क बोलेन । ज–जसले जे–जे भने, उसले सबै सुनिदियो, मानिदियो । उसका कुरा काटेर नथाक्ने सारा गाउँले उसको प्रशंसामा आकाश पाताल जोड्नमा लागे । कुसुमकी दिदी तारा मेरी भाउजू बनेर भित्रिइन् । सातौं दिन बुहारीको अनुहार मनभरि हेर्न नपाउँदै आमाले यो संसार छोड्नुभयो, अनुहारभरि सन्तुष्टिको आभा बोकेर । दाइ डाँको छोडेर रोयो । त्यसबेला मैले बुझ्नै सकिनँ, ऊ आमालाई बचाउन नसकेको आफ्नो असमर्थतामा रोयो या किन ? तारा भाउजू हुनेखाने परिवारकी थिइन् । उनका बा धेरै वर्षसम्म गाउँको प्रधानपञ्च थिए पञ्चायतकालमा । तारा भाउजू गाउँका एकदमै कम छोरीमध्ये एकमा पर्थिन्, जसले स्कुलको मुख देखेका थिए । अझ तारा भाउजूले त एसएलसी पास गरेकी थिइन् । उनकी बहिनी कुसुम मसँगै १० मा पढ्थी । भाउजूको सबैभन्दा ठूलो योग्यता एसएलसी पास हुनु नै थियो दाइसँग बिहे गर्न । किरिया सकेपछि दाइ अमेरिका उड्ने तयारीमा लाग्यो । बाले रोक्न कति कोसिस गर्नुभयो तर उसले यति ढृढतापूर्वक नका¥यो कि बाले फेरि केही भन्न सक्नुभएन । काकाहरूले सम्झाउन खोजे, गाउँका बूढापाका अघि सरे, सासू–ससुराले हात जोडे । तर, दाइ रोकिएन । २० दिन पुरानी आफ्नी विवाहिताको मौन आँशुका धाराले लतपताएको गाजललाई बेवास्ता गर्दै कागजपत्र मिलाएर लिन आउने आश्वासन तेस्र्याएर दाइ बिदेसियो । तारा भाउजू कयौं रात भक्कानो छोडेर रोइरहिन् । म आफ्नै कोठामा बसेर उनको रुवाइ र छटपटाहटको मौन साक्षी बनें लामो समयसम्म । बिस्तारै भाउजूले आमाको ठाउँ लिइन् । काम गर्ने हली गोठालाहरूले आमालाईझैं ठूली मुखिनी भनेर बोलाउन थाले । मभन्दा केही महिनामात्र जेठी भाउजू व्यवहारले पनि ठूली मुखिनी बनिन् । तर, दाइका आक्कलझुक्कल आउने फोन सुनेर ओच्छ्यानमा रातभर छटपटाउँदै रुने उनको बानी उस्तै रह्यो । समयसँगै मैले र कुसुमले एसएलसी पास ग¥यौं । बाले मलाई सहर पढ्न पठाउने कुरा गर्नुभयो । म खुसी–खुसी तयार भएँ । राति खाना खाने बेला भाउजूले जबर्जस्ती खाना थपिदिँदै भनिन्, “दाइलाई त एकछाक मीठो पकाएर ख्वाउन पाइनँ, अब तपैं पनि जान लाग्नुभो । तपैं हुँदासम्म त घरभरि भएझैं लाग्थ्यो दाइ नभए पनि तर ... बा पनि त घर बस्नुहुन्न अचेल त्यति । अब त चुलो बाल्नु पनि कसको लागि ? ताराको भाग्यमा रित्तो घर, रित्तो ओच्छ्यान, रित्तो मन र जीवनबाहेक अरु केही लेखेनछ दैवले ।” उनका ती शब्द मेरो छातीमा ठोक्किए । मैले अरु खान सकिनँ । भोलिपल्ट मैले बासँग आफ्नो सहर नजाने निर्णय सुनाएँ । बाले जिल्ल पर्दै भन्नुभयो, “के गर्छस् याँ बसेर ? दाइले झैं पढ्दैनस् ? ठूलो मान्छे बन्दैनस् ?” “बा ! ठूलो मान्छे हुन म घरपरिवार छोड्दिनँ । बूढो हुनुभएको तपाईं र एक्ली भाउजूलाई छोडेर म कहीँ जान्नँ । यहीँ बसेर पढ्छु । तरकारी, फलफूलखेती गर्छु । दाइ आएर भाउजूलाई लिएर गैहालोस्, त्यसपछि म सोचूँला सहर जाने कुरा ।” बाले केही भन्नुभएन । मेरो टाउकोमा हात राखेर आफ्ना धमिला आँखा पुछ्दै बाहिर निस्कनुभयो । घरपरिवार बिर्सेर बाहिर बसिरहेको छोराको वियोग झेलिरहेको मेरो बालाई मेरो त्यो निर्णयले राहत दिएझैं लाग्यो मलाई । म नजाने कुरा जब तारा भाउजूले सुनिन्, उनको अनुहार धपक्क बल्यो । तर, उनले बिस्तारै भनिन्, “नगएर के गर्नी ? पढ्न परेन ?” “तपैं दाइसँग गएपछि म बालाई लिएर सहर बस्छु अनि पढ्छु । अहिलेचैं यहीँ खेतबारीमा काम गरेर पैसा कमाउँछु ।” मैले हाँस्दै भनें । उनले सुटुक्क आँसु पुछिन् र भनिन्, “दाइ आएपछि तपैं र बालाई पनि सँगै लान भन्छु म ।” उनको स्वरमा उदासी मिसियो । झनै बिस्तारै भनिन्, “आउने पो कैले हुन् बरु ?” म नजाने कुरा जब कुसुमले सुनी, नराम्ररी रिसाई । “के गर्छौ सहर नगर ? हली गोठालोको काम सघाउँछौ ?” अनुहारमा सम्पूर्ण औंसी पोतेर उसले भने । “सधैंलाई हो र ? केही वर्ष त हो नि । दाइ आएर भाउजू लगोस् अनि जान्छु सहर पढ्न,” मैले पूर्ण विश्वासका साथ भनें । “मचैं भिनाजुझैं अमेरिका जाला, टन्नै पैसा कमार हाम्लाई पनि हेर्ला भन्या त...,” कुसुम भुत्भुताई । “म यहीँ बसेर पैसा कमाउँछु । यहीँ बसेर पढ्छु,” मैले भनें । उसले ओठ लेप्राई । मैले आफ्नो भनाइ सावित गरेर देखाएँ, जसका लागि तारा भाउजूले दिन–रात नभनी मेरो साथ दिइन् । हामीले अदुवाखेती सुरु ग¥यौं । साथमा काँक्रो, गोलभेंडा, खुर्सानी, बन्दा, काउली, गाँजर र अरु पनि थुप्रै– मौसमअनुसार । तरकारी बोकाएर आफैं सहर पुग्थें म । बेचेर जम्मा भएको पैसाले म आफ्ना लागि भन्दा धेरै बा र भाउजूका लागि सामान किन्थें । भाउजू सुरुसुरुमा अप्ठ्यारो मान्थिन् तर बिस्तारै आफ्नो आवश्यकताको लिस्ट नै दिन थालिन् । मेरो मन फुरुंग हुन्थ्यो उनका लागि केही किन्दा । उनी मेरो खुब ख्याल राख्थिन् अनि म उनको । तर मेरो बाध्यता– म आज पनि उनलाई नरोऊ भन्न सक्थिनँ । उनी आफ्नो कोठामा राति एक्लै दाइको यादमा छटपटाएर रोइरहन्थिन् । अरु बेला भने म जिउज्यानले कोसिस गर्थें– उनको ओठमा मुस्कान ल्याउन । ती दिनहरूमा भाउजू मेरो जीवनको एउटा यस्तो हिस्सा बनिदिएकी थिइन्, जसको प्रेरणा, साथ र हौसलाबिना म आफैंलाई आधा अधुरो हुन्थें । हुन त हामी गाउँका हुनेखानेमै गनिन्थ्यौं पहिले पनि । झन् अहिले त मेरो कमाइले धेरै माथि पु¥याएको थियो । कमेरो पोतेको कच्ची घरले काँचुली फेरेर पक्की, घुमाउने बार्दली भएको घरको रूप लिएको थियो । गोबर ग्यासले चुलोमात्र होइन, झिलिमिली बत्ती पनि बल्थ्यो घरमा । काम गर्ने मान्छे थिए । भाउजू खटनपटन गर्थिन् । परे आफू पनि खटिन्थिन् । बाँकी उनी उस्तै थिइन् । आँखामा कालो मोटो गाजल, निधारमा बाटुलो रातो टीका । कालो–कालो वर्णको हिस्सी परेको अनुहार । मलाई मेरी भाउजू वरपरका १० गाउँमा सबैभन्दा राम्री लाग्थिन् । कुसुमभन्दा पनि राम्री । ५ वर्ष बित्यो । म २४ वर्षको लक्का जवान भएँ । दाइ फर्केर आएन । भाउजूको छटपटी र रुवाइ कम हुँदै गयो । अब त दाइले कहिलेकाहीँ फोन गर्दा पनि उनी कुरा नगर्ने बहाना खोज्थिन् । खुसी देखिन्थिन् तर मलाई जति कसलाई थाहा थियो र उनको पीडा ! मलाई त्यतिबेला असह्य हुन्थ्यो, जतिबेला उनका दौंतरीहरू एउटा सन्तान डो¥याएर र अर्को काखमा च्यापेर उनलाई भेट्न आउँथे । त्यसबेला मेरी भाउजूको पीडा आँखामा छचल्किन्थ्यो, मेरो मुटुमा गाँठो पथ्र्यो । हिजो मैले बुझेको थिइनँ– बिहे गरेको २० दिनमा लोग्नेसँग अलग हुनुको उनको पीडा । तर, आज म उनका ती एक–एक आँशुको एक–एक सुस्केरा र छटपटीको अर्थ बुझ्थें । शायद उनले भन्दा पनि धेरै । त्यसैले पनि म चाहन्थें– उनी गाउँका अरु युवतीझैं सिँगारपटार गरून्, राम्री भएर हिँडून्, हाँसोठट्टा गरून् । तर अहँ ! मैले उनलाई दाँत देखिने गरी हाँसेको कहिल्यै देखिनँ, मेरी भाउजू बनेपछि । पहिले–पहिले बा र काकाको नामले चिनिन्थें म । अब उनीहरू मेरो नामले चिनिन्थे । कयौं मान्छेले मेरो कारणले रोजगारी पाएका थिए । गाउँ अब धेरै फेरिएको थियो । घर–घरमा फोन थियो, बिजुली थियो । तल खोलाको छेउसम्म त ट्र्याक्टर, ट्रक आउँथे । त्यसैले अब तरकारी लिएर सहर पुग्नै पर्थेन, सहरबाट टिप्पर लिएर मान्छे तरकारी उठाउन फाँटसम्मै आइपुग्थे । घरसम्म भने अझै मोटर आउन सक्थेन, मोटरसाइकल भने मज्जाले आउँथे । फाँटमा मेरो पनि ठूलो पसल थियो । आफ्नै मिनी ट्रक थियो । मोटरसाइकल थियो, जसमा चढेर हरेक हप्ता सहर पुग्थें म– कुसुमलाई भेट्न । एसएलसी पास गरेपछि ऊ सहरमै मामाको घरमा बसेर पढ्दै थिई । उसले त मलाई पनि सहर जान कत्ति कर गरेकी थिई तर म गइनँ । घरमा, गाउँमा मेरो बिहेको कुरा हुन थालेको धेरै भइसकेको थियो । तर, मैले कसम खाएको थिएँ– दाइ नआएसम्म र भाउजूको आँखाको उदासी नपुछिएसम्म बिहे गर्दिनँ । कुसुमले ब्याचलर अफ नर्सिङ सकेर अस्पतालमा काम गर्न थालेकी थिई । उसका बा–आमा अब उसको बिहेका लागि हतार गर्न थालेका थिए । त्यसैले कुसुम घुमाईफिराई मसँग बिहे गर्न चाहेको कुरा गर्न थालेकी थिई । तर, मैले उसलाई मुख फोडेर केही भनेको थिइनँ । म चाहन्थें घरका पाकाहरूले नै त्यो निर्णय गरून् । तर, त्यसका लागि दाइ आउन जरुरी थियो । अर्को एक वर्ष बित्यो । केही दिनयता बा बिरामी रहन थाल्नुभएको थियो । शायद त्यसैले पनि होला– उहाँ प्रत्येक दिनजस्तै फोन गरेर दाइलाई बोलाउनुहुन्थ्यो र भाउजूलाई सँगै लैजान किचकिच गर्नुहुन्थ्यो । “तेरो कारणले भाइले पनि बिहे नगर्ने भो,” उहाँ भन्नुहुन्थ्यो । यसबीच भाउजूका बा–आमाले कुसुम र मेरो बिहेको कुरा चलाए बासँग । बालाई कुनै आपत्ति थिएन । बाले मलाई सोध्नुभयो । मेरो जवाफ उही थियो– पहिले दाइ घर आओस् । त्यो फागु पूर्णिमाको दिन थियो । सहरको हावाले गाउँलाई पनि छोडेको थिएन । अतः खाडी, कोरिया, मलेसिया र इन्
Raam Raam · Nov 12, 2016 8:03 PM · 4,988 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion