हिन्दु धर्ममा ‘१०८’ अङ्क किन महत्वपुर्ण रहेछ? बुझीराखौं -

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिन्दु धर्ममा ‘१०८’ अङ्कको महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ कुशल श्रेष्ठ कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ? हिन्दु धर्ममा जसरी ‘ऊँ’ अक्षरलाई पवित्र मानिन्छ, त्यसको प्रतिष्ठा गाइन्छ, त्यसरी नै ‘१०८’ अङ्कको एकदमै ठूलो महत्व रहेको छ। अझै शास्त्रविदहरू त के पनि भन्छन् भन्दा ‘कुनै पनि मन्त्र जप गर्दा होस् या पूजा पाठ गर्दा होस्, फल पाउनको लागि १०८ दाना भएकै रुद्राक्षमालाले जप गर्नुपर्छ। यी सबै तथ्यहरू सुन्दा अब तपाईँको मनमा पनि हलुका खुल्दुली भैसक्यो होला कि ‘हिन्दु धर्ममा १०८ को महत्व के छ त? आउनुहोस्, जानौँ के रहेछ त १०८ को महत्व? सर्वप्रथम त, सूर्यको व्यास (Diameter) पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ। अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ। पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ। आयुर्वेदका अनुसार, जीवित प्राणीलाई जीवन प्रदान गर्ने १०८ वटा ‘मर्म विन्दु’हरू हुन्छन्। हिन्दु धर्ममा शक्तिशाली ठानिने ‘श्रीयन्त्र’मा भएका रेखाहरू ५४ ठाउँमा प्रतिच्छेदन (Intersect) हुन्छन्, जसको आ-आफ्नै शिव र शक्ति गुण हुन्छ। अनि त्यसको कुल निकाल्दा १०८ हुन जान्छ। ज्योतिषशास्त्रका अनुसार, १२ नक्षत्र (राशि) र ९ ग्रहहरू हुन्छन्, जसलाई गुणा (Multiply) गर्दा १०८ हुन आउँछ। तान्त्रिकविद्याका अनुसार, एक व्यक्तिले एक दिनमा करीब २१,६०० पटक स्वास फेर्ने अनुमान गरिएको छ, जसमध्ये १०,८०० लाई सौर्य ऊर्जा र १०,८०० लाई चन्द्र ऊर्जा मानिन्छ। १०,८०० लाई १०० ले भाग गर्दा १०८ हुन्छ। हिन्दु धर्मका प्राचीन साधु ‘भरत’ले ‘नाट्य शास्त्र’ रचेका थिए, जसमा १०८ करणहरू छन्। (करण:- हात र खुट्टाको चाल) संस्कृत भाषामा ५४ वटा अक्षरहरू छन्, जसको आफ्नै शिवपक्ष र शक्तिपक्ष हुन्छन्। जसको कुल निकाल्दा १०८ अक्षरहरू हुन आउँछन्। हिन्दु धर्ममा १०८ पुराणहरू र १०८ उपनिषदहरू छन्। ९ र १२ को गुणा गर्दा १०८ हुन्छ र विश्वका अनेकौँ परम्परामा यी दुवै ९ र १२ अङ्कको विशेष महत्व रहेको पाइएको छ। अङ्गगणितमा १, २ र ३ को पावरलाई जोड्दा १०८ हुन्छ:-१ को पावर १ = १२ को पावर २ = ४३ को पावर ३ = २७ र१, ४ र २७ को गुणा गर्दा १*४*२७ = १०८ हुन्छ। संस्कृत भाषाको गणितमा ‘हर्शद अङ्क’ भन्ने हुन्छ, जसको अर्थ हुन्छ:- यस्तो मूलाङ्क (Integer) जसलाई त्यसैको अङ्कसङ्ख्या (Digit)ले भाग गर्दा मूलाङ्क नै आउँछ। हर्शद अङ्कको एउटा राम्रो उदाहरण भनेकै १०८  हो। अभिलाषा हिन्दु शास्त्रका अनुसार, नश्वर प्राणीमा १०८ वटा सांसारिक अभिलाषाहरू हुने ठानिन्छ। असत्य शास्त्रका अनुसार, मानवजातीले बोल्ने असत्य कुराहरूको १०८ प्रकार भएको ठानिन्छ। अज्ञानता मानवजातिका १०८ अज्ञानता हुन्छन् भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ। हृदयचक्र अध्यात्मवादका अनुसार, मानिसको शरीरमा हजारौँ शक्तिरेखाहरू हुन्छन् र त्यसको प्रतिच्छेदन भएको विन्दुलाई नै ‘चक्र’ भनिन्छ। अनि हाम्रो मुटुनेर हुने हृदयचक्र १०८ वटा शक्तिरेखाहरू मिलेर बनेका हुन्छन्, जसमध्ये एक रेखा ‘सुषुम्ना’ शिरचक्रतर्फ फैलिएको हुन्छ। आत्मज्ञान प्राप्त गर्नको लागि यहि शिरचक्रलाई महसुस गर्नुपर्छ भन्ने अध्यात्मशास्त्रीहरू विश्वास गर्दछन्। प्राणायं यदि कोहि व्यक्ति ध्यानमा तल्लीन भएर दिनमा केवल १०८ पटक मात्रै सास फेर्न सक्षम हुन्छ भने उसले बुद्धत्व प्राप्त गर्नसक्ने अध्यात्मशास्त्रमा उल्लेख गरिएको छ। पञ्चभूत भनिन्छ, यो ब्रह्माण्ड पञ्चभूतले बनेको छ:- जल, वायु, अग्नी, धर्ती र आकाश। हिन्दु शास्त्रमा यी ५ तत्वलाई ‘पञ्चभूजाकार’ (Pentagon) मा राखिएको छ। अनि पञ्चभूजाकारको प्रत्येक कुनाको कोण १०८ डिग्री हुन्छ। काल यो पनि भनिन्छ कि मानवजातिमा १०८ प्रकारका भावनाहरू हुन्छन्:- ३६ प्रकार भूतसँग जोडिएका, ३६ प्रकार वर्तमानसँग जोडिएका र ३६ प्रकार भविष्यसँग जोडिएका। गङ्गा नदी महाभारत क्षेत्रमा बग्ने पवित्र नदी ‘गंगा’ पृथ्वीको १२ डिग्री देशान्तर (longitude) र ९ डिग्री अक्षांश (latitude) मा फैलिएको छ। अनि १२ र ९ लाई गुणा गर्दा १०८ हुन आउँछ। १, ० र ८ हिन्दु धर्मका पुराणका अनुसार, १ लाई ज्ञान, ० लाई पूर्ण ज्ञान अर्थात सम्पूर्णता र ८ लाई अनन्त ज्ञानको प्रतीक मानिन्छ। चाँदी र चन्द्रमा ज्योतिषशास्त्रमा धातु चाँदीलाई चन्द्रमाको प्रतीक मानिन्छ र रसायन शास्त्रका अनुसार चाँदी (Silver – Ag) को परमाणविक तौल (Atomic Weight) १०८ हुन्छ। अङ्कसीमितता १०८ को १ र ८ लाई जोड्दा ९ हुन्छ र गणितशास्त्रमा प्रमुख अङ्क अर्थात मूलाङ्क केवल ९ सम्म मात्रै सीमित हुन्छ:- ०, १, २, ३, ४, ५, ६, ७, ८, ९ ध्यान अध्यात्मवादका अनुसार, ध्यान गर्ने जम्मा १०८ तरिका हुन्छन्। मेरु वा सुमेरु रुद्राक्ष मालाको टुप्पामा हुने एउटा दाना, जहाँबाट गन्न सुरु गरिन्छ, जुन १०८ मा पर्दैन, त्यसलाई सुमेरु अथवा मेरु भनिन्छ। यसको मतलब हुन्छ, आदि पनि त्यहि अन्त्य पनि त्यहि। अब थाहा पाउनुभयो त, १०८ को महत्व? http://nepaliheadlines.com/%E0... Last edited: 19-Oct-16 09:48 AM

ktmpost · Oct 19, 2016 9:48 AM · 16,034 views

5 Replies

i can make similar relations of 108 with any other religion . or even a cat or my dick for that matter. what a rubbish article

shiva_linga · Oct 19, 2016 12:58 PM

I have read nice articles by you. I was expecting I will have some more on my reading list. But your answer is like Trump's  "I know how to defeat ISIS or my economic plan is better". You should have given something before saying rubbish. Last edited: 24-Oct-16 10:07 AM

magorkhe1 · Oct 24, 2016 7:09 AM

सर्वप्रथम त, सूर्यको व्यास (Diameter) पृथ्वीको व्यासभन्दा १०८ गुणा ठूलो छ। Wrong the diameter of the sun is 109 times bigger than that of the earth not 108 times अनि सूर्यदेखि पृथ्वीसम्मको औषत दूरी सूर्यको व्यासभन्दा १०८ गुणा बढि छ। wrong, it is 107.52 पृथ्वी देखि चन्द्रमासम्मको औषत दूरी चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढि छ। wrong, it is 110.6 times not 108 For rest do your own homework,

Bichitra_Kumar · Oct 24, 2016 10:06 AM

I had done the same calculations and I am actually impressed. First of all, Diameter (864,575.9 miles) of the sun is a mathematical estimation. Same with distance. While theories of physics and mathematics are used for calculation, it still is not an exact measurement. You have to give some room for error/estimation. Given that, it is quite impressive that these numbers come out to be close to 108. Almost like golden ratio.

BadhiJanne · Oct 24, 2016 11:27 AM

Chicgo Cubs are also talking about 108. “Everywhere you look, it’s 108. You just can’t get away from it,” DePorter has said to the countless fans who have marveled at this discovery.  Examples from the list of 108’s include: It takes 108 outs to win the NLCS and 108 outs to win the World Series (27 outs per game x 4 games won = 108 outs). AG Spalding, the Chicago Cubs’ first manager and owner of the Spalding sporting goods, wrote a rule into the National League’s first set of rules requiring teams to only use Spalding baseballs. His baseballs have 108 stitches. His office was at 108 W. Madison. The distance from both the left field and right field foul poles to home plate at Wrigley Field is 108 meters. The City of Chicago’s zoning records show that Planned Development #108 belongs to Wrigley Field. There are 1,336 planned developments in Chicago. The Ricketts family, who own the Cubs, made their fortune with Omaha-based TD Ameritrade. Its corporate headquarters are located on 108th Avenue. The movies Taking Care of Businessand Back to the Future Part II both feature the Cubs winning the World Series.  Both movies are 108 minutes long. Cubs game broadcasts are transmitted from the top of the Willis Tower, which is 108 stories tall. The Cubs’ lawsuit against the State of Illinois to have games at night at Wrigley Field was recorded in Volume 108 of the Illinois Supreme Court Reports. The World Series trophy is made of silver, which carries the atomic weight of 108. 108 is a sacred number in Yoga. Jake Arrieta does yoga six days a week. Cubs star pitcher Jon Lester was born in the 108th largest city in the US, Tacoma Washington (according to the 2010 National Census). NLCS Game 2 starting pitcher was Kyle Hendricks.  Hendricks was born on 12/7/89. 12+7+89=108. http://www.harrycarays.com/201... Last edited: 24-Oct-16 05:26 PM Last edited: 24-Oct-16 07:00 PM

magorkhe1 · Oct 24, 2016 5:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all