मुखर्जी आउँदा यसरि कर्फ्यु लाग्यो काठमाडौँमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुखर्जी आउँदा सडकदेखि आकाशसम्म सेना ! हेर्नुहोस् अघोषित कर्फ्यूको झलक १७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै राजधानीमा अघोषित कर्फ्यु लाग्यो । सडकमा नेपाली सेनाले स्थल गस्ती गरेको थियो भने आकाशमा हेलीकोप्टरले हवाइ गस्ती गरेको थियो । मुखर्जीको सवारी हुने रुटमा सडक ठप्प बनाइको थियो । पैदल यात्रीलाई समेत सडकमा हिँड्न दिइएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिनामंगल, तीनकुने, वानेश्वर, माइतीघर हुँदै राष्ट्रपति भवन जाने क्रममा सडक ठप्प पारिएको थियो । मुखर्जीको सवारी हुनुअघि सेनाको एक टोलीले सडकमा गस्ती गरेको थियो । मुखर्जीको सवारीको समयमा सेनाको हेलिकप्टरले पनि स्कटिङ गरेको थियो । मुखर्जीको सवारी सवारी हुनुभन्दा करिब १० मिनेट अगाडि सवारी मन्त्रीले सडक खाली गराएका थिए । सडकमा यातायात कुरेर प्रतिक्षालयमा बसिरहेका सर्वसाधारणलाई पनि सुरक्षाकर्मीले हटाए । सडकमा पैदल हिँडिरहेका पैदलयात्रुहरुलाई मूल सडकमा निस्कन रोक लगाइएको थियो । कतिपय घरहरुका छतबाट मुखर्जीको सवारी हेर्न बसेकाहरुलाई समेत प्रहरीले हटाएको थियो । सडकका किनारमा रहेका पसल समेत बन्द गरिए । सडकमा प्रहरी, सशस्त्र प्रहरी बल र सेनासमेत तैनाथ गरिएको थियो । सडक खाली गराउन सुरक्षा निकायका उच्च अधिकारीहरुले पटक-पटक गस्ती गरेका थिए । घरका छतहरुमा समेत हाइ प्वाइन्ट निगरानीका लागि प्रहरी परिचालन गरिएको थियो । तस्वीर-कमल प्रसाई http://www.onlinekhabar.com/20... Last edited: 03-Nov-16 01:30 PM

ktmpost · Nov 3, 2016 1:30 PM · 11,505 views

2 Replies

मुखर्जी लै मुर्खजी पढे छु मैले त

cybro · Nov 3, 2016 2:35 PM

हाहा cybro, पढ्ने मात्र हैन लेख्नेपनि चिप्लेछन् Last edited: 03-Nov-16 03:25 PM

ThrowAway1 · Nov 3, 2016 3:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all