ट्रम्पलाई विजयी गराउन नेपालमा ग्रहशान्ति पूजा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ट्रम्पलाई विजयी गराउन नेपालमा ग्रहशान्ति पूजा वासिङटन डिसी सेताेपाटी print 10.3K    147    0 Google +  10.5K   GET NEWS ALERTS अमेरिकामा मंगलबार हुन गइरहेको राष्ट्रपतिय निर्वाचनमा ट्रम्पलाई विजयी गराउन नेपाली मुलुका अमेरिकी नागरीक चन्द्र प्रकाश शर्माले नेपालको सन्धीखर्कमा ग्रह शान्ति पूजा गराएका छन्। निर्वाचनमा ट्रम्पलाइ बिजयी गराउन रुद्रीसिहत ग्रहशान्ति पूजा गराएको शर्माले बताएका छन्। अमेरिकामा रहेका मन्दिरहरुले यस्तो खालको पूजा गर्नकालागी स्थानिय प्रशासनसँग अनुमति लिनुपर्ने बताएपछि शर्माले नेपालमा ग्रहशान्ती पूजा गराएको बताएका हुन। ‘अमेरिका मै पूजा गरेर ग्रह शान्ति गराउने याेजना थियो' शर्माले अगाडी बताए 'पूजाकै लागि ग्रेट बाल्टिमोर टेम्पाल, मर्गन टेम्पलमा पुगेर ट्रम्पलाई विजयी गराउनका लागि बिशेष पूजा आजाको ब्यवस्था गरिदिन आग्रह गरेको थिए। 'तर, अनुमति लिन पर्ने भएपछि नेपालमै ग्रहशान्ती पूजा गरे।’ ट्रम्पका पक्षमा कमै नेपालीमात्र खुलेर लागेका छन् ती मध्ये शर्मा एक हुन। ‘अमेरिकन नागरिक भएपछि गुर्नुपर्ने न्युनतम जिम्मेवारी मैले पुरा गरेको हुँ।’ सन २०१२ को निर्वाचनमा खुलेर डेमोक्रयाटीक पार्टीको निर्वाचन प्रचार प्रसारमा लागेका शर्मा यसपाली ट्रम्पको पक्षामा खुलेरै लागेका छन्। ‘ट्रम्पले ल्याएका योजनाहरु अमेरिकन नागरिकका लागि स्वागत योग्य छन् त्यसैले मैले ट्रम्पलाई खुलेर समर्थन गरेको हुँ।’ पाँच जना पुजारी राखेर गरिएको पूजाले ट्रम्पको ग्रह शान्ती गराउने र उनको विजयलाइ सुनिश्चित गराउने शर्माको दावी छ। ‘रिपब्लिकन पार्टीको चुनाव चिन्ह् हात्तीलाई समेत पुजा गराएर ट्रम्पको ग्रह शान्ती गराएको छुँ।’ उनले बताए।  

kaji sahab · Nov 7, 2016 5:45 PM · 11,694 views

1 Reply

Is That you KHU? pujaa for Trimp ? WTF त्यो पनि नेपालमा ? Last edited: 08-Nov-16 11:58 AM

magorkhe1 · Nov 8, 2016 6:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all