खनाल परिवारका सदस्यहरू अमेरिका घुम्दै। फाइल फाेटाे सम्बन्धित समाचार अमेरिकामा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु पोखरा–अमेरिकामा रहेका छोराबुहारी भेट्न जाँदा भएको कार दुर्घटनामा परी गुल्मी पिपलधारा–७ कटौंजेका तीनसहित चारजनाको ज्यान गएको छ। गत शुक्रबार राति ९ बजे (स्थानीय समय अनुसार) अमेरिकाको जर्जिया राज्यको एटलान्टामा कार दुर्घटना भएको थियो। दुर्घटनामा परेर कटौजेका चिरञ्जिवी खनाल, उनकी श्रीमती श्यामामञ्जरी खनाल, बुहारी ऋचा खनाल र अर्की एक युवती प्रतिमा सुवेदीको ज्यान गएको हो। प्रतिमा चिरञ्जिवीका छोरा समिरकी साथी हुन् । आफन्तकोमा तिहारको टीका लगाएर घर फर्कँदै गर्दा उनीहरु सवार कार दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर खनालका छोराहरु समिर र सुवास घाइते भएका छन्। ‘केहीवर्ष पहिले नै गाउँको बसाई छाडेपनि एकैपरिवारका तीनसहित चारजनाको ज्यान गएपछि गाउँमा शून्यता छ,’ उनले भने, ‘छोराबुहारीसँग घुम्न पुगेका अभिभावकले ज्यान गुमाउनुपर्यो । साहै्र दुखद घटना भयो ।’ गाडीको पछाडि सिटमा बसेका चारैजनाको घटनास्थलमै ज्यान गएको आफन्त नारायण भट्टराइले जानकारी दिए। उनका अनुसार समिर र सुवासको उपचार भइरहेको छ। समिरको मेरुदण्डमा चोट लागेको छ भने सुवासको खुट्टा भाँच्चिएको छ। सुवासलाई ६८ र समीरलाई केही हप्ता आराम गर्न चिकित्सकले सुझाएका छन्। मालबाहक ट्रकसँग ठोक्किएर दुर्घटना भएको भट्टराइले जानकारी दिए । उनका अनुसार समिरले यूनिभर्सिटी अफ जर्जियामा पिएचडी गर्दै थिए। अर्का छोरा सुवास चिकित्सक पढ्दै थिए। मृतकहरुको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ। शव नेपाल ल्याउने वा अमेरिकामै अन्त्येष्टि गर्ने भन्ने यकिन नभइसकेको भट्टराइले जानकारी दिए। चिरञ्जिवी खनाल सरकारका निवृत्त कर्मचारी हुन्। गुल्मी पिपलधारा घर भएका खनाल परिवार कपिलबस्तु हुँदै काठमाडौंको अनामनगर बसाई सरेका थिए। खनाल दम्पत्ति दशैंअघि घुम्न भन्दै अमेरिका गएका थिए। छोराबुहारीलाई भेट्न भन्दै उनीहरु अमेरिका गएका थिए। एकैपरिवारका तीनसहित चारजनाको मृत्यु भएपछि उनको पुख्र्यौली गाउँ गुल्मीको पिपलधारास्थित कटौजे गाउँ शोकमा डुबेको छ। खनालका अधिकांश दाजुभाई अहिले पनि कटौजेमै छन्। कटौजेमा रहेका आफन्त शिवहरी खनालका अनुसार एकैपरिवारका तीनजनाको ज्यान गएपछि गाउँ शोकमा छ । ‘केहीवर्ष पहिले नै गाउँको बसाई छाडेपनि एकैपरिवारका तीनसहित चारजनाको ज्यान गएपछि गाउँमा शून्यता छ,’ उनले भने, ‘छोराबुहारीसँग घुम्न पुगेका अभिभावकले ज्यान गुमाउनुपर्यो । साहै्र दुखद घटना भयो ।’ http://www.nagariknews.com/new...
ktmpost · Nov 7, 2016 6:11 AM · 15,269 views
What a tragic incident .
Racheeta · Nov 7, 2016 7:21 AM
दिबंगत आत्माले शान्ति पाउन अनि घाईते हरुलको सिघ्र स्वास्थ्य लाभ को कामना | Last edited: 07-Nov-16 08:19 AM
magorkhe1 · Nov 7, 2016 7:38 AM
Please support Sameer's family per your aptitude. https://www.gofundme.com/suppo...
collegefootballrocks · Nov 7, 2016 8:08 AM
R.i.p , meanwhile I would like to add some points with this incident. "It is been said Nisaan Altima car" , so 4 people sitting on the passenger seat . Were they even wearing proper seat belt, crowdy crew inside might create distraction to driver, not paying proper attention, Not stopping at stop sign , although I saw in the news that intersection was confusing one and there were wrecks in the past too. I know we can't stop this kinda things when there is no luck but we can at least take precaution and be aware with safety issue as well.
avatar85 · Nov 7, 2016 8:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion