१८ जना नेपालीको लगेज फुटाएर सामान चोरी भएको घट्नाबारे छानविन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गत शुक्रबार साउदीबाट आएका १८ जना नेपालीको लगेज फुटाएर सामान चोरी भएको घटनाबारे छानबिन गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले समिति गठन गरेको छ । विमानस्थलको स्टाफ बैठकले प्रवक्ता प्रेमनाथ ठाकुरको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो । छानविन समितिमा हवाई सुरक्षा महाशाखाका प्रमुख प्रकाशचन्द्र ढकाल, एरोड्रम सेफ्टी अफिसका प्रमुख छविलाल खनाल, प्रशासन महाशाखाका वरिष्ठ अधिकृत लगायत छन् । छानबिन समितिले सामान नेपालकै विमानस्थलमा चोरी भएको हो कि अन्य विमानस्थलमा भन्ने पत्ता लगाउनेछ । समितिले घटनाका दोषीबारे पनि अनुसन्धान गर्नेछ । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ । यसैबीच, साउदीअरवको फ्लाई दुबईबाट गत शुक्रबार नेपाल आएका २० नेपालीमध्ये १८ जनाको लगेज फुटाएर सामान चोरी भएको घटना सार्वजनिक भएपछि फ्लाई दुबई एयरलाइन्सले पीडितहरुलाई क्षतिपूर्ति दिएको छ । http://www.news24nepal.tv/2016...

ktmpost · Oct 17, 2016 12:15 PM · 1,580 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all