हरेक मान्छेको आ आफ्नो प्रकृति हुन्छ र हरेकले आ आफ्नै प्रकृति अनुसार ब्यावहार गर्ने गर्छन । जस्तो कि मलाई बोल्नै मन पर्दैन । निक्कै घनिष्ट हुनेहरु बाहेकका अरुसंग म ज्यादै कम बोल्छु । धेरैले भन्छन बोल्नुपर्छ । बोलीमै सबैथोक हुन्छ । बोलीचाली मिठो भए सबैकुरा मिठो हुन्छ राम्रो हुन्छ , बोलीचाली रुखो भए सबै कुरा नमिठो नराम्रो हुन्छ तर म यो कुरा पनि मान्न तयार छैन बोलीमा के नै हुन्छ र ? अकारणमा कसैलाई गाली गलौज गरेर त कोहि पनि बोल्दैन तर अगाडी चेपारे घसेर या नि कि पल्ला पारेर पछाडी कुरा काट्नेहरु भन्दा बरु नबोल्नेहरु नै जाती लाग्छ मलाई । यो यसकारण पनि हुन सक्छ कि म आफु ज्यादा बोल्दिनं र अरुले अनावश्यक बकबक गरेको पनि मन पराउंदिन म । आवश्यकता भन्दा ज्यादा बोल्ने आवश्यकता कहिल्यै देख्दिनं म । केहि हफ्ता अगाडी संगै कामगर्न यौटी केटी आएकि थिई । केटी भनुँ या आईमाई उमेरमा भर्खर २६/२७ कि होली तर बिवाहित । उसको सुन्दरताको to continue >> javaskript:nicTemp(); Last edited: 17-Oct-16 10:16 PM
Manukhe · Oct 17, 2016 9:56 PM · 3,528 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion