च्युरा र मधुमेह( Diabetic )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजो राति मासु च्युरा र ऐला खाएर सुतेको औसधि पनि खान बिर्सिएछु | बिहान उठे पछि नाग्यो होला २५० भन्दै नापेको त ठ्याक्क १०३ मात्रै देखाउछ म परे आस्च्यार्यमा | त्यो पनि औसधि खान बिर्सिएको बेला | लौ साथि हो च्युराको करामत हो वा ऐलाको | अनुभब सेयर गरौ |

MaGorkhe1 · Oct 29, 2016 8:32 AM · 15,217 views

6 Replies

What is ऐला?

busenitz · Oct 29, 2016 8:35 AM

Last edited: 06-Jan-17 09:09 PM

Chipre Mama · Oct 29, 2016 9:46 AM

चि-मामा रोगले उमेर सोधेर लाग्दैन रहेछ के गर्नु |दुई छाक को के कुरा एक छाक भात खान छोडेको पनि - बर्सै भई सक्यो | ३६ ग्राम फाईबर हुनु पर्छ भन्छन , सलाद दैनिक खान्थे छुटेको थियो फेरी सुरु गरेको छु | दिउसो हमस हालेर ब्रेड खान थालेको छु |एसो जिम पनि गइ टोपल्दै छु | हिजो सेतो वाइन संग कुखुराको साप्रा, जुकुनी र ब्रोकोली को तरकारी र च्युरा खाएको थिए , जाड लागेर भुसुक्क निदाएछु , ४ बजे उठे पछि जाठो औसधि पनि खान भनि सुतेको थिए | बिहान नाप्दा १०३ जय भोले एसतै दिन सधै भोग्न पाइयोस |

maGorkhe1 · Oct 29, 2016 2:13 PM

i think it has to do with Glycemic index! Chiura has low GI and it takes longer time to metabolize conpared to rice. Guys quite eating juices, drinks, and cola. Whole fruit is the best, but do not overdo it since all of them would convert to glucose. More sugar leads to more health problems. Google complex carbohydrates- and follow proper diet patterns

richard10000 · Oct 30, 2016 5:06 AM

चामल उसिनीइने हुनाले चिऊरा र उसिनाको चामलमा कम starch हुन्छ | तर पनि बेलुकी कुनै औसधि नखाई एक बोतल सेतो वाईन पिएर सुत्दा सामान्य हुनु भनेको मेरो लागि पश्चिम बाटै घाम झुल्किए झैँ भएर साझा बासि हरु को अनुभब सुनौ भन्ने मनसय हो | धन्यबाद R

MaGorkhe1 · Oct 30, 2016 9:47 AM

Follow -up च्युरा र मधुमेह ( Looks it is helping and may be switching to boiled rice) तिहार सकिए पनि तिहारको पकवान हिजो च्युरा संग खाइयो | बिहानै उठे पछि सबै भन्दा पहिलो काम sugar नाप्ने काम गरियो | आजको रिजल्ट पनि उत्तम थियो , Sugar -119 मात्रै  | श्रीमतीजीले सोधिन सुगर टेस्ट गर्यौ कति रहेछ ? रिजल्ट सुने पछि बल्ल उनको मुखारबिन्द बाट उसिना चामल किनेर ल्याउनु पर्ला ?  उसिना चामल भनेको कामदार हरुले खाने अन्न हो भन्ने आम सोचाइ मेरो घरमा पनि थियो र छ | उनलाई थाहा नभाको कुरा होईन ( boiled rice will help ) तर यो मामलामा उनि ट्रंप मार्का भन्दा तलकि छैनन् | ऋणम कृत्वा सुखम जिबेत , यावत जिबेत जीबेत शुखम जिबेत सदा सर्भादा बासमती ओदनम भक्षणम ........ भस्मी भुतस्य पुनरागमो कुतम ..............  तेसो भए अब उसिना चामल किनेर ल्याउनु पर्ला भन्ने महान बाणी सुन्दा पश्चिम बाट घाम झुल्किएको त हैन जस्तो भै झन्डै झ्याल बाट चिहाउन पुगेको ? तिहार अघि मात्र Costco बाट ल्याएको २० पाउण्ड्को बासमती चामल एक जनाले मात्र खादा एक बर्साई पुग्ला अनि एक बर्समा त हस्की ( goes bad ) सक्छ | के गर्ने भनि सोच्दै थिए बिज्ञापन मा देखे झैँ Air Tight Seal गर्यो भने रहला नि लामो समय सम्म ? Last edited: 03-Nov-16 10:39 PM

MaGorkhe1 · Nov 3, 2016 8:00 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all