मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।। तिमी सजिएर गयौ मलाई सजाएर लगे ।। म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै तिम्लाई भने स-साना काम कजाएर लगे ।। फुल्को माला मेरो भयो दुबोको तिम्रो भागमा गोजिको अौँठि टलक्क अोहो! मजाएर लगे ।। रोये बा आमा मेरा झर्को लाग्दै थियो अब तिम्रा आए साथी तिम्लाई लजाएर लगे ।। आगँनमा तिम्रो मेरो उस्तैउस्तै घुईचो थियो त्यता नौमती यता शंख बजाएर लगे ।।
Mrigtrishna · Oct 20, 2016 12:55 PM · 53,449 views
आज सम्म साझामा पदेको मध्य सबै भन्दा राम्रो गजल। हुन त कमेन्ट नगरेनी तपाईंको गजलहरु पढिरहेको हुन्छु तर यो गजल ले मेरो मन् नै छोयो । साझामा यस्तो लेख पढ्न पाइरहु।
KyaJhoor · Oct 25, 2016 12:40 PM
पुन्तर ब्रो, मेरी प्यारी मृगतृष्णाजीलाइ खुसि बनाइदिने श्र्य शतप्रतिशत तपाईलाइ नै जान्छ ! तपाईले वहाको प्रतिभाको कदर गर्नभएर उहालाई जसरि साझामा सम्मान गर्न भो, म तेस्को लागि हृदय देखि नै आभारी छु पुन्तर ब्रो ! हाम्री प्यारी मृगतृष्णाजीलाइ सम्मान "लंग ओभर डिउ" थियो, जुन तपाईले पुरा गर्दिन भो ! वहा साझा आउँन भाको देखि नै मेरो नजर वहा माथि परेको थियो ! पहिले त् वहाको नाम "मृगतृष्णा", कति मिठो .... उहाको नाम उचारण गर्दा पनि मन आत्मालाई कति शान्त मिल्ने ! तेस्पछि मैले वहाको कविताहरु नबिराइकन पढ्न सुरु गरे ... उहाको कविता पद्ध्हा मेरो मन सार्है नै छुन्थ्यो ! वहाका कविताहरुको भावनात्मक गहिराइमा म धेरै पटक डुबीसके पुन्तर ब्रो ! हाम्रो क्याझूर ब्रोले भन्न भाको जस्तै साँची नै आज सम्मको सबसे ज्यादा राम्रो कवि मैले मेरी प्यारी मृगतृष्णाजी भित्र नै पाए ! मेरी प्यारी मृगतृष्णाजी, हजुरलाई पनि मेरो तर्फबात् पनि तिहारको हार्दिक शुभकामना !
Nas · Oct 25, 2016 4:49 PM
धन्यबाद kyajhoor जी.. कमेन्ट नगरेपनि लुकी लुकी पढ्ने हजुरलाई धेरै धन्यवाद | :) nas जी फेरी पनि मख्ख बनाइदिनु भएको र फुर्क्याई दिनु भएकोमा धेरै धेरै धन्यवाद | :) शुभ दिन :)
Mrigtrishna · Oct 25, 2016 11:40 PM
मृगतृष्णाजी, गजल मिठो छ , तर उत्कृष्ट चाही म भन्दिन . तपाईका पहिलेका गजल यो भन्दा उच्चकोटीका रहेका छन् झैँ लाग्यो है मलाइ चाही. यस गजल मा चौथो शेरको काफिया अलिक के नमिलेको जस्तो लाग्यो . "तिम्रा आए साथी तिम्लाई लजाएर लगे ।। " - तिम्लाई लजाएर लागे = लजाएर लग्न मिल्छ र ? भाव पोख्न खोजेको बुझें तर शब्दसंरचना पो नमिलेको हो कि भन्ने भान भयो . यसो गर्दा कसो होला रोए बा आमा मेरा झर्को लाग्दै थियो अब तिम्रा आए साथी तिम्लाई रिझाएर लगे ।। मेरो एक शेर थप्न अनुमति चाहें : खुसिका नवपालुवा सदा तिमीलाई भयो यहाँ निमोठिएको गुलाब वरिपरि चढाएर गए गलत रहेछु भने अन्यथा नलिनु होला के गर्नु आफलाई त धेरै कुरा "थाहा छैन" . -थाहा छैन Last edited: 26-Oct-16 10:11 AM
ThahaChaena · Oct 26, 2016 8:44 AM
TC मित्र, यो कुरा मलाई पनि खट्केको हो | यी गज़लहरुको संरचना मिलाउन गार्हो छ, म मृगतृष्णाजीको समस्या बुज्छु तर यो गज़ल मिठो चाही छ तर अरु जस्तो सरर बगेको छैन, मिठो खिर घाँटीमा गएर अड्केको अवस्था जस्तो | Trishna jilaai kasto lagachha khai, tara tapaiko addition bado jod dar lagyo malai ta, Last edited: 26-Oct-16 09:19 AM
Altijdgoede · Oct 26, 2016 9:18 AM
अल्तिजगोएड मित्र , धन्यवाद . मृगतृष्णा जी एवम् अन्य गजलका पारखीहरुलाइ यहीं साझाको एउटा धागो सप्रेम उपहार है यो . http://sajha.com/sajha/html/in... आजकाल सिरिश दा, ठुल्दाई, नेपे दा, वाका दाइ अनि लोप्चनलामा जी जस्ता घडघडान गजलकार /गजल्गुरु हरुको अनुपस्थितिमा उहाँहरुको पुराना खारिएका गजलहरुले नै मार्ग निर्देशन गर्लान भन्ने आशाले माथिको धागो जोडेको है ....
ThahaChaena · Oct 26, 2016 12:09 PM
मेरी प्यारी मृगतृष्णाजी ! त्यो त् सब मेरा हजुर प्रतिका अन्तर्मनका निश्चल र स्वच्छ भावना हो ! मैले हजुरलाई फुर्रुक्क पार्नलाइ मात्र भनेको होइन नि मृगतृष्णाजी ! सब मेरा मनका साँचो कुरा हो है ! लिंकका लागि थाहा छैनब्रोलाइ मुरी मुरी धन्यवाद !
Nas · Oct 26, 2016 12:33 PM
धेरै धन्यवाद thaha chaena जी । चौथो काफिया "लजाए'र लगे " हुनु पर्ने मा अन्येथा हुनगएको मा माफी चाहन्छु । साथी लजाउन त मिल्छ होइन र? गज़ल को काफिया "जाएर " भएको हुन ले धेरै शब्द मिलाउने गार्हो भयो :) अझै सल्लाह सुझाब को अपेक्छ्या गर्दछु । धेरै धन्यवाद altijdgoede जी । घाटी मा अड्कन गएको मा माफी चाहन्छु । अनि मलाई thaha chaena जी को अन्तिम शेर मिठो लाग्यो । :) हजुर हरु दुबैलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना ।
Mrigtrishna · Oct 26, 2016 12:42 PM
एउटा शेर थप्ने हिम्मत गरेको छु तृष्णाजी, चित्त नबुझे माफी हवस् | युग लगाई एकठ्ठा गरेथें यो जिवन मैले क्षिन भरमै खुद्रै खुद्रा गरी, भजाएर लगे
Altijdgoede · Oct 26, 2016 2:49 PM
मिर्ग त्रिसनाजी हजुर लै जन्म दिन को धेरै धेरै सुभकामना छ मेरो र नाज ब्रो को तर्फा बाट किनको हजुर यो साझा को लक्ष्मी प्रसाद देवकोटा हुनु हुन्छ!! अनि आज लक्ष्मी पुज्जा , हजुर को र हाम्रो महान कबि श्री लक्ष्मी प्रसाद देवकोटा लै को जन्म दिन तेही भएर हजुर हरु लै जन्म दिन को धेरै धेरै सुभकामना !!!
punter · Oct 30, 2016 9:01 AM
हाम्री प्यारी मृगतृष्णाजी र माइलजी … हजुरहरुलाइ सार्है मिस गरे हौ यो पुरानो धागो पढेर ! ❤️ यो साला पुन्तर ब्रो नि कोरोनाको भ्याक्सिन खान भएर चाक भरि फोका पलाउनु भएर बस्न भाको हो के हो ? 🙄
Nas · Dec 26, 2020 6:03 PM
हाम्री प्यारी मृगतृष्णाजी र माइलजी … हजुरहरुलाइ सार्है मिस गरे हौ यो पुरानो धागो पढेर ! ❤️ यो साला पुन्तर ब्रो नि कोरोनाको भ्याक्सिन खान भएर चाक भरि फोका पलाउनु भएर बस्न भाको हो के हो ? 🙄😂🙏
Nas · Jan 18, 2021 10:12 PM
यो कविता निकै नै राम्रो रैछ whoever wrote ह्याट्स ओफ to him/her
MarkAntony · Jan 19, 2021 1:57 AM
युग लगाई एकठ्ठा गरेथें यो जिवन मैले क्षिन भरमै खुद्रै खुद्रा गरी, भजाएर लगे यो पढे पछि शिरिसजी लाइ सम्झन पुगे, वहाँले लेख्न छोड्नु भएको छैन, साझामा तास्नको लागि सहि बातावरणको प्रतिक्षामा हुनु हुन्छ |
Magorkhe1 · Jan 19, 2021 9:35 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion